गोरखा समाचारदाता
साउन ३२ गते । कोकाकोला कप अन्तर मावि फुटबल प्रतियोगिताको उपाधी सेन्ट जोसेफ मावि ११ किलोले जितेको छ । शुक्रबार देखि जिल्ला सदरमुकामको खेलमैदान हरमटारीमा भएको प्रतियोगितामा द वल्ड क्यापिटल मावि रानीबनलाई ५–४ गोल अन्र्तरले हराउँदै जोसेफ बिजयी भएको हो ।
निर्धारित समय भित्र दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए । पहिलो हापमा १ गोल अन्तर अगाडी रहेको जोसेफले दोश्रो हाप अन्त्य तिर गोल खान पुगेको थियो । दुबै टिमबाट बराबरी भएपछि खेलको नतिजा ट्राईबेक्रर मार्फत गरिएको हो । ट्राईबेकरमा वल्ड क्यापिटक एक खेलाडी गोल गर्न चुके पछि उपाधी जोसेफले उचालेको हो ।
१४ विद्यालय सहभागी प्रतियोगितको बिजेताले क्षेत्रीय स्तरको प्रतियोगिता खेल्न पाउनुका साथै नगद २० हजार पुरस्कार पाउने आयोजकले बताएको छ । प्रतियोगिता आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
गोरखा जिल्ला फुटबल संघका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बिना कुमारी श्रेष्ठ,वडा नम्बर ६ का वडा अध्यक्ष नारायण अर्याल लगायतले बिजेता टिमलाई प्रमाणपत्र तथा कप हस्तन्तरण गरेका थिए ।



