×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खेलाडीले मैदानमै रेफ्रीमाथि मुक्का हानेपछि..

  •  
  • मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    किशोर बुढाथोकी

    इटहरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् ।

    इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग पराजय बेहोरेको पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री एवं प्रतियोगिताका मुख्य निर्णायक विनय राईमाथि मुक्का प्रहार गरेका हुन् ।

    खेलमा पश्चिमाञ्चल आर्मीसँग २०-२५, २५-२०, २५-२०, २५-११ को सेटले पराजित भएको थियो । खेलाडीले सही तरिकाले रेफ्रीले निर्णय नगरेको र आर्मीको समर्थन गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको दाबी गरेका छन् । खेल सकिएलगत्तै हात मिलाउनका लागि जम्मा हुने क्रममा एक्कासि आफूमाथि खेलाडीले मुक्का प्रहार गरेको राईले बताए ।

    ‘खेलमैदान भित्र खेलको नियमविपरीत अश्लील शब्द बोलेपछि मैले खेलाडीलाई पहेंलो कार्ड दिएको थिएँ,’ उनले भने, ‘त्यसको रिस उनीहरूले खेल सकिएलगत्तै म माथि आक्रमण गरेर पोखे ।’

    खेल चालू रहेकै अवस्थादेखि पश्चिमाञ्चलका खेलाडी रेफ्री राईप्रति आक्रोशित बनेका थिए । रेफ्री बसेर खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले मैदानबाटै ताकेर बल प्रहार गरे पनि राईलाई भने लागेन । राईले उक्त प्रहारलाई सामान्य रूपमा लिए ।

    ‘सट हान्ने निहुँमा मैदानबाटै बल प्रहार गरियो । हार बेहोर्दै गएका खेलाडीको आवेशलाई मैले सामान्य रूपमा लिएँ’, राईले भने, ‘खेल सकिएपछि भने आक्रमण नै भयो । रेफ्रीले गरेको निर्णय चित्त नबुझेमा कानुनी उपचार खोज्न सकिने व्यवस्थाको विरुद्धमा अनुशासनविपरीत खेलाडी उत्रिएका छन् ।’

    खेल अवधिमा दर्शकको भारी समर्थन बटुले पनि रेफ्रीमाथि खेलाडीले आक्रमण गरेपछि भने दर्शक पश्चिमाञ्चलका विरुद्धमा खनिएका थिए । त्यसलगत्तै नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएर खेलाडीलाई मैदानबाट बाहिर निकाल्नु परेको थियो।

    नियम तोडेर आक्रमण गरिएको भन्दै रेफ्रीले कुटपिटमा संलग्न खेलाडीलाई कारबाही नभएसम्म प्रतियोगिता सञ्चालन नगर्ने अडान लिएपछि भलिबलसँग सम्बद्धहरूको आकस्मिक बैठक बसेको थियो । केन्द्रीय, क्षेत्रीय र स्थानीय भलिबल संघ, संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूबीच भएको आकस्मिक बैठकले कुटपिटमा संलग्न खेलाडीलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

    कुटपिटमा संलग्न खेलाडी रमेश केसी, लोकेन्द्र भण्डारी र राजन थापालाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको जानकारी प्रतियोगिताका व्यवस्थापक लेखनाथ पराजुलीले दिए । उनका अनुसार सुरुमा केसीले रेफ्रीलाई मुक्का प्रहार गरेपछि अन्य खेलाडी पनि कुटपिटमा उत्रिएका हुन् ।

    ‘खेलको नियम विपरीत खेलाडीले रेफ्रीमाथि आक्रमण गरेकाले कारबाहीस्वरूप एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘निलम्बनमा परेका खेलाडीले भलिबल संघले स्वीकृत दिएको कुनै पनि प्रतियोगितामा सहभागी भएर खेल्न पाउने छैनन्।’

    त्यस्तै खेलाडीमा हुनुपर्ने अनुशासन नपाइएको भन्दै रेफ्रीमाथि बल प्रहार गर्ने र जालीमा लात्ताले हान्ने शाहले पनि सार्वजनिक रूपमा माफी माग्नुपर्ने निर्णय बैठकले गरेको छ ।

    माफी नमागेमा उनलाई पनि एक वर्षका निलम्बन गर्ने निर्णय बैठकले गरेको जानकारी पराजुलीले दिए । उनका अनुसार खेलाडीले गराएको घटनालाई लिएर पश्चिमाञ्चलका प्रशिक्षक र व्यवस्थापकले पनि माफी माग्नुपर्ने निर्णय बैठकमा भएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.