हरी कार्की लक्की/चितवन
पौष २ गते । धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनको लागि चितवनमा शुक्रबार देखी साइकल यात्रा शुरु भएको छ । 
यात्रामा सहभागीहरुलाइ प्रोत्साहन गर्ने उद्वेश्यले चितवनमा रहेको लक्की मिडिया हाउसले भरतपुरमा एक कार्यक्रम बिच सहभागीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जना साइकल यात्रीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । विश्व साइकल यात्री पुस्कर शाहको समेत सहभागीता रहेको ‘साइकल चलाऔँ, वातावरण जोगाऔँ, स्वास्थ्य बनौँ’ भन्ने नाराका साथ शुरु भएको यात्राले मकवानपुर, चितवन र नवलपरासीको बिभिन्न भागमा पुग्ने कार्यक्रम सयोजक राहुल कुमार सिहले बताउनुभयो ।
यात्राको उद्देश्य मकवानपुर ,चितवन र नवलपरासीका युवा तथा उद्योग व्यवसायीहरुबीच भाइचारा सम्बन्ध कायम समेत गरीने विश्वास गरीएको छ । साइकल यात्रा कार्यक्रम पुस ३ गतेसम्म चल्ने छ ।
साइकल यात्रीहरुलाई स्वागत तथा सम्मान
साइकल यात्रीहरुलाई स्वागत तथा सम्मान
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


