×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घुम्नलाई खर्चसहित सात दिन बिदा दिइने !

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रवीन्द्र शाही

    सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले घुम्नका लागि ७ दिने बिदा पाउने भएका छन्।
    २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको सरकारले ल्याउन लागेको निर्देशिकामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रत्येक कर्मचारीलाई खर्चसहित घुम्नका लागि बिदा दिनुपर्ने व्यवस्था गरिएको छ।
    घुमफिर वर्षको लागि गठन भएको सचिवालय कार्यविधिको अभावमा अहिले कामबिहीनजस्तै छ। सचिवालय कामबिहीन हुँदा आन्तरिक घुमफिर वर्ष २०७३ घोषणा भएको ८ महिनापछि निर्देशिका अन्तिम चरणमा पुगेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
    पर्यटन मन्त्रालयले सो सम्बन्धी निर्देशिका तयार पारेर पहिला अर्थ मन्त्रालयमा पठाएको थियो। त्यहाँबाट स्वीकृत भइसकेपछि अहिले मन्त्रिपरिषदमा पठाइएको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
    ‘हामीले घुमफिर वर्षको लागि निर्देशिका निर्माण गरेर अर्थबाट सैद्धान्तिक सहमति  समेत प्राप्त गरी क्याविनेटमा पठाईसकेका छौँ’ प्रवक्ता उपाध्यायले सेतोपाटीसँग भने, ‘क्याविनेटबाट पास हुनेवित्तिकै तत्काल कार्यान्वयनमा आउँछ।’
    पर्यटन मन्त्रलयले पहिले नै निर्देशिका बनाए पनि अर्थले उक्त निर्देशिका अड्काउँडा घुमफिर वर्ष नीतिमै सीमित भएको भन्दै आलोचना भएको थियो।  पर्यटन मन्त्रालयले तयार पारेको उक्त निर्देशिकामा जुनसुकै कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सम्बद्ध संस्थाहरुले वर्षमा ७ दिन घुमफिरको लागि बिदा दिइनुपर्ने व्यवस्था गरिएको प्रवक्ता उपाध्यायले बताए।
    निश्चित गन्तव्यमा घुम्न जानको लागि प्रत्येक संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई वर्षको ७ दिन खर्चसहित बिदा दिनुपर्ने व्यवस्था गरिएको छ। कम्तीमा पनि पाँच लाख आन्तरिक पर्यटकको ‘मुभमेन्ट’ सिर्जना गराउने उद्देश्य सहित ल्याउन लागिएको उक्त निर्देशका अनुसार अब सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई पर्यटकीय गन्तव्यमा घुमफिरको लागि खर्चसहित बिदा दिनुपर्ने छ।
    ‘कम्तीमा पाँच लाख पर्यटकको मुभमेन्ट सिर्जना हुँदा घुमफिर वर्षको सार्थकता रहन्छ’ उपाध्यायले भने, ‘समय केही ढिला भए पनि सबै न्यूनतम उद्देश्य पुरा गर्नेमा हामी विश्वस्त छौँ।’
    निर्देशिकामा पर्यटनका केही पायोनियर गन्तव्यहरु तोकिएको र उक्त गन्तव्यमा घुमफिरको लागि कर्मचारीहरुलाई प्रोत्साहन गरी घुम्ने संस्कृतिको विकास गर्ने सरकारले लक्ष्य लिएको छ।
    यसबाट एकातिर सुस्ताएको पर्यटन व्यवसाय चलायमान हुने र अर्कोतिर पर्यटकीय संस्कृतिको पनि विकास हुने भएकोले यो अत्यावस्यक भएको बताउँछन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशी।
    सरकारले यसअघि ल्याएको पर्यटन विदा भने निष्कृय रहेको छ। २०७० सालमा सरकारी कर्मचारीहरुलाई घुमफिरको लागि भन्दै ल्याइएको उक्त कार्यक्रमले चालु आर्थिक वर्षमा कुनै पनि बजेट पाएको छैन।
    एक जना निजामति कर्मचारीलाई वर्षको ५ दिन १५ हजार खर्चसहित घुमफिरको लागि  विदा दिने उक्त कार्यक्रममा उल्लेख गरिएको थियो। त्यस्तै घुमफिर वर्षलाई सफल पार्नको लागि पर्यटनसँगसम्बद्ध संघ संस्थाहरुले प्याकेजमा सहुलियत दिनुपर्ने व्यवस्था पनि गरिएको छ।
    सरकारले हाल बनाएको निर्देशिकाको निजामति कर्मचारीहरुका लागि पालना हुने भए पनि निजी क्षेत्रका संस्थाहरुले भने कार्यन्वयन गर्नेमा आशंका उत्पन्न भएको छ।
    यद्यपी मन्त्रलयका अधिकारीहरु भने सबै निकायहरुसँग छलफल गरेर निर्देशिका तयार पारिएकाले कार्यन्वयन हुनेमा कुनै आशंका नभएको बताउँछन्।
    किन ल्याइयो घुमफिर वर्ष ?
    २०७२ को भूकम्प तथा नाकाबन्दीका कारण ओरालो लागेको नेपालको पर्यटनलाई उकास्नको लागि भन्दै सरकारले २०७३ लाई आन्तरिक घुमफिर वर्षको रुपमा मनाउने नीति ल्याएको थियो।
    नेपाल पर्यटन बोर्डले सरकारको नीति अनुसार २०७३ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम संचालन गर्ने घोषणा गरेको थियो।
    तर सरकारले निर्देशिका बनाउन ढिलाई गर्दा घोषणा भएको आठ महिनासम्म पनि उक्त कार्यक्रम सुस्त छ। त्यति मात्रै होइन, कतिपय निजी कार्यालय तथा कर्मचारीहरु त यो कार्यक्रमबारे अनभिज्ञ नै छन्।
    विदेशी पर्यटक कम भएपनि आन्तरिक पर्यटक मार्फत पर्यटन व्यवसाय चलायमान बनाउने उद्देश्य राखिएको उक्त कार्यक्रम सरकारी लापरबाहीले गर्दा बिलम्ब भएको व्यवसायीहरुले आरोप लगाउँदै आएका छन्।
    सरकारले निर्देशिका अहिले ल्याउन लागेपनि पर्यटन बोर्ड आफैलै विभिन्न निकायहरुसँग मिलेर घुमफिर वर्षका कार्यक्रमहरु संचालन गरिरहेको छ। केही समय अगाडि पश्चिमका खप्तड, रारा, लुम्बिनी जस्ता गन्तब्यको प्रचारप्रसार कार्यलाई तीव्रता दिइएको बोर्डले बताएको छ।
    त्यस्तै बोर्डले केही समय अगाडिमात्र घुमफिरको लागि भन्दै विभिन्न प्याकेजको घोषणा गरेको थियो। पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा बोर्डले यस्तो प्याकेज ल्याएको छ।
    सात वटा गन्तव्यमा जाने आन्तरिक पर्यटकहरुको लागि प्याकेज टुर उपलब्ध गराउनेगरी बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), सोसाइटी अफ ट्राभल टुर अपरेटरस नेपाल(सोट्टो) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग सहकार्य गरेको छ।
    पूर्वको पथिभरा माई दर्शनदेखि सूदुरपश्चिमको खप्तडसम्मका विभिन्न गन्तव्यको लागि  ल्याइएका त्यस्ता गन्तव्यबाट नेपाली आन्तरिक पर्यटक अझै परिपक्क हुने विश्वाससहित बोर्डले यस्तो प्याकेज ल्याएको जनाएको छ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.