×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रचण्डले भने-मधेसी मोर्चासँग सहमति भयो, संशोधन पास फेल जे भएपनि चुनावमा जान्छ

  •  
  • मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    १४ मंसिर, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयकमा मधेसी मोर्चाले सहमति जनाएको दाबी गरेका छन् । साथै अब छिट्टै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर संविधान संशोधन विधेयक दर्ता गर्ने जानकारी दिएका छन् ।

    मंगलबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुसँग कुराकानी भएको जानकारी दिए । उनले भने, ‘मेरो सबैसँग कुराकानी भएको छ । उनीहरुले संविधान संशोधनमा आलोचनात्मक समर्थन गर्ने र पास-फेल जे भएपनि चुनावमा जाने प्रतिवद्धता जनाएका छन् ।’

    माओवादीमा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मधेसी मोर्चाले स्वीकार नगर्ने भए संशोधन प्रक्रिया अघि बढाउन नहुने अडान लिएका थिए । र, पछिल्लो दिनमा प्रचण्ड स्वयंमले पनि मधेसी मोर्चाले नै समर्थन नगरे संशोधन किन दर्ता गर्ने भनेका थिए ।

    तर, सोमबार मात्र बसेको मधेसी मोर्चा र संघीय गठवन्धनको बैठकले विधेयकको मस्यौदाबारे जानकारी नभएको भन्दै दर्ता गर्नु अघि नै समर्थन गर्ने प्रतिवद्धता जनाउन नसकिने बताएको थियो ।

    माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने मधेसी मोर्चासँग सहमति भएको दाबी गरे ।

    उनका अनुसार एमाले पनि सकारात्मक देखिएको छ । एमाले नेतृत्वसँग आफ्नो कुराकानी भएको भन्दै उनले भने, ‘एमाले नेताहरुले समर्थनत गर्न सक्दैनौं । तर, संशोधन दर्ता गर्नुस् भनेका छन् ।’

    एमालेको समर्थनमै संविधान र्सशोधन विधेयक पास हुने सम्भावना रहेको प्रचण्डले बैठकमा सुनाए ।

    राष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको छलफलमा पनि संविधान कार्यान्वयनका लागि संशोधन जरुरी भएको निष्कर्षमा दलका नेताहरु पुगेको उनको भनाइ थियो । उनले भने, ‘संविधान संशोधन पछि सरकार निर्वाचनको तयारीमा जुट्छ ।’

    बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री ज्यूले जानकारी गराउनु भयो । पहिचान, सीमांकन, भाषा, नागरिकता लगायतका विषयमा संशोधन प्रस्तावबारे जानकारी गराउनु भयो । शीर्ष तहमा छलफल गरेर छिट्टै निष्कर्षमा पुग्ने कुरा छ ।’

    उनका अनुसार अंगीकृत नागरिकलाई मुख्यमन्त्री पदसमेत नपाउने गरी संविधान संशोधन हुनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.