×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कोर मधेसमा एमालेको प्रशिक्षण

  •  
  • शनिबार, पुष ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लाहानमा कार्यकर्तालाइ प्रशिक्षण दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनाल।

    मिथिलेश यादव

    लहान–नेकपा एमालेले शुक्रबारबाट लहानमा सप्तरीदेखि पर्षासम्मका जिल्लास्तरीय नेताकलाई भेला पारी प्रशिक्षण सुरु गरेको छ। एमालेमाथि लाग्दै आएको मधेस बिरोधी आरोपको जवाफ दिन जिल्ला नेतालाई शीर्ष  नेताहरुले प्रशिक्षित गर्दै छन्।

    प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘अहिले संविधानमा संशोधन गर्नुभन्दा कार्यान्वयन गर्नु जरुरी छ।’ संविधान लागू गर भन्दा मधेसी विरोधीको आरोप लगाउनु अनुचित भएको नेपालको भनाइ छ । ‘मधेसको नाममा पटक पटक मन्त्री भएकाहरु आफ्नो गाउँमा बाटोसम्म बनाउन नसक्ने अनि हामीलाई मधेस बिरोधी भन्ने ?,’ उनले भने , ‘झुठा प्रचारको भुलभुलैयामा नपर्नुस्।’

    ‘मधेसको नाममा पटक पटक मन्त्री भएकाहरु आफ्नो गाउँमा बाटोसम्म बनाउन नसक्ने अनि हामीलाई मधेस बिरोधी भन्ने ?,’ उनले भने , ‘झुठा प्रचारको भुलभुलैयामा नपर्नुस्।’

    संसदमा दर्ता भएको संशोधन प्रस्तावको संवैधानिक औचित्य नै नरहेको तर्क गर्दै उनले भने, ‘प्रदेश सीमांकन हेरफेर प्रदेशसभाको अनुमोदन बेगर हुन सक्दैन।’ संविधान लागू नभएसम्म र प्रदेशसभा नबनेसम्म सीमांकन हेरफेर गर्नु संविधानतः अनुपयुक्त, अव्यवहारिक र अलोकतान्त्रिक भएको उनको भनाइ थियो।

    नेता नेपालले मधेसी दलले मात्र नभएर एमाले भित्रकै मधेसी नेताहरुले मधेसलाई पछाडि पारेको गुनासो गर्ने गरेको उल्लेख गर्दै नेता नेपालले भने, ‘मधेसलाई कसले पछाडि पार्यो ? मधेसी कसरी पछाडि परे ? राणाकालमा खुलेका चार स्कुलमध्ये तीन स्कुल मधेसमै खुलेका छन्, उद्योगहरु मधेसमै छन, कसरी मधेस पछाडि पर्यो?’

    अहिलेको संविधानमा मधेसलाई समृद्ध बनाउन प्रशस्त व्यवस्था गरिएको तर्कगर्दै उनले भने, ‘विदेशीलाई मुलुकको प्रमुख पदमा पर्याउने माग, विदेशी भाषालाई राष्ट्रिय भाषा बनाउने माग कदापी स्कीकार्य हुदैन।’ मधेसको रैथानेको अधिकारकालागि भन्दा अन्तका मानिसको अधिकारका लागि उठाइएका मागमा कसरी सहमति जनाउने?’

    कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले संसदमा दर्ता भएका संशोधन प्रस्ताव फिर्ता गरी संविधान कार्यान्वयन  गर्नुको विकल्प नभएको बताए। उनले  संविधान कार्यान्वयन गर्न आफूहरु जस्तोसुकै वलिदानी गर्न तयार रहेको चेतावनी दिए। ‘संविधान बचाउनका लागि प्रदेशको निर्वाचन हुनैपर्छ,’ उनले भने ‘स्थानीय निकायको निर्वाचनले संविधान जोगिँदैन अहिलेको मुल मुद्दा संविधान कार्यान्वयन  गराउने हो संशोधन होइन।’

    एमाले महासचिव इश्वर पोखरेलले   संशोधन प्रस्ताव संविधानलाई असफल पार्ने षड्यन्त्र भएको आरोप लगाए। ‘यो संविधानले रैथाने मधेसीलाई कुनै पनि अधिकारबाट बञ्चित गरेको छैन, विदेशीलाई देशको प्रमुख पदमा पुर्याउने मागमा सहमत हुनै सकिँदैन।’

    लहानको माडवारी सेवा सदनमा जारी एमाले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि आयोजकले लहानको सहिद पार्कमा झुन्ड्याएको पार्टीको झन्डा संघीय समाजवादी फोरमका कार्यकर्ताहरुले फालेप तनाव भएको थियो । तनाव भडकिन नदिन पूर्व क्षेत्रबाट ब्यापक सुरक्षाकर्मी लहानमा झिकाइएको छ । सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अवस्था नियन्त्रणमा राख्न कार्यक्रम स्थलदेखि चोक र गल्लीहरुमा सुरक्षाकर्मीलाई परिचान गरिएको बताए।

    यता संघीय समाजवादी फोरमको पनि दुई नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम लहानको गोपाल सेवा समितिमा जारी छ । फोरमका नेता अशोक राईले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग अनुसार संशोधन परिमार्जन नभई निर्वाचन घोषणा भए प्रतिरोध गर्ने चेतावनी दिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.