×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

श्रीलंकाली खेलाडीको आत्मघाती गोलले नेपाल सेमिफाइनलमा

  •  
  • शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • चौथो साफ महिला च्याम्पियनसिप
    – पर्वत पोर्तेल, सिलिगुडी

    पुस १५, २०७३- नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार श्रीलंकासँग भएको खेलमा नेपाल १-० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो। समूह ‘ए’ मा तीनै खेल जित्दै नेपाल ९ अंकको साथ शीर्षस्थानमा रहेको छ ।

    अब नेपालले सोमबार समिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।

    म्याच कमिस्नरका अनुसार श्रीलंकाली खेलाडीले आत्मघाती गोल गरेकी थिइन् । शुक्रबार सिलगुडीको कञ्चनजंघा स्टेडियममा भएको खेलमा ८८ औं मिनेट सपना लामाले हानेको कर्नर किक श्रीलंकाली खेलाडीको खुट्टामा लागेपछि बल गोलपोष्टमा छिरेको थियो ।

    श्रीलंकाकी आरडीएलआर गुनावर्दनकोले आत्मघाती गरेकी म्याच कमिस्नरको भनाइ छ ।

    चौथो साफ महिला च्याम्पियनशिपमा अहिले नेपाल र श्रीलंका  भिडिरहेका छन् । खेलको ८८ औं मिनेट सपना लामाले पहिलाे गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

    भुटान र माल्दिभ्ससँगको खेलमा फराकिलो जित निकालेको नेपालले आशातित खेल प्रदर्शन गर्न सकेको छैन ।  श्रीलंकाली टीम आक्रामक देखिएको छ । उसले डिफेन्सीभ बलियो पारेको छ । नेपालकी स्ट्राइकर सावित्रा चल्न सकेकी छैनन । अनिता बस्नेत र सावित्राले पाएका केही राम्रा अवसर गुमाएका छन् ।

    चौथो साफ महिला च्याम्पियनसिपमा अहिले नेपाल र श्रीलंका भिडिरहेका छन् । पहिलो हाफको खेलमा दुवै टिमबाट कुनै गोल हुन सकेको छैन । नेपालले गोल गर्ने धेरै मौका गुमाएको छ ।

    ६ अंकसाथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपालको सेमिफाइनल यात्रा श्रीलंकासँगको खेलपछि निश्चित हुने छ । श्रीलंकालाई हराए नेपाल ९ अंकका साथ टीम विजेता बन्ने छ । कथमकदाचित पराजित भएपनि नेपालको सेमिफाइनल यात्रा रोकिने छैन । शुक्रबार नै दोस्रो खेलमा माल्दिभ्स र भुटान भिड्नेछन् । माल्दिभ्सले भुटानलाई हराएमा ६ अंकका साथ माल्दिभ्स पनि टीम उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका र माल्दिभ्स १ हार र १ जितका साथ ३/३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । दुवै खेलमा पराजित भएकाले भुटानको अंक शून्य छ ।

    श्रीलंका भुटानभन्दा थोरै बलियो र माल्दिभ्स भन्दा कमजोर टीम रहेको उसको प्रदर्शनवाट पुष्टि भइसकेको छ । त्यसकारण श्रीलंकालाई सहजै हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने कुरामा नेपाली टीम ढुक्क छ । ‘श्रीलंकालाई सहजै हराउने कुरामा हामी ढुक्क छौ’, कप्तान रेनुका नगरकोटीले सुनाइन् ।

    उनले नेपालको चुनौती भारत मात्रै रहेको दाबी गर्दै अन्य टीमसंग खासै चिन्ता नरहेको बताइन् । नगरकोटीले भुटान र माल्दिभ्सविरुद्ध फराकिलो जित हात पारिसकिएको  र अव श्रीलंकालाई मात्रै त्यसैगरी हराउने नेपाली टीम आतुर रहेको बताइन् । सन् २०१२ मा श्रीलंकामै भएको दोस्रो साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई सेमिफाइनलमा ३–० ले हराएर फाइनल पुगेको थियो । गत वर्ष सिलोङमा भएको साग फुटवलमा श्रीलंका नेपालसंग ४–० ले पराजित भएको थियो ।

    श्रीलंकासंग नेपाली महिला टीम अहिलेसम्म पराजित भएको इतिहास छैन । यद्यपि नेपाली टीम श्रीलंकालाई हराउन उच्च मनोवलका साथ मैदान ओर्लिने छ । प्रशिक्षक कुमार थापाले  श्रीलंका भुटान भन्दा थोरै वलियो टीम भएको बताउँदै उसलाई पराजित गर्ने खेल रणनीति वनाएको बताए । ‘श्रीलंका खासै राम्रो टीम होइन’, कुमारले भने,‘नराम्रो पनि भन्न मिल्दैन । उसको प्रदर्शन अहिलेसम्म औसत छ । हाम्रो लक्ष्य जसरी पनि जित्ने नै हो, जित्छौ पनि ।’

    यसैवीच विहीवार सम्पन्न खेलमा वंगलादेशले अफगानिस्तानलाई ६–० ले हराएको थियो । वंगलादेशवाट सविना खातुनले ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.