– , तेह्रथुम
मंसिर २६, २०७३- तेह्रथुमको म्याङलुङ–१ गढीभिरमा केहीबेर अघि यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् ।
धरानबाट तेह्रथुमको औंशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस गढीभिरको सडकबाट करिब १ सय मिटर तल खसेको घटनास्थलबाट जिल्ला ट्राफिक प्रमुख भिम कटुवालले जानकारी दिए ।
एक महिला, एक पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घाइतेको नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
ekantipur




















