×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३१ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वीरगञ्ज जेलमा चक्कु प्रहारः पाँच कैदी घाइते

  •  
  • सोमबार, पुष ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    क्रान्ति शाह

    वीरगन्जः वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

    तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डित अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ गम्भीर घाइते भएका छन् । पण्डितले बानियाँको गर्दनमा चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।

    चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए।

    यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् ।

    चक्कु प्रहारबाट कारागारमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।

    गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए ।

    नेशनल मेकिडल कलेजका चिकित्सकले पनि घाइते बानियाँको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडांै लैजान रिफर गरेको घाइते बानियाँका दाजु ललन बानियाँले आइतबार बेलुकी अन्नपूर्ण पोष्टलाई बताए ।

    अन्य घाइते कैदीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी कारागारमै फर्काइएको कारागारको सुरक्षार्थ खटिएको नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मोहन थापाले जानकारी दिए ।

    कारागार परिसरमै कैदी बन्दीले क्रिसमस मनाइरहेका बेला आइतबार साँझ पौने पाँच बजे पण्डित अचानक तरकारी काट्ने चक्कुले संगै रहेका बानियाँको गर्दनमा प्रहार गरेपछि कैदीबन्दी बीच भागाभाग भएको थियो ।

    कैदीमाथि चक्कुले आक्रमण गर्ने पण्डितको बेलाबेलामा मानसिक सन्तुलन बिग्रने गरेको र उनले औषधि पनि सेवन गर्दै आएको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए । घटनापछि चक्कु प्रहार गर्ने पण्डितलाई कारागार भित्रकै छुटटै कोठामा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

    ६ सय कैदी बन्दी अटाउन सक्ने क्षमता रहेको वीरगञ्ज कारागारमा अहिले एक हजार दुई सय ३९ जना कैदीबन्दी रहेको कारागारका जेलर दण्डपानी गौतमले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.