×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तिब्बत जोड्न १४ वटा करिडोरमा काम धमाधम

  •  
  • मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – दीपेन्द्र विष्ट, काठमाडौं

    पुस १२, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने १४ करिडोरको निर्माण कार्य अघि बढाएको छ ।

    सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको हो । तमोर करिडोरले धनकुटा (मूलघाट)–लुम्बुघाट–ताप्लेजुङ (माझीटार)–दोभान–ओलाङचुङगोला हुँदै तिप्तला (तिब्बत सिमाना) नाका जोड्नेछ । तमोर कडिडोरको लम्बाइ २ सय ६५ किलोमिटर छ ।

    धनकुटा–ताप्लेजुङ खण्डको १ सय ७० किमिमध्ये २५ किमि ट्रयाक निर्माण बाँकी रहेको छ । ताप्लेजुङ–ओलाङचुङगोला–तिप्तला खण्डको ९५ किमिमध्ये ३० किमि सडक निर्माण सम्पन्न भइसकेको छ । विभागले बाँकी निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    कोसी करिडोर विराटनगर (रानी)–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिनेछ । यसको लम्बाइ ३ सय १० किलोमिटर छ । रानी विराटनगर–इटहरी २६ किलोमिटर विस्तार भइरहेको छ । यस करिडोर निर्माणले पूर्वी क्षेत्रमा पर्यटकीय विकास निकै फडो मार्ने विश्वास गरिएको छ । उक्त करिडोरको खाँदबारीदेखि किमाथांका १ सय ६२ किलोमिटरमध्ये ८० किलोमिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । सरकारले बाँकी निर्माणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    कालीगण्डकी करिडोरलाई चौडा गर्ने काममा तीव्रता दिइएको उत्तरदक्षिण लोकमार्ग प्रमुख गोपालप्रसाद सिग्देलले बताए । उनका अनुसार गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिनेछ । त्यसको लम्बाइ ४ सय ३५ किलोमिटर छ । हालसम्म ४ सय २६ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    पालुङखोला–मालढुंगा २६ किलोमिटर सडक नेपाली सेनाले चौडा पारिरहेको छ । जोमसोम–कोरला खण्डको करिब १ सय १० किलोमिटर सडकलाई ग्राभेलमा स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए । सडक विभागका अनुसार बाँकी निर्माणका लागि यस आर्थिक वर्षमा करिब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिनेछ । यसको लम्बाइ १ सय ९० किलोमिटर छ । जाजरकोट–दुनै १ सय १७ किलोमिटरमध्ये १ सय २ किलोमिटर नेपाली सेनाले ट्रयाक खोलेको छ । खलंगा–रिम्ना खण्डको १८ किलोमिटर सडक कालोपत्रेको ठेक्का भइसकेको विभागले जनाएको छ । दुनै–मरिम–तिन्जे–धो सडकको करिब ७० किलोमिटरमध्ये ८ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको प्रमुख सिग्देलले बताए । बाँकी करिडोर निर्माणका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    करिडोर निर्माणसँगै यस क्षेत्रमा विकासको ढोका खोल्न सकिने विभागले जनाएको छ । ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी १ सय ८८ किलोमिटर सडकको निर्माण कार्य अघि बढेको छ । त्यसमध्ये ठोरी–भण्डारा–मलेखु ८६ किलोमिटरमध्येको ४२ किलोमिटर निकुञ्जका कारण निर्माण बाँकी छ ।

    गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ ४८ किलोमिटर सडकलाई दुई वर्षभित्र दुई लेन निर्माण गर्ने लक्ष्यका साथ विभागले ठेक्का आहवान गरिसकेको छ । मैलुङ-स्याफ्रुबेंसी खण्डको करिब १८ किलोमिटर सडक सेनाले ट्रयाक खोलिसकेको छ । स्याफ्रुबेंसी-रसुवागढी १६ किलोमिटर दुई लेन सडक चीन सरकारले कालोपत्रे गर्न अध्ययन भइरहेको विभागले जनाएको छ । बाँकी करिडोर निर्माणका लागि १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    भिट्टामोड-ढल्केबार-सिन्धुली-मन्थली-दोलखा-लामाबगर-लाप्चा सडकअन्तर्गत लामाबगरसम्म यातायात सञ्चालनमा छ । यो सडकमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । लामाबगर-लाप्चा सडक खण्डमा करिब १ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

    वीरगन्ज-हेटौंडा-नारायणघाट-मुग्लिन-काठमाडौं-धुलिखेल-दोलालघाट-बाह्रबिसे-कोदारीसम्म ३ सय ९० किलोमिटर छ । त्यस खण्डको धुलिखेल-दोलालघाट-बाह्रबिसे ६२ किलोमिटर ४ लेन र बाह्रबिसे-कोदारी खण्ड २५ किलोमिटर २ लेन स्तरोन्नति ५ वर्षभित्र सम्पन्न गरिने जनाइएको छ ।

    सेती लोकमार्गअन्तर्गतको टीकापुर-लोडे-चैनपुर-ताक्लाकोट २ सय ९८ किलोमिटर निर्माण गरिनेछ । त्यसमध्येको ४४ किलोमिटर ट्रयाक निर्माण, ३ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल भइसकेको छ । बाँकी निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ । महाकाली करिडोर खण्डको ब्रहमदेव-झुलाघाट-दार्चुला-टिंकर खण्डको ४ सय २० किलोमिटर ट्रयाक खोल्ने काम अघि बढेको छ ।

    गोरखाको नल्याङ भन्ज्याङ-छेकम्पार-चुम्चेत-सिर्दिवास, गुम्दा खण्डको १ सय २० करिब १९ किलोमिटर ट्रयाक खुलिसकेको छ । यस आर्थिक वर्षमा १० किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।

    दोलखाको जिरी-सल्लेरी-ढिंग्री तिब्बत सीमासम्म करिब ८८ किलोमिटर छ । यसमध्ये ५५ किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । यस आर्थिक वर्षमा ८ किलोमिटर सडकको ट्रयाक खोलिनेछ । त्यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मुगु-तिब्बती सीमा न्याक्चेलाग्नासम्म करिब ८५ किलोमिटर लम्बाइ छ । १३ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । त्यसमध्येको ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन भएको छ ।

    १ सय ५ किलोमिटर लम्बाइको हुम्ला-सिमकोट-लिमी-लाप्चा सडकमा ८२ किलोमिटर ट्रयाक खुलिसकेको छ । ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली करिडोरमा करिब २ सय ८५ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.