आयोगका पदाधिकारीसँग तय गरिएको सिंहदरबार बैठक रद्द
१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्न नमानेको आयोगका पदाधिकारीले गुनासो गरेका छन् ।
बालानन्द पौडेलको अध्यक्षतामा गठित आयोगले एक साता अघि नै प्रतिवेदन तयार पारिसकेको भए पनि सरकारले प्रतिवेदन बुझ्नै नमानेको आयोगका पदाधिकारीले गुनासो गरेका हुन् ।
यसैवीच आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई पत्र नै लेखेर प्रतिवेदन बुझाउने समय नपाएको गुनासो गरेपछि प्रधानमन्त्रीले मंगलबार बिहान साढे १० बजे सिंहदरबारमा भेट गर्ने समय दिएका थिए ।
तर, अन्तिम घडीमा आएर प्रधानमन्त्रीले आजको भेट पनि रद्द गरिदिएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो- आज आयोगका पदाधिकारीलाई सिंहदरबारमा भेट्ने भनिएको त हो, तर त्यो रद्द गरियो । आज आयोगबाट प्रतिवेदन बुझ्ने नभएर भेटमात्रै गर्ने प्रधानमन्त्रीको कार्यक्रम थियो ।
मंगलबार राजनीतिक विषयमा महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकाले प्रधानमन्त्री सिंहदरबार आउन नभ्याएको स्रोतले बतायो । मंगलबार बिहानै राजनीतिक छलफलका लागि गृहमन्त्री विमलेन्द्र निधी बालुवाटार पुगेका छन्
मंगलबार राजनीतिक विषयमा महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकाले प्रधानमन्त्री सिंहदरबार आउन नभ्याएको स्रोतले बतायो । मंगलबार बिहानै राजनीतिक छलफलका लागि गृहमन्त्री विमलेन्द्र निधी प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् ।
एक साता अघिदेखि नै प्रतिवेदन बुझाउन समय माग्दा पनि प्रधानमन्त्रीले समय नदिएको आयोगका पदाधिकारीको गुनासो छ । तर, अहिले नै प्रतिवेदन बुझाएपछि त्यो अन्तिम हुने र स्थानीय तहको संख्या हेरफेर गर्न नपाइएने भन्दै प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न नमानेको स्रोत बताउँछ ।
स्रोतले अनलाइनखबरसँग भन्यो- ‘अहिल्यै प्रतिवेदन बुझेपछि त सक्किइगयो नि Û दलहरुवीच स्थानीय तहको संख्याबारे सहमति नै भइसकेको छैन ।’
onlinekhabar


