×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुरुषको काम नपत्याएर खेलमैदान बनाए महिलाले

  •  
  • शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जाजरकोट, माघ १४ गते  । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् । पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बताउनुभयो ।

    कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको उहाँको भनाइ छ । कालिका मावि, साल्मा–५, जाजरकोटको खेलमैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन् । भवन भएर पनि खेल मैदान नहँुदा समस्यामा रहेको विद्यालयलाई गाउँलेद्वारा बनाइएको खेलमैदानले सहज बनाइदिएको छ ।

    कोटिला सामुदायिक वन उपभोक्ता समूह, साल्माको रु एक लाख अनुदान तथा स्थानीयवासीको रु दुई लाख ५० हजार गरी तीन लाख ५० हजार बराबरको लागतमा विद्यालयको खेलमैदान निर्माण गरिएको हो ।

    “विद्यालयमा भवन छ विद्यार्थीका लागि खेल मैदान छैन, विद्यालयले कुनै कार्यक्रम गर्नुपर्दा गाउँलेको खेतबारीमा गर्नुपथ्र्यो, अहिले गाउँका सबै जना मिलेर वन समितिको अनुदान र आफूहरूले श्रमदान गरेर विद्यालयको खेल मैदान निर्माण गर्दा विद्यालयलाई राहत भएको छ”–विद्यालयका प्रधानाध्यापक भगिराम जैसीले बताउनुभयो ।

    गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेलमैदान नहुँदा वन समूहमा भएको वन विकासअन्तर्गत सामाजिक तर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताउनुभयो । स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको तीनसय मिटर लामो खेलमैदान निर्माण गरिएको हो ।

    विद्यालय सञ्चालन भएको गाउँका दुईसय १५ घरधुरीका प्रतिघरबाट एक जनाका दरले खेलमैदान निर्माण गर्न श्रमदान गरिएको छ, विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ भने जेनतेन चलाइएको विद्यालयले बताएको छ ।

    यो विद्यालयमा चारसय ३६ जना विद्यार्थी पढिरहेको विद्यालयले जनाएको छ । प्रावि तहको तीनजना शिक्षकका भरमा मावि सञ्चालन गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा माविका लागि तीन, निमाविका लागि चार तथा प्राविका लागि दुईजना गरी नौजना निजी स्रोतका शिक्षक राखिएको छ । गाउँमा मावि सञ्चालन गर्दा गाउँका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको विद्यालयले जानकारी दिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.