ढलेका उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे र पूर्व अर्थमन्त्री महतलाई सम्हाल्दै सुरक्षाकर्मीहरु ।तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर
एक महिला नेतृको खुट्टा भाँचियाे

मञ्च भत्किनुअघि मञ्चमा बसेका नेताहरु ।
उक्त कार्यक्रम २ करोड ८६ लाख रुपैयाँमा बन्नलागेको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गन राखिएको थियो ।
‘ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पुरै मन्च ढल्न पुग्यो,’ नेपाली कांग्रेसका जिल्ला सभापती रमेश धमलाले बताए ।
मञ्चमा कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेस केन्द्रिय सदस्य सरीता प्रसाई, लगायत जिल्ला स्तरिय ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेका थिए भने उदघोषले थप अरु मञ्चमै बोलाउदैं गर्दा मञ्च भत्किएको थियो ।
मञ्च ढलेपछि पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ ।

मञ्च भत्किएपछि भएकाे भागदाैड ।



तस्बिरहरु : हरिहरसिंह राठाैर
ekantipur




















