नरेन्द्र ढकाल/गोरखा
चैत २९ गते । जिल्ला कै सर्वाधिक पुरस्कार राशीको गोखार्ली कप फुटबलको उपाधी एफ् सी रियल्ली काठमाण्डौले उचालेको छ । यहि चैत्र २३ गते बाट सुरु भएको प्रयोगिता अन्र्तगत आज भएको फाईन खेलमा नख्खीपोट युथ क्लवलाई पराजित गदै रेयल्लीले नगद १ लाख ५० हजार समेत जितेको छ ।

निकै प्रतिस्पर्धात्क खेलको सुरुवाती २० मिनेटमै २ गोलको अग्रता लिएको नख्पिोटले खेलमा सयंमता अपनाउन नसक्दा पराजयको बाटो रोज्नु प¥यो । दोश्रो हाप पछि खेलमा र्फकिएको रेयल्यीले दुई आकर्षक गोल गरे पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि दुबै टिमका खेलाडीले आर्कषक गोल गरे पछि अन्ततः एयल्ली १३-१२ गोल अन्तर बिजयी भएको हो ।

पराजित नख्पिोट यथु क्लब प्रतियोगितमा दोश्रो हुँदै नगद ७५ हजार पुरस्कार चित्त बुझाएको छ । प्रतियोगितमा १६ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागी हुन गोरखा आईपुग्न भएका अखिल नेपाल फुटबल सघं एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रतियोगिताको समापन गर्दै गाउँ गाउँ बाट खेलाडी उत्पादन नहुँदा सम्म नेपाली फुटबलले प्रगती गर्न नसक्ने बताउनुभयो ।

नेपाली फुटबल खेल बिस्तारै व्यवसायिक बन्दै गरेको भन्दै अध्यक्ष श्रेष्ठले फुटबल क्षेत्रको बिकास लागि एन्फाले पहल गरिरहेको दाबी गर्नुभयो । प्रतियोगिता हेर्नका लागि राष्ट्रिय फुटबल टोलीका स्टाईकर बिलम घर्ति मगर र डिफेन्डर अन्नत तमाङले समेत गोरखा आउनुभएको थियो ।

पहिलो पटक टिकट काटेर फुटबल हेर्न गएका दर्शकहरुले खचाखच भएको फाईन खेलमा उपस्थित भएका राष्ट्रिय टिमका खेलाडीहरुलाई दर्शकहरुले ताली बजाएर स्वागत गरेका थिए




