नरेन्द्रको स्थितीबारे बेखबर छौं : आफन्त
पुस ६, २०७३- स्कुले विद्यार्थी छँदै घरबाट बेपत्ता बनेर ३० बर्षपछि सम्पर्कमा आएका बैतडी, हटैराज–२ का नरेन्द्रबहादुर चन्दलाई पाकिस्तानी सुरक्षा निकायले बसोबास गर्दै आएको पाकिस्तानको बलुचिस्तानबाटै पक्राउ गरेको छ ।
पाकिस्तान–अफगानिस्तानको युद्धरत क्षेत्र बलुचिस्तानको चमनमा आफू रहेको र जेजसरी भएपनि घर फर्कन चाहेको भन्दै चन्दले दुइ महिनाअघि फेसबुक आइडी खोलेर जानकारी गराएपछि उनका बारेमा सोधीखोजी सुरु भएको थियो ।
‘चन्दले घर फर्कने इच्छा जनाएपछि बैतडी गाउँमा रहेका आफन्तसँग सम्पर्क भैसकेको र काठमाडौंमा परराष्ट्र मन्त्रालयमार्फत नाता प्रमाणितको कागजात पठाएर चन्दको उद्धार–घरफिर्ती समन्वय सुरु भैसकेको अवस्था थियो,’चन्दका एकजना नातेदारले बैतडीबाट भने । तर, बलुचिस्तानमा रहेका नरेन्द्रबहादुरका परिवारका अनुसार झण्डै २५ दिनअघि उनलाई घरभित्रै पाकिस्तानी प्रहरी प्रशासनले पक्राउ गर्दै अज्ञात स्थलमा जेलचलान गरेको हो ।
घरबाट भागेर भारतको पिथौरागढ, झुलाघाटमा होटलमा भााडा माझ्ने काम गरिरहेका बेला एक पाकिस्तानी मुलका ब्यापारीले आफूलाई फकाएर लगेको र बागा बोर्डर हुादै ३० बर्षअघि लाहोर/करााची पुगेको बयान नरेन्द्रले मिडियामा दिएका थिए । पाकिस्तानको क्वेटामा छादा अफगानी मुलकी एक शरणार्थी युवतीसँग बिहा गरेर हाल दुई छोराछोरीका बाबु बनिसकेका नरेन्द्रले पाकिस्तानी मालिककै दवावमा आफूले नाम/धर्म फेरेर ‘महमद अयुब खान’ बनेको बयान सुनाएका थिए ।
नरेन्द्रको घरफिर्ती इच्छाबारे जानकारी आएपछि सुदुर पश्चिमका राजनीतिक नेताहरु शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टसहितले आफ्नो क्षेत्रका यी सर्वसाधारणबारे सरोकार राखेका थिए । ‘हामीले इश्लामाबादस्थित नेपाली दुतावासलाई पनि नरेन्द्रको पछिल्लो बेपत्ता स्थितीबारे अवगत गराएका छौं,’ क्वेटास्थित बोलान मेडिकल कलेजमा अध्यनरत नेपाली विद्यार्थीले कान्तिपुरसँग भने—‘तर, दूतावासले नरेन्द्रको स्थिती पहिचान गर्न नसकेको जनाएको छ ।’
ekantipur




















