मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको निधनपछि पार्थिक शरिरलाई बौद्धस्थित मुस्ताङ गुम्बामा राखिँदै । तस्बिर : रासस
काठमाडौँ, पुस १ गते । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।
दुईवर्षदेखि उहाँ उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उहाँका नातेदार राजु विष्टले जानकारी दिनुभयो ।
रासस




















