कैलासबावु श्रेष्ठ/गोरखा
पौष ९ गते । नेपाल सरकारले पौष १० गते आइतबार क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
क्रिश्चियन समुदायहरुको दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छँदै सरकारी क्यालेन्डर बनाउनेक्रममा क्रिसमसको बिदा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय गरेको भएता पनि आइतबार सबैलाई हुने गरी सार्बजनिक बिदा घोषणा गरीएको हो ।
विश्वभरका क्रिस्चियन धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्षको २५ डिसेम्बरका दिन क्रिसमस मनाउँने गरीन्छ ।


