, काठमाडौं
जेष्ठ ३०, २०७४- एसियन कप २०१९ को छनोटको दोस्रो खेलमा नेपालले यमनसँग बराबरी खेल्दै पहिलो अंक जोडेको छ । तीन महिनाअघि फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको नेपालले यमनसँग बराबरी खेल्यो ।
हलचोकस्थित मैदानमा मंगलबार भएको खेलमा नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि गोल गर्नबाट भने चुक्यो । नेपालले आफूभन्दा बलियो मानिएको टिम यमनविरुद्ध अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।
ekantipur



