×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

  •  
  • बुधबार, पुष ०६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा, पुस ६ गते । सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

    बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको वडा नं. ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखानाको निर्माणसंगै उक्त परिसरमा जङ्गली जनावर उद्धार केन्द्र निर्माण गरिएको हो ।

    स्थानीय युनाइटेड क्लबको पहल एवम् स्थानीयवासीको सक्रियतामा यहाँको एक सय ३४ हेक्टर क्षेत्रको चिडियाखाना भित्र करिव रु २५ लाखको लागतमा उद्धार केन्द्र निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिनुभयो ।

    पर्यटकीय सहर पोखराका साथै प्रदेश नं ४ मा रहेको यो चिडियाखानालाई विश्वकै नमुना चिडियाखानका रुपमा विकास गर्ने सोचका साथ स्थानीयबासी तथा सम्बद्ध लागिपरेका छन् ।

    क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको जानकारी दिँदै बख्रेलले भन्नुभयो, “चिडियाखाना निर्माणको वर्तमान चरणसम्म आइपुग्दा धेरै दुःख, कष्ट तथा चुनौतीको सामना गर्नुपरेको छ, स्थानीय स्तरमा बढेको यो जागरुकतालाई सरकार एवम् सम्बद्ध निकायको सहयोग अपरिहार्य छ ।”

    चिडियाखाना अवलोकनका लागि जालीको डोम निर्माण गरिने र जनावर, पक्षी खुल्ला छाडिने योजना छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पंक्षी तथा जनावर कक्ष बनाउने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

    सामुदायिक वनमा भएका जनवार संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रदर्शनी कक्षसमेत निर्माण गरिनेछ । वन्यजन्तुको उद्धार, स्वास्थ्य र संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिएको जानकारी दिँदै संयोजक बख्रेलले केही दिन भित्र नै उद्धार केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न हुने बताउनुभयो ।

    देशकै पहिलो खोरमुक्त आधुनिक चिडियाखानामा बाल उद्यान, बल्छी हान्ने पोखरी, डुङ्गा शयरका लागि ताल, जङ्गल सफारीलगायत अतिरिक्त क्रियाकलापलाई समेटिनेछ । चिडियाखाना निर्माणसँगै हिमाली दृश्यावलोकनसहित तालको अवलोकनमा रमाउने पर्यटकलाई वन्यजन्तु एवम् चराचुरुङ्गीले आकर्षित गर्नेछन् ।

    स्थानीय समाजसेवी एवम् बेगनास रुपाताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालका अनुसार चिडियाखाना एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइने उहाँले जानकारी गराउनुभयो ।

    निर्माणाधीन चिडियाखानाको पूर्वी भाग रुपातालसँग जोडिएको बताउँदै ढकालले यसको निर्माणसँगै रुपाताल पनि संरक्षण हुने धारणा राख्नुभयो । पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैया क्षेत्रमा निर्माण गर्न लागिएको चिडियाखाना यहाँको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने विश्वास लिइएको स्थानीयवासी बताउँछन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.