मोहसिन अलि मियाँ/गोरखा
असोज १ गते । शहिद लखन गाँउपालिकाको वडा नम्बर ८ मा जाइकाले निर्माण गरेको सामुदायिक भवन समुदायलाई हस्तान्त्रण गरेको छ । बुंकोटको खाब्दीभञ्याङमा निर्माण भएको बुंकोट सामुदायिक प्रशिक्षण केन्द्रको भवन शुक्रबार एक कार्यक्रमका बिच हस्तान्त्रण गरिएको हो ।
गाँउपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको हस्तान्त्रण एवम उद्घाटन कार्यक्रममा जाइकाका केन्द्रिय प्रतिनिधी जुन साकुमा साङले कार्यालयको चाबी हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रममा राष्टिूय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्तब्य राख्दै उपाध्यक्ष वाग्लेले आफ्नै गाँउ फर्किर आएको बताएका छन् । सोही वडाका स्थायी वासिन्दा समेत रहेका वाग्लेले भुकम्पले देश ढलेको भएपनि अब भने तङ्ग्रिदै आएको महशुस भएको भन्दै देशलाई विकास गर्न दिर्घकालिन योजना सहित अघि बढेको बताएका छन् । ‘अस्थिर राजनितीका कारण हामीले सोचेको काम गर्न सकेका छैनौ, यद्यपी हामी दिर्घकालिन योजना लिएर अब देश दौडाहमा जादैछौ’ उपाध्यक्ष वाग्लेले भने ।
आफ्नै वडामा भएको कार्यक्रममा सहभागि भएका वाग्लेले गाँउको विकासका निम्ती आफुले सक्दो पहल गर्ने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बिशेष अतिथीका रुपमा उपस्थित भएका राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्मुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले भुकम्पपिडितको नाममा राजनिती नगरिदिन आग्रह गरेका छन् ।‘यहाँ त राजनैतिक दलले मात्र हैन इन्जिनियरले समेत राजनिती गरे, प्लिज भुकम्पपिडितका नाममा चाही राजनिती गर्न छोडिदिनुस’ अधिकृत पोखरेलले भने ।
साथै उनले दोस्रो किस्ता लिएकाले घर बनाउने प्रतिवद्धता गर्छ र गाँउपालिकाले जिम्मेवारी लिन्छ भने अग्रिम तेस्रो किस्ता समेत दिन सकिने बताएका छन् । गुनासो सम्बोधनको सम्पूर्ण जिम्मा वडा तहलाई नै दिएकाले अब सबै खाले समस्या हट्ने समेत बिश्वास ब्यक्त गरेका छन् । सरकारले घोषणा गरेको २ प्रतिशत क्रृण दिन बैंकहरुले आनाकानी गरेको भन्दै अब छिट्टै बैंकहरुसंग छलफल गरेर प्रक्रिया अघि बढाउने समेत उनले बताएका छन् ।
कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समितीका सभापति अशोक कुमार गुरुङ, जाइकाका प्रतिनिधी साङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


