×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रचण्डले केपी ओलीलाई भने- अब त रीस मर्‍यो कि ? बालुवाटारमा तीन शीर्ष नेतावीच प्याकेजमा छलफल हुँदै

  •  
  • मङ्गलबार, मङि्सर २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री प्रचण्डको आह्वानमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

    २८ मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई मंगलबार बिहान बालुवाटारमा बोलाएका छन् ।

    सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावपछि उत्पन्न राजनीतिक गत्यावरोध हल गर्नका लागि प्रधानमन्त्रीले केपी ओली र शेरबहादुर देउवालाई बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेतावीच प्याकेजमै छलफल हुने र अहिलेको राजनीतिक गत्यावरोधको समाधान खोज्ने प्रधानमन्त्रीको योजनाअनुरुप तीन शीर्ष नेताको बैठक बोलाइएको स्रोतले बतायो ।

    तीन नेताको भेटमा संविधान संशोधन प्रस्ताव, संसदको अवरोध खुलाउने विषय, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव र आगामी स्थानीय तहको चुनाव लगायतका विषयमा एकीकृत रुपमा छलफल हुने बताइएको छ ।

    दलका नेताहरुवीच एजेण्डामा मतभेद देखिए पनि भित्री रुपमा पावर सेयरिङको विषय बन्ने गरेकाले प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग पावर सेयरिङका विषयमा समेत खुलस्त कुरा गर्न चाहेको स्रोतले बतायो । स्रोतले भन्यो- ‘समस्याको समाधान खोज्नका लागि एमालेसँग प्याकेजमै कुरा हुन्छ ।’

    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग आइतबार छलफल गरेका थिए । सो छलफलमा स्थानीय निर्वाचनबारे कुराकानी भएको थियो । त्यसको भोलिपल्ट सोमबार प्रधानमन्त्री प्रचण्ड र देउवावीच आपसी छलफल भएपछि ओलीसहित तीन नेतावीच कुराकानी गर्ने कार्यक्रम तय भएको हो ।

    देउवा र प्रचण्डवीच सम्वाद भइसकेपछि सोमबार साँझ प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको थियो । सो सम्वादमा प्रचण्डले ‘अब त तपाईको रीस मर्‍यो कि ?’ भन्दै ‘आउनुहोस्, बालुवाटारमा बसेर छलफल गरौं र समस्याको समाधान खोजौं’ भन्दै केपी ओलीलाई बोलाएका हुन् ।

    प्रचण्डले बिहान साढे ९ बजे नै बालुवाटार बोलाए पनि ओली करिब डेढघटा पछिमात्रै पुगेका थिए । देउवा भने साढे ९ बजे नै बालुवाटार पुगेर ओलीलाई पर्खिइरहेका थिए । बाटोमा जाम भएकाले ओली ढीलो पुगेका हुन् ।

    अहिले प्रधानमन्त्री निवासमा तीन नेतावीच छलफल जारी छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.