×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्राथमिकता पन्छाउँदै प्रधानमन्त्री

  •  
  • शनिबार, पुष ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बसन्त बस्नेत, काठमाडौं
    प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार गोरखा सदरमुकाममा नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै ।तस्बिर : सुदीप कैनी/कान्तिपुर
    उद्घाटन र रिबन काट्ने कार्यक्रमहरुमा सामेल नहुने र आफ्नो कार्यकाललाई संविधान कार्यान्वयनमा केन्द्रित गर्ने प्रतिबद्धतासहित पाँच महिनाअघि प्रधानमन्त्री बनेका दाहालका पछिल्ला दिनहरु रिबन काट्नैमा बितेका छन्

    पुस ९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषयलाई लिएर जारी गतिरोध फुकाउन प्रतिपक्षी एमालेसँग वार्ता गर्ने निर्णय पुस २ को बालुवाटार बैठकबाट लिएका थिए । त्यसयता ठूला तीन दलका शीर्ष नेताबीच अनौपचारिक वा अनौपचारिक कुनै वार्ता भएको छैन । बरु प्रधानमन्त्री दाहाल संवाद र वार्ताका कामहरू छल्दै जिल्लातिरका पार्टी कार्यक्रममा केन्द्रित देखिएका छन् ।

    उद्घाटन र रिबन काट्ने कार्यक्रमहरूमा सामेल नहुने, आफ्नो कार्यकाललाई संविधान कार्यान्वयनमा केन्द्रित गर्ने प्रतिबद्धतासहित पाँच महिनाअघि प्रधानमन्त्री बनेका दाहाल शुक्रबार बिहान सरकारी वकिल सम्मेलन उद्घाटन गर्न प्रज्ञा प्रतिष्ठान पुगे । त्यसपछि मध्याहनमा गोरखा चनौटेमा कालिका जलविद्युत् केन्द्र उद्घाटन गर्न दौडिए । त्यस्तै गोरखा महोत्सव उद्घाटन गर्न सदरमुकाम झरे । बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सकेर उनी धादिङ महोत्सव उद्घाटन गर्न धादिङबेसी गए । आइतबार मन्त्रिपरिषद् बैठकपछि माउन्टेन टीभीको मल्टिच्यानल उद्घाटन गर्न याक एन्ड यति होटल पुगेका थिए । बुधबार कैलालीमा पुगेर कृषि आधुनिकीकरण परियोजना उद्घाटन गरे । त्यसपछि पार्टीको सात नम्बर प्रदेश स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्नतिर लागे ।

    मंगलबार सुर्खेतमा कार्यकर्तालाई प्रशिक्षण दिँदै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता परिवर्तन उल्टाउने प्रयास भइरहेको जिकिर गरे । सोही दिन हुम्लामा आमसभा सम्बोधन गर्न पुगे । पुस ३ गते विराटनगरमा पार्टीकै प्रशिक्षण कार्यक्रममा पुगी राष्ट्र विखण्डन गर्ने प्रयास भइरहेको जिकिर गर्दै उनले आफूलाई र माओवादीलाई त्यस्तो सह्य नहुने टिप्पणी गरे । यी सबै मन्तव्यमा प्रमुख प्रतिपक्षी एमालेलाई उनले तारो बनाए ।

    ‘एमालेले ५ नं प्रदेशको कुरा उठाएको मात्र सीमांकनका लागि होइन, यसभित्र संविधान कार्यान्वयन नगर्ने र संघीयता उल्ट्याउने उद्देश्य लुकेको छ, उसका सबै क्रियाकलाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र एकात्मकता तथा उच्च जातीय अहंकारवादी योजना कार्यान्वयन गराउन केन्द्रित देखिन्छन्,’ दाहालले विराटनगरमा भनेका थिए, ‘अहिले संशोधन प्रस्ताव पेस हुन नदिने, निर्वाचन विधेयक पास गर्न नदिने, स्थानीय चुनाव गर्न नदिने र संविधान कार्यान्वयनमा भाँजो हाल्ने खेल भइरहेको छ ।’

    यसैगरी दाहाल पुस २ गते भरतपुरमा आदिवासी जनजाति महासंघ सम्मेलन उद्घाटन गर्न गए । त्यसै दिन कुलेखानी क्षेत्रको निरीक्षण गर्न पनि भ्याए । त्यसको अघिल्लो दिन प्रदेश नम्बर ४ को पार्टी प्रशिक्षण उद्घाटन गर्न पोखरा गए । त्यसैको अघिल्लो दिन केबलकार उद्घाटन गर्न चन्द्रागिरिको डाँडो पनि चढे । त्यसैको सेरोफेरोमा लहान, मिर्चैयालगायत ठाउँमा पुगे ।
    शनिबार (आज) उनी रोल्पा जाँदैछन् । त्यहाँ सहिदमार्ग अवलोकन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘रोल्पाको कार्यक्रम सकेर प्रधानमन्त्री रुकुम जानुहुन्छ, त्यहाँ चुनवाङमा गुरिल्ला ट्ेरल उद्घाटन गर्ने कार्यक्रम छ, पर्सि दाङमा पार्टीको प्रशिक्षण र बैठक सकेर काठमाडौं फर्कनुहुन्छ,’ शुक्रबार उनले भनिन् ।

    यस्ता दर्जनौं कार्यक्रमहरूमा प्रधानमन्त्रीको अधिकांश समय बितिरहेको छ, तर संविधान कार्यान्वयनका लागि आवश्यक निर्वाचनका लागि क्षेत्र निर्धारण आयोग, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन हालसम्म संसदमा आएका छैनन् । ती ऐनहरूको हालसम्म मस्यौदासमेत तयार हुन नसकेको गृह मन्त्रालय
    स्रोतले बतायो ।

    प्रधानमन्त्री बन्दा सुरुमा उद्घाटन र रिबन काट्न नलाग्ने वाचा गरेका दाहाल मुख्य प्राथमिकताहरू पन्छाउँदै रिबन काट्न सक्रिय रहेको टिप्पणी हुन थालेको छ । प्रमुख प्रतिपक्षी एमालेले सीमांकन हेरफेरलगायत संशोधन प्रस्ताव मान्य नहुने भन्दै संसद अवरोध गरेको तीन साता नाघिसक्दा हालसम्म ठोस कुराकानी उनले गर्न सकेका छैनन् । बरु काठमाडौं बाहिरका कार्यक्रमहरूमा सहभागी भएर उनले एमालेलाई गाली गर्ने काम मात्रै गर्दै आएका छन् । सत्ता–प्रतिपक्षी दलका दोस्रो तहका नेताहरूले संवादलाई अनौपचारिक तहमा गति दिए पनि दाहालका साथै कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू इच्छुक नदेखिँदा संवाद अघि बढ्न सकेको छैन ।

    माओवादी केन्द्रको पछिल्लो पोलिटब्युरो बैठकले संगठन निर्माण, बिस्तारमा सक्रिय हुने, त्यस क्रममा सबै प्रदेशका प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल सहभागी हुने निर्णय लिएको थियो । सरकारका अन्य मन्त्रीहरू पनि आफ्नो प्रदेशको कार्यक्रमहरूमा सहभागी भइरहेका छन् ।

    ‘हिजोमात्रै तीन नेता बस्नुभएको हो, अब ११ गते सभामुखले बैठक बोलाउनुभएको छ, त्यहाँ पनि कुराकानी भइहाल्छ,’ दाहाल निकट माओवादी केन्द्र हेडक्वार्टर नेता वर्षमान पुनले कान्तिपुरसँग भने, ‘एमालेसँग अनौपचारिक कुराकानी त चलिरहेकै छ । संवादै नभएको भन्ने कुरा सही होइन ।’

    प्रवक्ता भुसालले पनि यसबीच अन्तरपार्टी कुराकानी चलिरहेको भन्दै पार्टीका आन्तरिक कार्यक्रम सकिने चरणमा रहेकाले अब प्रधानमन्त्री काठमाडौं बस्ने बताइन् । ‘जिल्लातिर गए पनि प्रधानमन्त्री बेलुका त काठमाडौं आइराख्नुभएकै छ,’ उनले भनिन्, ‘राष्ट्रिय महत्त्वका कार्यक्रम पन्छाउन मिल्दैन, त्यसैका लागि जिल्ला जाने क्रम बढेको हो । अब काठमाडौं बस्नुहुन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.