×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फुर्सद छैन धुर्मुस–सुन्तलीलाई

  •  
  • शनिबार, माघ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सजना बराल

    माघ १, २०७३- काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरपछि हास्यकलाकार जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) यतिबेला तराई झरेका छन् । केही दिन अघिमात्रै उनीहरूले बर्दिबासमा मुहसर बस्ती निर्माण थाले । पुनर्निर्माणमा नागरिकका तर्फबाट उदाहरणीय काम गरेको यो जोडीको सर्वत्र प्रशंसा छ ।

    अत्तरिया महोत्सवमा सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई नागरिक अभिनन्दन गरिँदै छ । कतिसम्म भने केही दिनअघि कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई लगाइदिएको सयपत्रीको माला झिकेर धुर्मुस–सुन्तलीलाई पहिर्‍याइदिएका थिए । ‘यो माला हामीलाईभन्दा उहाँहरूलाई उपयुक्त हुन्छ,’ श्रेष्ठले भनेका थिए, ‘हामीले के काम गरेका छौं र आँखा/टाउको छोप्ने गरी माला लगाउनु ?’

    ‘काभ्रेको पहरी बस्ती र गिरानचौरको बस्तीभन्दा मुसहर बस्ती अझ राम्रो हुनेछ । यसपालिका घरहरू सुन्दर छन् । पहिलेका बस्ती बनाउँदाको अनुभव यसमा खन्याउन पाएका छौँ ।’

    बिहीबारसम्म महोत्तरीको बर्दिबास–२ मा ढुंगा माटो खेलाइरहेका कट्टेल दम्पती शुक्रबार कैलाली हिँडेका छन् । बाटोमै छँदा कान्तिपुरसँग गफिए धुर्मुस । ‘बाहुन्नेको जंगलमा छु, नेटवर्क राम्रो टिप्दैन,’ उनी फोनमा कराए, ‘भोलि कार्यक्रम सकेर फर्किहाल्नुपर्नेछ । मुसहर बस्ती बनाउन सबै उर्लेर आएका छन् । यही गतिमा काम बढाउन पाए तोकेको समयभन्दा अघि नै घर बनिसक्थे ।’

    बर्दिबासका ५० मुसहर परिवारका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण गरिरहेको छ । पुस २५ मा कलाकारद्वय श्रेष्ठ र हरिवंश आचार्यले शिलान्यास गरेको बस्ती वैशाख १ भित्र बनाइसक्ने फाउन्डेसनको लक्ष्य छ । गएको कात्तिकमा धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको नमुना बस्ती स्थानीय भूकम्पपीडितलाई जिम्मा लगाएका थिए । ‘काभ्रेको पहरी बस्ती र गिरानचौरको बस्तीभन्दा मुसहर बस्ती अझ राम्रो हुनेछ,’ धुर्मुसले भने, ‘यसपालिका घरहरू सुन्दर छन् । पहिलेका बस्ती बनाउँदाको अनुभव यसमा खन्याउन पाएका छौँ ।’

    अत्तरिया लाग्नुअघि आफूहरूले ३० वटा घरको जग खनिभ्याएको उनले बताए । बस्तीमा एउटा सामुदायिक भवन, बाल उद्यान, मन्दिर, सार्वजनिक शौचालय र धारा निर्माण गरिनेछन् । साढे १४ कठ्ठा क्षेत्रफलमा झन्डै पाँच करोड लगानी गरेर बस्ती बनाइँदै छ । ‘रकेटको वेगमा काम गर्दै छौं,’ सीताराम बोले, ‘आलटाल गर्ने बेला छैन । आँटेपछि काम फत्ते हुन्छ भन्ने देखाउनु छ । विकासप्रेमी जनतामाझ काम गर्न केहीले छेक्दैन भन्ने हामीले बुझिसकेका छौं ।’

    ‘रकेटको वेगमा काम गर्दै छौं । आलटाल गर्ने बेला छैन । आँटेपछि काम फत्ते हुन्छ भन्ने देखाउनु छ । विकासप्रेमी जनतामाझ काम गर्न केहीले छेक्दैन भन्ने हामीले बुझिसकेका छौं ।’

    पहिले दुई पहाडी जिल्लामा बस्ती बसाएका उनीहरू यसपालि तराईमा खटिँदै छन् । दुवै भेगका जनता विकासको पर्खाइमा रहेको धुमुर्सले बताए । उनका अनुसार विकासका लागि कहीँकतै, कोही बाधक छैन । जनता असल नेतृत्वको खोजीमा रहेको उनले अनुभव गरेका छन् । ‘श्रमदान गर्ने त भैहाले, सरसहयोग जुटाउने पनि मनग्गे पाइरहेका छौं,’ विकासमा बाधा नदेखे पनि सञ्चारमा समस्या झेल्दै सीताराम चिच्याए, ‘प्रशासनिक झन्झट, निर्माण सामग्री र ढुवानीको जोडजाममा समस्या, पीडित/ स्थानीयलाई भडकाउनेको बिगबिगी त सामान्य समस्या हुन् । अरू ठूला व्यवधान खेप्नुपरेको छैन ।’

    समथर भूभाग र हिउँद याम भएकाले बर्दिबासमा काम गर्न अघिल्ला बस्तीमा भन्दा सहज भएको सुनाए ।

    गरिबीले आक्रान्त मुसहर समुदायको दर्दनाक अवस्था देखेपछि धुर्मुस–सुन्तलीले तिनका लागि घर बनाइदिने इच्छा गरेका थिए । अघिल्लो साल सरसफाइ दूतका रूपमा पूर्व–पश्चिम राजमार्ग सफा गरिहिँडदा उनीहरू बर्दिबासको मुसहरी टोल पुगेका थिए । त्यहाँको बेहाल देखेपछि नमुना बस्ती आवश्यक रहेको महसुस गरे । ‘मान्छेको पहिलो आवश्यकता घर हो,’ सीतारामले भने, ‘यहाँको मुसहर समुदाय घर बनाएर बस्न सक्ने अवस्थामा छैन । जो असली पीडित हो, उसलाई सहयोग गर्नैपर्छ ।’

    ‘मेरी बास्सै’ हास्य टेलिशृंखलामार्फत चर्चामा आएका सीताराम र कुञ्जना पछिल्लो समय यस्तै सामाजिक कार्यमा बढी संलग्न छन् । कलाकारितालाई सँगै अघि बढाइरहेको सीतारामले बताए । यद्यपि, ‘मेरी बास्सै’ बन्द हुँदा धेरैले चित्त दुखाएका थिए । ‘हाम्रो कारणले बन्द भएको होइन,’ उनले भने, ‘अब पुन: प्रसारण गर्ने कुरा पनि छ ।’ कट्टेल दम्पतीले बस्ती निर्माण गर्दाताका नै जनचेतनामूलक छोटा फिल्म बनाउँदै आएको थियो ।
    मुसहर बस्ती बनिसकेपछि फिल्म निर्माण गर्ने सीतारामको योजना छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.