×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

माकाजुलाई उपकुलपति बनाउन लबिइङ

  •  
  • सोमबार, पुष ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काभ्रेका राजनीतिक दलका नेता तथा प्राध्यापकसहित माकाजु नेताका घर–घर धाइरहेका छन्

    – मकर श्रेष्ठ, काठमाडौं

    पुस ११, २०७३- काठमाडौं विश्वविद्यालयका निर्वतमान उपकुलपति डा. रामकण्ठ माकाजुलाई दोस्रो पटक सोही पदमा नियुक्ति दिलाउन नेताका घर–घरमा लबिइङ सुरु भएको छ । उपकुलपति छनोट समितिका सदस्यहरू सुरेशराज शर्मा र दमननाथ ढुंगाना आफ्नो पक्षमा भए पनि शिक्षामन्त्री धनीराम पौडेलले विकल्प खोजेपछि काभ्रेका राजनीतिक दलका नेता तथा प्राध्यापक संघका पदाधिकारीसहित माकाजु लबिइङमा जुटेका हुन् । यो टोलीले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूलाई भेटेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले माकाजुलाई उपकुलपति बनाउनुपर्ने भन्दै केही समूह दबाब दिन आइरहेको बताए । आइतबार टोली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेको थियो । यसअघि पनि धुलिखेलका विभिन्न दलका नेता, अस्पतालका निर्देशकसहितको टोलीले देउवालाई भेटेको थियो । देउवासँगको भेटपछि संयुक्त फोटो खिचेर सामाजिक सञ्जालमा समेत राखिएको छ । ‘माकाजुलाई नै निरन्तरता दिनुपर्नेलगायत अरू माग लिएर एक हूल आज बिहान आएका थिए,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिले कसैको दबाबमा भन्दा पनि योग्य व्यक्ति नियुक्ति गर्न पहल गर्ने आश्वासन दिनुभयो ।’ माकाजुलाई उपकुलपति नबनाए विश्वविद्यालयमा ताला लगाउनेसम्मको चेतावनी उनीहरूले दिएका छन् ।

    माकाजुलाई उपकुलपति बनाउन एमाले अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायतलाई भेटेको एमालेका स्थानीय नेता एवं धुलिखेल नगरपालिकाका पूर्वउपमेयर अशोक बेन्जुले बताए । प्रधानमन्त्री दाहालसँग पनि समय माग गरिरहेको उनले बताए । ‘माकाजु नै हुनुपर्छ भनेर नेताहरूलाई भेटिरहेका छौं,’ उनले भने, ‘उहाँबाहेक अरूले विश्वविद्यालय हयान्डल गर्न सक्दैन । अरू नियुक्ति गरिए हाजिर हुन पनि दिँदैनौं ।’ लोभलालचमा नपर्ने र विश्वविद्यालयको अहित हुने कुनै पनि सम्झौता नगर्ने भएकाले उनी नै चाहिने बेन्जुले बताए । उनलाई उपकुलपति बनाउनुपर्ने लबिइङमा धुलिखेल अस्पतालका निर्देशक राजु कोजु पनि दलका नेतासँगै जाने गरेका छन् ।

    तर, माकाजुले उपकुलपति हुनेबित्तिकै पूर्वाधार नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएका थिए । स्थानीयले माकाजुको यो कामलाई तत्कालीन माओवादी सरकारको दबाबले दिएको भन्दै संरक्षण गरेका छन् । मेडिकल क्षेत्रका सफल व्यक्ति भए पनि विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सलाई माकाजुले विवादित बनाए । यसले सिंगो विश्वविद्यालयकै साख गिर्न पुगेको छ । स्थानीयले विश्वविद्यालयमा माओवादीले राजनीति छिराएको आरोप लगाउँछन् । माओवादीले स्वार्थ पूरा गर्ने आफ्ना कार्यकर्तालाई उपकुलपति बनाउन लागेको बेन्जुले आरोप लगाए । ‘माओवादी सरकार हुँदैमा उसकै कार्यकर्ता उपकुलपति हुनुपर्छ भन्ने छ ? विश्वविद्यालय यहाँसम्म ल्याउन उसको भूमिका छैन,’ पूर्वउपमेयर बेन्जुले भने ।

    प्रधानमन्त्रीका स्वकीय सचिव मल्ल भने यो आरोप अस्वीकार गर्छन् । ‘सिफारिस गर्दा एकजना शिक्षामन्त्रीले भनेको व्यक्तिको पनि नाम सिफारिस गरौं भन्दा राजनीतिक हस्तक्षेप भएको भन्न मिल्छ ? अनि प्रधानमन्त्रीज्यूले समितिका सबै सदस्यले स्वीकारेका व्यक्तिलाई उपकुलपति बनाउनेभन्दा राजनीतिक हस्तक्षेप कसरी भयो ?’ उनले भने ।

    ‘तेस्रो व्यक्तिको खोजी गर्नुपर्छ’
    प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सबैलाई सहमति गराएर योग्य व्यक्तिलाई चाँडै उपकुलपति नियुक्ति गर्ने बताएका छन् ।

    उपकुलपति छनोट समितिका तीन जनाले उपकुलपतिको उम्मेदवार टुंग्याउन नसकेपछि दाहालले चासो देखाउँदै शनिबार समितिका सदस्य शिक्षामन्त्री धनीराम पौडेल र सुरेशराज शर्मासँग छलफल गरेका थिए । शिक्षामन्त्री पौडेलले उपकुलपतिमा रजिस्टार भोला थापा र प्रा. जनार्दन लामिछानेलाई पनि सिफारिस गर्नुपर्ने अडान लिएका छन् । शर्मा र अर्का सदस्य दमननाथ ढुंगाना माकाजुको मात्रै नाम सिफारिस गर्नुपर्ने अडानमा छन् । तीनैजनाले अघि सारेको भन्दा अन्य विकल्प रोज्नुपर्ने विश्वविद्यालयका प्राध्यापकहरूको भनाइ छ । ‘एक कार्यकाल काम गरिसकेपछि अरूलाई अवसर दिनु उपयुक्त हुन्छ,’ विश्वविद्यालयका एक डिनले भने, ‘आफ्नो कार्यकालमा केही गर्न नसक्ने फेरि आएर गर्छु भन्दा ठीक हुँदैन । सिफारिस गर्न लागिएका व्यक्तिहरूमा विवाद हुन्छ भने अर्को विकल्प रोज्नुपर्छ ।’

    समितिका सदस्य शर्माले विवादमा नपर्ने व्यक्ति सिफारिस गर्ने बताए । ‘हामीलाई विवादमा नपारिदिनुस् भनेर प्रधानमन्त्रीलाई पनि भनेका छौं,’ उनले भने, ‘हामीले विश्वविद्यालयमा राजनीति पस्न दिँदैनौं भन्यौं, प्रधानमन्त्रीले मन्त्रीको कुरा पनि सुनिदिनुस् भन्नुभएको छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.