खुकरीले घाँटी रेटेर हत्या गरिएका युवाको घटनास्थलको मुचुल्का गर्दै प्रहरीको टोली । तस्बिरः रत्नप्रसाद आचार्य
रत्नप्रसाद आचार्य
धरानः शनिबार बिहान धरानमा खुकुरीले घाँटी रेटेर एक युवाको हत्या भएको छ । लागु औषध सेवनको कुलतमा फसेका चारजनाको समूहले धरान ५ का विकास राजवंशीको हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
प्रहरीले धरान उपमहानगरपालीका १५ स्थित किराँत याक्थुम चुम्लुङको भवन नजिकैबाट हत्या युवाको शव भेटेर घटना स्थलको मुचुल्का तयार गरेको छ ।
मृतक युवाको शव पोष्ट मार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाले अभियुक्तको नाम सार्वजनिक नगरिएको खतिवडाले बताए । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र केही लागु औषध समेत बरामत गरेको छ । प्रहरीले घटनास्थलबाट लागु औषध बरामत गरेको डिएसपी खतिवडाले बताए ।
annapurnapost


