कैैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ३१ गते । हिन्दु नेपालीहरुको महानचाढ बडादशैं नजिकीदै गर्दा गोरखा सदरमुकामको पश्चिमकाली मन्दिर क्षेत्र सरसफाई गरीएकोे छ । सामुदायिक सेवा केन्द्र गोरखाको अगुवाईमा जिल्ला नेपाल प्रहरी र शसत्र प्रहरीको सहयोगमा मन्दिर परिषर सरसफाई गरीएको केन्द्रले जानकारी दिएको छ ।

गोरखा नगरपालिका ५ मा रहेको मन्दिर तथा सिडी तथा पिकनिक स्थलमा रहेको झार, लेउ तथा घाँसहरु हटाएर सरसफाई गरीएको हो ।

सरसफाई कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक महेश्वर प्रसाद उपाध्याय र शसत्र प्रहरीको तर्फबाट शसत्र प्रहरी बेस क्याम्प आहालेबाट प्रहरी निरिक्षक केशबराज ओलियाको नेतृत्वमा विभिन्न दर्जाका प्रहरीहरुको सहभागीता रहेको थियो ।



