×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धुर्मुस-सुन्तलीले एउटै मञ्चबाट उठाए १६ हजार डलर

  •  
  • आइतबार, माघ ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • मुसहर बस्ती नयाँ वर्षमा हस्तान्तरण गर्ने तयारी रहेको जानकारी
    – नारायण खड्का, अष्ट्रेलिया

    माघ ९, २०७३- आफ्नो प्रस्तुति लिएर अष्ट्रेलिया आएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अष्ट्रेलियाका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले आफ्नो फाउण्डेसनमार्फत निर्माण गरिरहेको नमुना बस्तीका लागि मञ्चबाटै १६ हजार डलर बढी रकम समेत संकलन गरे ।

    सिड्नीमा रहेको गजबको इभेन्टस् र धुर्मुस सुन्तली फाउण्डेसनद्वारा नमुना बस्ती निर्माणमा सहयोग पुर्‍याउन रकम संकलन गर्ने उद्देश्यका साथ सांगीतिक साँझको आयोजना गरिएको थियो । विभिन्न सांगीतिक कार्यक्रम, नृत्यहरुका साथमा नेपालबाट आएका गायक भरत सिटौलाको प्रस्तुति समेत राखिएको थियो भने धुर्मुस-सुन्तलीले आफ्नो प्रहसन समेत प्रस्तुत गरेका थिए । मुख्य गरेर नेपाली राजनीतिलाई ब्यङ्य गरिएको उनीहरुको प्रहसनले नेताहरुलाई सुध्रन सुझाव दिएको थियो ।

    कार्यक्रममा भरत सिटौलाले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए भने अष्ट्रेलियाका गायक, गायिकाहरु समीर आचार्य, सञ्जीव पराजुली, मोक्षदा सिलवाल, सुजन पोखरेल, प्रदीप चापागाईंले समेत गीत सुनाएका थिए । कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रदीप निरौलाले सञ्चालन गरेको कार्यक्रमको आकर्षणको रुपमा अष्ट्रेलियामा रहेर नेपाली गीत, संगीतलाई नौलो ढंगले नृत्यमा पस्कँदै आएको द नेक्स्टको प्रस्तुति पनि थियो । सिड्नीको हर्स्टभिलमा रहेका मराना अडिटोरियममा भएको कार्यक्रममा ७ सय बढी दर्शकहरुले सहभागिता जनाएको आयोजक संस्थाका प्रदीप चापागाईंले जानकारी दिए ।

    धुर्मुस-सुन्तलीले आफूहरुले मुसहर बस्तीमा निर्माण सुरु गरेको घरहरु यही नयाँ वर्षमा हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिएका थिए । यसैगरी उनीहरुले ४० वटा घरको जग राखिसकेका कारण आफूहरुले सोचेको समयमा घर हस्तान्तरण गर्न सक्ने विश्वास व्यक्त गरे । उनीहरुले देश विदेशबाट आफूहरुले पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका थिए ।

    कार्यक्रममा १ हजार डलर बढी सहयोग दिन चाहनेहरुलाई आयोजकले मञ्चमै आएर रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइदिएको थियो । जसअनुसार मञ्चबाट मात्रै १६ हजार बढी रकम संकलन गरिएको थियो भने अहिलेसम्म जम्मा १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ संकलन गरिसकिएको आयोजकले जानकारी दिएको छ । उनीहरुलाई सिड्नीका वाणिज्यदूत दीपक खड्काले ५ हजार डलर र कोग्राहमा रहेको बोइज युनाईटेड ग्रुपले ३ हजार ६ सय ७ डलर सहयोग गरेको थियो ।

    आफ्नो तीन साता लामो सांगीतिक कार्यक्रमका लागि उनीहरु अहिले अष्ट्रेलियाका विभिन्न शहरहरुमा छन् । उनीहरुको कार्यक्रम मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा समेत आयोजजना हुँदैछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.