×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चीन जोड्ने बाटो धमाधम बनिँदै

  •  
  • सोमबार, मङि्सर २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    राजु बास्कोटा

    काठमाडौं: उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्त्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी-रसुवागढी, सिमकोट-हिल्सा, जोमसोम-कोरला र खाँदबारी-किमाथाङ्का सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए ।

    उनका अनुसार गत वर्षको भारतीय नाकाबन्दीको पाठले नेपाललाई चीनसँग जोड्नैपर्ने बाध्यता बनाएको छ । राजनीतिक नेतृत्वले विगतको आवश्यकता र भोलिको सम्भावना नभुले चाँडै चीनसँग सडक सञ्जाल पुग्ने कार्कीले बताए । उनका अनुसार आगामी दुई वर्षभित्रै सडक पहुँच पुर्‌याउन विभागले आवश्यक योजनासहित काम गरिरहेको छ ।

    विभागले चीनसँग जोड्ने विभिन्न १३ वटा नाकामा सडक पुर्‌याउने तयारी गरिरहे पनि दुईवर्षे प्राथमिकतामा चारवटा सडकलाई राखेर काम भइरहेको विभागका आयोजना निर्देशक गोपालप्रसाद सिग्देलले बताए । उनका अनुसार विभागले चीनसँगको सञ्जाल विस्तार गर्न काम गरिरहेको सडकमध्ये पहिलो प्राथममिकतामा गल्छी-रसुवागढी सडक छ ।

    विभागका अनुसार ८५ किलोमिटरको यो सडकमध्ये १६ किलोमिटरमा नेपाली सेनाले ट्र्याक खोल्दैछ । १८ किलोमिटर सडक चीन सरकारले अनुदानमा बनाउने भएको छ भने बाँकी सडक सरकारकै बजेटबाट विभागले बनाउनेछ । यो सडकमा चिनियाँ पक्षले प्रतिबद्धता समयमै पूरा गरे अवस्थामा दुई वर्षभित्रै कालोपत्रे पनि हुनेछ । यो सडक मार्गले रसुवागढीबाट २५ किलोमिटर उत्तरको चिनियाँ नाका केरुङलाई जोडेपछि चीन र नेपालबीच आवागमन सहज हुनेछ ।

    विभागका अनुसार गल्छीदेखि मैलुङ हुँदै जाने रसुवागढी नाकाको सडकमा ४६ किलोमिटर मात्रै नेपाल सरकारले बनाउने हो । यसका लागि सरकारले चालू आर्थिक वर्ष २०७३÷७४ का लागि एक अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । यो सडक कालोपत्रे गर्न करिब तीन अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ ।

    चीनसँग जोडिने ९५ किलोमिटरको सिमकोट-हिल्सा सडकका लागि सडक विभागले ८० किलोमिटर ट्र्याक खोलिसकेको छ । बाँकी १५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । विभागले चीनसँग जोड्ने अन्य सडकलाई दुई लेनको भनेपछि हिल्सा नाका जोड्ने सडक भने इन्टर मिडियट लेबलको हुनेछ ।

    यो मार्गमा ४० किलोमिटर सडक बनाउन सडक विभागले ठेक्कासमेत दिइसकेको छ । चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन भएको यो सडक ग्राभेल गर्न करिब साढे एक अर्ब लाग्ने अनुमान छ । विभागका अनुसार रसुवागढीबाहेक तीनवटै सडक दुई वर्षभित्र ग्राभेलसम्म गरिनेछ ।

    चीनसँगको अर्को नाका जोमसोम-कोरला सडकको ११० किलोमिटरमै ट्र्याक खोलिसकिएको छ । कोरला नाका जोड्ने यो सडक निर्माण गर्न विभिन्न सात फेजमा काम भइरहेको विभागका आयोजना निर्देशक सिग्देलले बताए । उनका अनुसार यो सडक ग्राभेल गरेर सञ्चालनयोग्य बनाउन साढे दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो सडक निर्माण छिटो गर्न विभागले सातवटा प्याकेज बनाएर ठेक्का लगाइसकेको छ ।

    विभागका अनुसार खाँदबारी-किमाथाङ्का खण्डको १६२ किलोमिटरमध्ये ८५ किलोमिटरमा ट्र्याक खोलिसकिएको छ भने ७७ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । चीनसँग जोड्ने सडकमध्येको सबैभन्दा धेरै काम यही सडकमा बाँकी रहेकाले पनि विभागले तीन ठाउँबाट काम जारी राखेको जानकारी सिग्देलले दिए । उनका अनुसार चालू आर्थिक वर्षका लागि ४० करोड रुपैयाँ विनियोजन भएको यो सडक ग्राभेलसम्म बनाउन करिब पाँच अर्ब रुपैयाँ खर्च हुन्छ ।

    प्रतिकिमि कालोपत्रेसम्म गर्दा थप तीनदेखि साढे तीन करोड रुपैयाँसम्म खर्च हुने किमाथाङ्का नाकातर्फ जाने सडकको सय किलोमिटर दुई वर्षभित्रै ग्राभेल गर्ने गरी काम अगाडि बढिरहेको छ । प्रतिकिलोमिटर दुई करोड रुपैयाँ खर्च हुने यो सडक निर्माणका लागि हेलिकोप्टरमा स्काभेटर राखेर बीच भागमा पुर्‌याई काम थालिएको छ । बाटो निर्माण आगाडि बढे खर्चको समस्या नहुने प्रतिबद्धता सरकारबाट आएकाले पनि दुई वर्षभित्रमा ग्राभेलसम्मको सडकले चीन जोडिने जानकारी विभागले दिएको छ ।

    सडक विभागका अनुसार चीनसँग जोडिने अन्य १३ वटा नाकामध्ये तोतोपानी नाका भूकम्पपछि सञ्चालनमा आउन सकेको छैन । योबाहेक अन्य १२ वटा नाकाको अधिकांशको आधाभन्दा धेरै ट्र्याक खोलिसकिएको छ । विभागका अनुसार अन्य नाकाको काम गर्दै जाने भए पनि राष्ट्रिय महत्त्वका हिसाबले पहिलो प्राथमिकतामा किमाथाङ्का, कोरला, हिल्सा र रसुवागढी नाका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.