×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिटभित्रै प्रहरीलाई जलाउने प्रयास

  •  
  • सोमबार, मङि्सर २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुवास गोतामे

    काठमाडौं: हिरासतमा ट्याक्सी ड्राइभर राजकुमार लामाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले राजधानीको जोरपाटी नयाँबस्तीस्थित प्रहरी बिटमा एक हबल्दारसहित केही प्रहरीलाई जिउँदै जलाउने प्रयास गरेका छन् ।

    राजकुमारको मृत्युमा प्रहरीको दोष रहेको आरोप लगाउँदै तोडफोड र नाराबाजीमा उत्रिएको सयजनाभन्दा बढीको समूहले प्रहरी कार्यालय, भान्साकोठादेखि लिएर कम्पाउन्डबाहिर र भित्र रहेका चारवटा मोटरसाइकलमा आगो लगाइदिएको थियो । त्यस क्रममा उनीहरूले सातजना रहेको प्रहरी रहेकै अवस्थामा पेट्रोल छर्किएर बिटमा आगो लगाएका थिए । दोलखा चरीकोट घर भई जोरपाटी बस्दै आएका राजकुमारको शनिबार राति मृत्यु भएको थियो । उनी प्रहरी बिटअगाडि घाइते अवस्थामा भेटिएका थिए ।

    ‘प्रहरीकै अगाडि यति ठूलो घटना हुँदा के हेरेर बस्यो ? यो घटनामा प्रहरीको पनि संलग्नता छ, जनताको सुरक्षाका लागि राखिएको प्रहरीले के गर्न खोजेको ? ‘ भन्दै आक्रोशित समूहले चौकीभित्र प्रवेश गरी तोडफोड र आगो लगाएको प्रत्यक्षदर्शी स्थानीय लेखकुमारी पुडासैनीले बताइन् । असईको कमान्डमा सातजनाको दरबन्दी रहेको बिटमा सयजनाभन्दा बढीले तोडफोड गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

    ‘सर हामीलाई मार्न आँटे, के गरौं’ भन्दै फोन आएपछि महानगरीय प्रहरी परिसर टेकुका एसपी प्रद्युम्न कार्कीले हवाई फायर गर्न प्रहरी सेटमा निर्देशन दिएका थिए । घटनाले उग्र रूप लिएपछि थप मद्दतका लागि महानगरीय प्रहरी वृत्त बौद्ध, गौशाला, नगर प्रहरी र प्रहरी गणका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । प्रहरीले भीड तितरबितर गर्न ६ राउन्ड हवाई फायर गरेको थियो । आक्रोशित समूहको आक्रमणबाट सई सन्दीप नापितको नाकको डाँडी भाँचिएको छ । हबल्दार कृष्णहरि बजगाईंले आफूमाथि पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको बताए ।

    उनले भने, ‘अचानक सयौंको संख्यामा आएका स्थानीय बासिन्दाले आक्रमण गरेपछि हामीलाई ज्यान जोगाउनै कठिन भयो, म कोठाभित्र छिरें, उनीहरूले पेट्रोल छर्केर आगो लगाइदिएपछि झ्यालबाट निस्केर भागें, केही साथीले पछाडिको पर्खाल नाघेर ज्यान जोगाएछन् ।’

    महानगरीय प्रहरी परिसरका प्रवक्तासमेत रहेका एसपी प्रद्युम्न कार्कीले भने, ‘राजकुमारले घटनास्थलनजिकै ट्याक्सी दुर्घटना गराएपछि अर्को ट्याक्सीमा राखेर भट्टीसम्म ल्याइदिएको रहेछ, पछि आफन्तले नै उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । यो घटनामा अहिलेसम्म प्रहरी संलग्नता देखिँदैन ।’ प्रहरीले प्रहरी बिट तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

    मृतक राजकुमारका पत्नी र एक छोरा छन् । ‘बाबा दिनरातै ट्याक्सी चलाउनुहुन्थ्यो, शनिबार राति अबेरसम्म घर आउनुभएन, एक्कासि उहाँको मृत्यु भएको खबर आयो,’ महानगरीय प्रहरी वृत्त बौद्धमा भेटिएका राजकुमारका छोरा समीरले अन्नपूर्णसँग भने, ‘अब हामीलाई कसले पाल्छ ? ‘ समीर स्थानीय बुद्ध एकेडेमीमा कक्षा सातमा पढ्छन् । मृतककी पत्नी सानु लामा बौद्ध वृत्तमै प्रहरीसँग अलापविलाप गर्दै थिइन् ।

    शनिबार राति के भयो ?

    शनिबार राति राजकुमार र उनकी पत्नी सानु आफन्त उषा तामाङको डेरामा पुगेका थिए । ‘दिदी र भिनाजु सँगै आउनुभएको थियो । दिदीलाई खाना पकाउन डेरामा पठाएपछि भिनाजु एक्लै बाहिरिनुभयो । हामीले बच्चालाई खाना खुवाएपछि सुत्ने तरखर गरिरहेका बेला भिनाजु फेरि आउनुभयो,’ उषाले अन्नपूर्णसँग भनिन्, ‘खाना खाऊँ भन्दा उहाँले घरमै जान्छु भन्नुभयो ।

    कसैलाई फोन गर्नुभयो र बाहिरिनुभयो । एक्कासि राति १० बजेतिर सटरमा आवाज आएपछि खोलेर हेर्दा भिनाजुलाई ट्याक्सीमा राखिएको रहेछ ।’ उषाका अनुसार बाहिरबाट ‘हामी प्रहरी हौं’ भन्दै सटरमा आवाज दिएर बोलाएका थिए ।

    राजकुमारलाई उषाका पति टेककुमार तामाङले अस्पताल पुर्‌याएका थिए । ‘ट्याक्सीमै रहेका भिनाजुलाई सुरुमा बौद्धस्तूप अस्पताल पुर्‌याइयो । चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएपछि झिनो आशामा नेपाल मेडिकल कलेज अत्तरखेल पुर्‌यायौं तर अस्पताल ल्याउनुअगाडि नै मृत्यु भइसकेको त्यहाँका चिकित्सकले बताए,’ उषाले भनिन् ।

    उषाका अनुसार राजकुमारको टाउकोको बीच भाग र मुखबाट रगत आइरहेको थियो । ‘भट्टीकी दिदीले भिनाजु धारामा चिप्लिएर लडेको भन्नुभयो तर उहाँलाई अस्पताल लैजान ट्याक्सीमा राखेपछि मात्रै हामीलाई जानकारी दिएकाले शंका लाग्यो,’ उषाले भनिन् । राजकुमारका भिनाजु नाता पर्ने विक्रम लामाले घटनाभित्र रहस्य लुकेको दाबी गरे । उनले भने, ‘म पनि टिचिङ पुगेको थिएँ । राजकुमारको शव पानीले भिजेको थियो, रगताम्य थियो, यो हत्या नै हो । प्रहरीले छानबिन गर्नुपर्छ ।’

    छानबिनका लागि प्रहरी टोली

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी प्रतापसिंह थापाले घटना छानबिन गर्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा समिति बनाएका छन् । एआईजी थापाले घटनामा स्थानीय प्रहरीको कमजोरी हुन सक्ने आशंका गर्दै छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताए ।

    ‘प्रहरी बिटअगाडि राति १० बजेसम्म भट्टी किन सञ्चालन गर्न दिइयो ? ट्याक्सी दुर्घटना गराएर चालक राजकुमार भट्टीमा आएर झगडा गर्दा किन अर्को पक्षलाई पक्राउ गरिएन ? सुरक्षाका लागि बसेका प्रहरीमाथि किन र कसरी अविश्वास पैदा भयो ? यी सबालका विषयमा अनुसन्धान हुन्छ,’ उनले अन्नपूर्णसँग भने ।

    उनले सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि पनि कारबाही गर्ने बताए । महानगरीय प्रहरीले आइतबारै प्रहरी बिट नयाँबस्तीका सातैजना सुरक्षाकर्मीलाई फिर्ता बोलाएर नयाँ सुरक्षाकर्मी खटाएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.