×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा महोत्सवको पाँचौ दिन कलाकारले उचाले दर्शकलाई (फोटो फिचर)

  •  
  • बुधबार, पुष १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष १२ गते । गोरखा महोत्सव भएको पाँचौ दिन अर्थात मंगलबार ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवमा आएका सर्व साधारणहरुले भरपुर मनोरञ्जन लिन पाएँ ।
    आयोजकले स्थानिय कला संस्कृतीलाई समेत प्रस्तुतीको समय उपलब्ध गराए अनुसार बिहानै गोरखा सदरमुकाम संग जोडिएको ताप्लेगाउँको नेवारी टाकटुके नाँचले समेत दर्शकलाई लोभ्याएको थियो । gorkha-mahotsab-5th-day-1
    नाचमा महिला समेत समभागिता गराएको ताप्ले समूहका नेवार समूदायको नाँच हेर्न दर्शकको घुईचो नै लागेको थियो ।

    gorkha-mahotsab-5th-day-2
    दर्शकको उपस्थिती संगै राजधानी देखी आएका लोक गाएक पुरुषोत्तम न्यौपानेले पनि दर्शकलाई आफ्नो गितमा नचाएरै छाडे । लोक संस्कृतीमा आएको बिकृती बिसंगतीको खिल्ली उडाएका न्यौपानेले पटक पटक दर्शकलाई आफ्नो गित नराम्रो लागेको भए मञ्चबाट आफु बाहिरीन तयार रहेको कुरा जानकारी गराएका थिए ।

    gorkha-mahotsab-5th-day-4
    न्यौपानेले गोर्खाली श्रष्टा रामचन्द्र आर्यालको ‘चिन्ता बढ्यो झन रोएको रोएै छ खुशी छैन मन’ गित बाट शुरु गरेको उनले आधा दर्जन भन्दा बढी गित गाएका थिए । मनोरञ्जन लिन आएका सर्व साधारणलाई यो गितले भावुक बनाएको आभाष पाउना साथ गाएक न्यौपानेले ‘दुध मिठो चौरीको मह मौरीको…मायाँ सानीको मलाई मोहनी लगाई जानीको’ भन्ने गित गाएका थिए ।gorkha-mahotsab-5th-day-5
    दर्शकको उपस्थितीबाट जोशिएका न्यौपानेले ‘पानी घट्टमा, घाम जस्तो जुन हुदैन, कता बस्यौ चरी, आज मुग्लीन झरौ भोली बसमा चढौला र रुन्छ नि मन किन रुदैन’ भन्ने जस्ता दर्शक उचाल्ने गित गाएका थिए । उनको गितलाई उपस्थित दर्शकहरुले खुबै रमेर साथ दिएका थिए । gorkha-mahotsab-5th-day-6
    कार्यक्रममा न्यौपानेले ऐतिहासिक भिमसेन थापा तथा पूर्व राजाहरुको समेत गित गाएका थिए ।
    कार्यक्रममा स्कुले भाई बहिनीहरुले तामाङ्ग सेलोका साथै भोजपुरी गित समेत प्रस्तुत गरेका थिए ।

    gorkha-mahotsab-5th-day-3
    पाँचौ दिनमा भएको कार्यक्रममा गोर्खाली कलाकार भनेर चिनिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी) र अर्जुन माष्टरको समेत कलाकारलाई हसाएका थिए । चोटिलो प्रस्तुतीका लागि ख्याती कमाएका बल्छी र अर्जुन माष्टरको जोडीले फोटो प्रर्दशनी समेत अबलोकन गरेका थिए ।gorkha-mahotsab-5th-day-11
    कलाकारको ओहिरो नै लागेको पाँचौ दिनमा ख्याती प्राप्त गायक पशुपति शर्मा समेतको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएको आयोजक संस्थाले दावी गरेको छ । gorkha-mahotsab-5th-day-14
    शर्माले दर्शकलाई मनोरञ्जन दिन पहिलो पटक आफ्नो लोक प्रियक ‘मलाई अमेरीका यही…मलाई जापान पनि यही…मलाई बेलायत पनि यही’ भन्ने गित गाएका थिए । मञ्चमा आउनु अगाडी देखी नै दर्शकले पशुपतिको नाम लिएका थिए । शर्मा मञ्चमा आउनासाथै दर्शक दिर्घाबाट ताली र सिठीले भब्य स्वागत गरीएको थियो ।gorkha-mahotsab-5th-day-7
    दर्शकको मायाँ देखेर हौसिएका शर्माले दर्शकलाई नचाए नचाए आफु पनि जोडदार रुपले मञ्चमा नाचेका थिए । गायक शर्माले ‘झम झम दर्कियो पानी’ को गित गाउना साथै दर्शकहरुले समेत संगै गायका थिए । उनको गितमा दर्शकले निकै रमाइलो गरेको थाहा पाएका शर्माले ‘मायाँ भूल्ने के होला दबाई…दबाई पाए खाईदिन्थे नचबाई’ र ‘मेरो मायाँ बसेको ठाउँमा…बत्ती बाल्दै पर्दैन त्यो ठाउँँमा’ जस्ता आधा दर्जन गितहरु प्रस्तुत गरेका थिए । gorkha-mahotsab-5th-day-8
    यता ठाडो भाखाका जन्मदाता भेडीखर्के साइलो भनेर चर्चित दिर्घराज अधिकारीले समेत आफ्नो प्रस्तुती गरेका थिए । उमेर ८४ कटेका भेडी खर्के साइलोलाई साथ दिएकी थिई आफु भन्दा ६ दशक कान्छी मञ्जु बिकले । दर्शकले निकै रुचाएको ठाडो भाखा गितमा उपस्थित सबैले साथ दिएका थिए । दुई चार टुक्का मात्र गाउने उद्वेश्यले माइक समातेका भेडी खर्के साइलोले दर्शकले गित मन पराएको पत्तो पाउनासाथ आधा घण्टा भन्दा बढी समय सम्म गित गाएका थिए । gorkha-mahotsab-5th-day-13
    पाँचौ दिनको कार्यक्रममा विश्व नेपाली, प्राश्ना शाक्यको समेत प्रस्तुती भएको थियो ।

    gorkha-mahotsab-5th-day-10    gorkha-mahotsab-5th-day-9  gorkha-mahotsab-5th-day-12

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.