×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शिक्षा नियमावली विवाद कायमै

  •  
  • बुधबार, मङि्सर २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मङ्सिर २९ गते ।  राज्यलाई थप २७ अर्ब रुपियाँ अतिरिक्त भार बढ्ने भएपछि अर्थ मन्त्रालयले शिक्षा नियमावलीलाई सहमति दिन नसक्ने स्पष्ट गरेको छ ।  अर्थले सहमति नदिने भनेकै कारण शिक्षा नियमावली लागू गर्ने विषय अप्ठेरोमा पर्न गएको छ ।  राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणीकरण भएको पाँच महिना
    बितिसकेको छ ।
    शिक्षा पत्रकार सञ्जाल (इजोन) ले मङ्गलबार आयोजना गरेको अन्तक्र्रियामा शिक्षामन्त्री धनीराम पौडेलले थप २७ अर्ब रुपियाँ व्ययभार बढ्ने भन्दै अर्थ मन्त्रालयका तर्फबाट सहमति दिन ढिलाइ भइरहेको गुनासो गर्नुभयो ।   उहाँले भन्नुभयो, “अर्थले त्यतिका रकम दिन सकिँदैन भनेको छ ।  ऐन कार्यान्वयन गर्न बजेट आवश्यक छ, त्यसका लागि त्यति रकम चाहिन्छ भनेर अर्थमन्त्रीसँग छलफल भइरहेको छ । ”
    चालु आर्थिक वर्षका लागि पनि शिक्षा मन्त्रालयले एक खर्ब १८ अर्ब रुपियाँ माग गरेकोमा अर्थ मन्त्रालयले एक खर्ब तीन अर्ब रुपियाँमात्र उपलब्ध गराएको भन्दै शिक्षामन्त्री पौडेलले थप्नुभयो, “ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न थप बजेट चाहिन्छ, होइन भने ऐन कार्यान्वयन हुनसक्दैन । ”
    उहाँले अर्थबाट नियमावलीको मस्यौदामा सहमति प्राप्त गरेकै दिन कानुन मन्त्रालयमा पठाइने र कानुनबाट मन्त्रिपरिषद्मा पठाउन आफूहरू निकै हतारमा रहेको बताउनुभयो ।
    व्यवस्थापिका–संसद्अन्तर्गत महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले ऐन आएको छ, महिना बित्न लाग्दा पनि नियमावली जारी हुन नसक्नु निकै दुःखद् रहेको बताउँदै भन्नुभयो, “नियमावली जारी गर्न ढिला भइसकेको छ ।  ढिला हुनुमा भित्रभित्रै कुनै खेल भइरहेको छ कि भन्ने शङ्का उब्जिँदैछ । ”
    शिक्षा मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पठाएको शिक्षा नियमावलीको मस्यौदामा सरोकारवालाहरूले अझै पनि चित्त बुझाएका छैनन् ।  उनीहरूले आफ्ना माग नियमावलीमा नपरेको भन्दै सच्याएर पुनः अर्थमा पठाउन भन्दै आएका छन् ।
    हालको शिक्षा ऐन छोटो अवधिका लागि मात्र भएकाले शिक्षा नियमावलीप्रति विरोध गर्नु जायज नहुने बताउँदै समितिका सभापति झाले संविधान कार्यान्वयनपछि नयाँ बन्ने ऐनअनुरूप नियमावली बनाउनु उपयुक्त हुने तर्क गर्नुभयो ।
    शिक्षामन्त्री पौडेलले सरोकारवालाहरूको आ–आफ्नो स्वार्थअनुरूप माग रहेको उल्लेख गर्दै नियमावलीमा आफ्नो स्वार्थ पूरा हुन सकेन भनेर विवाद गर्नुभन्दा स्वीकृतिका लागि दबाब दिनु उपयुक्त हुने बताउनुभयो ।
    कार्यक्रममा उच्च माध्यमिक विद्यालय सङ्घका अध्यक्ष रमेश सिलवालले सङ्क्रमणकालमा विवादित नियमावली कार्यान्वयन गर्नु ठीक नभएको बताउँदै नियमावलीको १३६ पृष्ठको मस्यौदामा निजी शिक्षण संस्थाबारे चार पृष्ठमात्र उल्लेख गरिनु आपत्तिजनक रहेको बताउनुभयो ।
    नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवरले ऐनसँग बाझिने गरी नियमावली बनेको बताउँदै प्रस्तावित नियमावली लागू गरिए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।  अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले समयमा नियमावली जारी हुन नसके सङ्कट आउने तर्क गर्नुभयो भने राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष कर्णबहादुर शाहीले वर्तमान नियमावली लागू भए आफूहरूले विद्यालयको साँचो सरकारलाई बुझाउने चेतावनी दिनुभयो ।
    कार्यक्रममा प्याब्सनका सदस्य गोपाल आचार्यले निजी शिक्षण संस्थाका माग नियमावलीमा नसमेटिएको गुनासो गर्नुभयो भने नेपाल शैक्षिक परामर्श सङ्घका पूर्वअध्यक्ष राजेन्द्र बरालले सरोकारवालाको सुझावबेगर बनाइएको नियमावली स्वीकार्न नसकिने बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.