×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अग्ला भवन भत्काउने मेसिन खरिद अझै अन्योलमा

  •  
  • बुधबार, मङि्सर २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव
    काठमाडौँ, मङ्सिर २९ गते ।  भूकम्पबाट क्षतिग्रस्त तथा कानुनविपरीत निर्मित अग्ला भवन भत्काउन ठूला उपकरणहरू किन्ने भनिए पनि भूकम्प गएकोे बीस महिना पुग्दासम्म किनिएको छैन ।
    भूकम्पीय जोखिमयुक्त मुलुकहरूमा नेपाल अति जोखिमयुक्त क्षेत्र रहे पनि सरकारले अझै अढाइ तल्लाभन्दा माथिको भूकम्पबाट क्षतिग्रस्त संरचना भत्काउने मेसिन खरिद गर्न सकेको छैन ।
    २०७२ वैशाखमा ठूलो जनधनको क्षति हुने गरी भूकम्प गएपछि क्षतिग्रस्त भवन भत्काउन ठूला उपकरणहरू खरिद गरिने भनिए पनि अहिले सरकारी काम भूकम्पको क्षति र त्यसले सिर्जना गरेको चुनौती बिर्सेजस्तै गरी भइरहेको कुरा यही एउटा कामले पनि पुष्टि गर्छ ।
    आधुनिक उपकरणको अभावमा भूकम्पबाट क्षतिग्रस्त जोखिमयुक्त घरहरू भत्काउने कार्य अवरोध भएपछि सरकारले नयाँ उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।  सडक विभागबाट खरिद गर्न खोजिएका ती मेसिनमध्ये मझौला खालका केही मेसिन आए पनि ठूला भवन भत्काउने मेसिन अझै किनिएको छैन ।
    सडक विभागका उपमहानिर्देशक हरिराम आचार्यले अग्ला भवन भत्काउन मेसिन खरिदका लागि अर्थ मन्त्रालयबाट करिब ५५ करोड रुपियाँ बराबरको आशयपत्र प्राप्त भई खरिदका लागि टेण्डर आह्वान गरिए पनि अनुमानित लागतभन्दा करिब पचास प्रतिशत बढी महँगो पर्ने भएकाले ठूला मेसिन खरिद गर्न नसकिएको बताउनुभयो ।
    उपमहानिर्देशक आचार्यका अनुसार, त्यसबेला ठूला मेसिन खरिद गर्न रक्षा मन्त्रालय, गृह मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसहितको दैवीप्रकोप उद्धार समितिको बैठकले अग्ला भवन भत्काउन ठूला मेसिन खरिद गर्न अर्थ मन्त्रालयसँग एक अर्ब दश करोड रुपियाँ माग गरेकोमा सो रकमको पचास प्रतिशत बराबरको मेसिन खरिद गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो ।
    अर्थ मन्त्रालयले मागअनुसारको रकम दिन नमानेपछि अढाई तलासम्मको घर भत्काउन मिल्ने ३३ करोड रुपियाँ बराबरको ६५ थान मेसिन खरिद गरिएको जानकारी उहाँले दिनुभयो ।
    उहाँका अनुसार, मोबाइल क्रेन (तीन थान), लो बेड ट्याक्टर टेलर (दुई थान), ह्विल लोडर (सात थान), मल्टिप्रपोज लोडिङ मेसिन(दुई थान) एक्साभेटर (सात थान), स्किड स्टियर लोडर (सात थान), ब्याक लोडर (दश थान), ट्रिपर ट्रक (२३ थान), पोर्टेबल एयर कम्प्रेसर (तीन थान) र हाइड्रोलिक सेल्फ सरफेस टप हम्मर ड्रिल (एक थान) खरिद गरिएको थियो ।
    खरिद गरिएका यी उपकरण अढाई तलासम्मको संरचना भत्काउन मात्र काम लाग्न सक्ने उहाँले बताउनुभयो ।  उहाँले खरिद गरिएका उपकरणहरू नेपालको भौतिक संरचनासँग अनुकूल हुने उपकरणहरू नै खरिद गरिएको जानकारी दिनुभयो ।
    अग्ला भवन भत्काउन खरिद गर्न भनिएका लङबुम एक्साभेटर (एक थान), ट्र्याक एक्साभेटर (सात थान), क्रेन माउन्टेन्ड ट्रक (पाँच थान), कन्क्रिट कटर (२० थान), रक ड्रिल÷जक हम्मर (२० थान) खरिद गर्न सकिएन ।
    कुन घर भत्काउन कति क्षमता र कुन प्रकृतिको उपकरण चाहिन्छ, त्यसको निक्र्योल गर्ने जनशक्ति नेपालमा नरहेको तथा भूकम्पको नयाँ अनुभव र छोटो अध्ययनको आधारमा उपकरणहरू खरिद गर्नुपरेको उपमहानिर्देशक आचार्यले बताउनुभयो ।
    भवन भत्काउने प्रयोजनका लागि नेपालमा पहिलो पटक नै ती उपकरणहरू खरिद गरिएको थियो ।  यसअघि घर भत्काउन प्रयोग गरिएका उपकरणहरू घर भत्काउने प्रयोजनका लागि नभई सडक निर्माणसँग सम्बन्धित थियो ।
    सम्बन्धित जनशक्ति, समय र अध्ययनको अभावमा नेट इन्टरनेटको सूचनाको आधारमा प्रत्यक्ष रूपमा नहेरीकनै त्यस्ता संवेदनशील उपकरणहरू खरिद गर्नुपरेको बताउँदै उहाँले नेपाल अतिभूकम्प जोखिमयुक्त क्षेत्र घोषणा भएको धेरै समय भए पनि भूकम्प क्षतिग्रस्त संरचना भत्काउनेसम्बन्धी जनशक्ति र उपकरण नहुनु दुःखद् रहेको बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.