×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अनि बाटो मोडियो

  •  
  • शनिबार, मङि्सर २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    नविन अर्याल

    रिग्जिन चौधरी ग्रुपसमेतको लगानी रहेको ललितपुरको कुपण्डोलस्थित समिट होटलमा नौमहिने व्यावहारिक प्रशिक्षण सकेर चौधरीको परिकल्पना साकार पार्ने दिशामा अगाडि बढिरहेका छन् ।

    ‘तिमी मसँगै काठमाडौं जान्छौ ? जान सक्छौ भने तिम्रा लागि मसँग एउटा प्लान छ ।’

    ‘नेपालका एकमात्र डलर अर्बपतिबाट यस्तो प्रस्ताव आउला भन्ने मैले चिताएको थिइनँ । उहाँ यही गाउँमा आएको खबर भएको सुनेर दौडिँदै भेट्न गएको थिएँ, उहाँको आत्मवृत्तान्त हातमा बोकेर’ डोल्पाको फोक्सुण्डो निवासी २१ वर्षीय युवा रिग्जिन वांगेलले भने, ‘भेट्नासाथ उहाँले मलाई आत्मीयता दर्शाउनुभयो । अनि काठमाडौं गएर होटल व्यवस्थापन तालिम लिने सबै व्यवस्था मिलाइदिने बताउनुभयो ।’

    नेपालका चर्चित व्यवसायी विनोद चौधरीसहितको समूह ट्रेकिङका लागि डोल्पाको फोक्सुण्डो आइपुगेको खबर गाउँभरि फैलिएको थियो । यो खबर थाहा पाउनासाथ रिग्जिन चौधरीलाई भेट्न क्याम्पमै पुगेका थिए । चौधरीको साथमा थिए, फोब्र्सका सीईओ माइक पर्लिस दम्पती, पूर्वप्रधानसेनापति रुकमांगद कटवाल र अरू केही वरिष्ठ व्यक्ति ।

    ‘मैले उहाँको आत्मकथा पढेको थिएँ’, रिग्जिनले उक्त क्षण सम्झिँदै भने, ‘विनोद सरलाई मैले पुस्तकका पानामा मात्र भेट्न सक्छुजस्तो लाग्थ्यो । तर, आफ्नै गाउँमा आएको थाहा पाएपछि भेट्नका लागि क्याम्पमै दौडेर पुगेको हुँ ।’

    अप्रत्याशित प्रस्तावको जवाफ थिएन, रिग्जिनसँग । तर, देशको एकमात्र डलर अर्बपति, आफ्नो रोलमोडल र मुस्किलले भेट्न सकिने व्यक्तिले ‘मसँगै जान्छौ’ भन्दा सुरुमा सपनामा भएजस्तै लाग्यो । घरमा सरसल्लाह गरेर उनले जवाफ दिए, जान्छु नि किन नजाने, हजुरसँग जान पाएपछि ?

    एउटा सफल ‘बिजनेसम्यान’ले होटल व्यवस्थापनसम्बन्धी तालिम लिनका लागि गरेको आग्रह भविष्य निर्माणका लागि विकल्प खोज्दै गरेको युवकले नमान्ने कुरै थिएन । ‘होटलसम्बन्धी तालिम लिन काठमाडौं आउन आग्रह गर्नुभएको हो’, रिग्जिन भन्छन्, ‘पछि डोल्पा फर्केर स्थानीयवासीलाई मैले नै तालिम दिनुपर्छ ।’

    २०७२ कात्तिक महिनामा रारादेखि फोक्सुण्डोसम्मको यात्राका क्रममा त्यहाँको मनमोहक वातावरणबाट लोभिएका चौधरीले उक्त स्थानको पर्यटकीय विकासमा टेवा पुर्‌याउने अठोट गरे । उक्त क्षेत्रमा सञ्चालित केही होटल तथा लजलाई पर्यावरणमैत्री रूपमा सञ्चालनका लागि स्तरवृद्धि गर्र्न सहयोग पुर्‌याउने सोच बनाइसकेका रहेछन् । उनी भ्रमणका क्रममा प्रभावित भएर अरू ठाउँमा पनि यसैगरी सामाजिक लगानीको योजना बनाउँछन् अचेल ।

    ‘जुफाल एअरपोर्टदेखि फोक्सुण्डो तालसम्मको ट्रेकिङका क्रममा त्यहाँको प्राकृतिक सुन्दरताले मलाई निकै लोभ्याएको छ । यो क्षेत्र अन्नपूर्ण ट्रेकिङ रुटभन्दा कम सुन्दर छैन’, दुवै क्षेत्रमा ट्रेकिङ गरिसकेका चौधरीले भने, ‘यस क्षेत्रका होटल÷लजहरूको सेवामा सुधार गर्न सके पर्यटकको अर्को केन्द्र यो ट्रेकिङ रुट बन्नसक्छ ।’

    त्यसका लागि नेपाल सोसल बिजनेसमार्फत स्थानीय व्यवसायीलाई वित्तीय र प्रविधिमा सपोर्ट गर्ने निर्णय गरेको चौधरीले सुनाए । ‘रिग्जिनलाई मैले दिन खोजेको जिम्मेवारी पनि यही हो, जसका कारण एउटा लुकेर बसेको पर्यटकीय क्षेत्रले विश्वभरका पदयात्रीको ध्यान तानोस्’, उनले भने ।

    विकासलाई दिगो बनाउन स्थानीयवासीको सहभागिता अत्यन्तै जरुरी हुन्छ । चौधरीले स्थानीयवासीलाई नै अवसर दिने सोचका साथ रिग्जिनलाई यस्तो प्रस्ताव गरेका हुन् । अहिले रिग्जिन चौधरी ग्रुपसमेतको लगानी रहेको ललितपुरको कुपण्डोलस्थित समिट होटलमा नौमहिने व्यावहारिक प्रशिक्षण सकेर चौधरीको परिकल्पना साकार पार्ने दिशामा अगाडि बढिरहेका छन् ।

    नेपालमा सोसियल बिजनेसको प्रवद्र्धन गर्दै आइरहेको संस्था ‘नेपाल सोसल बिजनेस’अन्तर्गत रहने डोल्पो परियोजनाका लागि उनी अहिले स्थानीय संयोजकका रूपमा कार्यरत छन् । यसअन्र्तगत यस ट्रेकिङ रुटका ६ वटा लजको स्तरोन्नति गरी पर्यटकीय स्तरमा पुर्‌याइनेछ । डोल्पामा तालिम, मेन्टरिङ र विज्ञ परामर्श सँगसँगै लगानी पनि गर्ने सोचका साथ यही मंसिरदेखि नै पहिलो चरणको तालिम सुरु गरिने भएको छ । रिग्जिनले नै अब डोल्पा पुगेर तालिमका लागि छनोट हुने होटल तथा लजमा कार्यरत कर्मचारीलाई तालिम दिनेछन् ।

    पुख्र्यौली पेसा नै होटल व्यवसाय भए पनि रिग्जिन कहिल्यै त्यसतर्फ आकर्षित भएनन् । उनका बाबुआमाले उनी जन्मिनुअघिदेखि हालसम्म पनि फोक्सुण्डोमा होटल व्यवसाय गर्दै आएका छन् । ‘स्थानीय रूपमा सञ्चालन भएका होटलहरू व्यावसायिक रुपमा सञ्चालन नभएको देखेर होला, होटल व्यवसायतिर म कहिल्यै आकर्षित भइनँ’, उनी भन्छन्, ‘काठमाडौं गएर व्यावसायिक होटल तालिम लिने र पछि स्थानीयवासीलाई सिकाउने भएपछि तयार भएको हुँ ।’

    सरकारी विद्यालयबाट एसएलसी पास गरी छात्रवृत्तिमा दस जोड दुईको अध्ययन पूरा गरेका उनलाई चार्टर्ड एकाउन्टेन्सी पढ्न मन थियो । तर, आर्थिक अभावका कारण वञ्चित हुनु परेको तीतो अनुभव मनमा ताजै छ । आर्थिक अभावका कारण आफ्नो जीवनको लक्ष्य पूरा गर्न नपाएपछि पुनः गाउँ फर्किएर होटलमा बाबुआमालाई सघाउँदै बसिरहेका बेलामा रिग्जिनको भेट चौधरीसँग संयोगवश भएको हो ।

    ‘संयोगले भएको भेट र अनपेक्षित प्रस्तावले मेरा पाइला मोडिए’, उनी भन्छन्, ‘डोल्पाको सुन्दरता जोगाउँदै पर्यावरणमैत्री रूपमा व्यावसायिक ढंगले लज सञ्चालन गर्ने र स्थानीयवासीलाई रोजगारीका अवसर प्रदान गरी आत्मनिर्भर बनाउने उहाँको (चौधरीको) योजना साकार बनाउन सक्रिय भएर लाग्नेछु ।’

    आफ्नो क्षेत्रका लागि यति योगदान गर्न सके चार्टर एकाउन्टेसी पढ्न नपाएको अधुरो चाहना पूरा भएसरह हुने रिग्जिनको भनाइ छ ।

    डोल्पा जिल्ला प्रकृतिले दिएको वरदान हो । यो ठाउँ ट्रेकिङका लागि जाने पर्यटकलाई विश्वकै उत्कृष्ट हुनसक्छ । तर पनि खानबस्नका लागि ठाउँठाउँमा लजहरू नहुनु, भएका लज पनि स्तरीय नहुनु, सरसफाइ तथा पर्यटकको सुरक्षामा ध्यान नदिनु लगायतका कारणले यो ठाउँ पछाडि परेको हो । त्यहाँको होटल व्यवसाय निर्वाहमुखी रूपमा सञ्चालन हुँदै आएको छ ।

    जटिल भूबनोट, सडकमार्गको अभाव र हवाईमार्गको सीमितता डोल्पाको पर्यटकीय विकासका चुनौती हुन् । यस्तै समस्याका कारण डोल्पा जिल्ला अमूल्य प्राकृतिक सम्पदाले भरिपूर्ण भएर पनि बत्तीमुनिको अँध्यारो अवस्थामा छ । अर्बपति चौधरीको अभियानबाट डोल्पाको पर्यटनले गति लिनसक्ने अपेक्षा गरिएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.