×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एमाले, मधेसी र नयाँशक्तिका नेता तान्ने राप्रपाको रणनीति

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यी हुन् कमल थापा र पशुपतिले घरमा बोलाएका नेता !

    ७ मंसिर, काठमाडौं । एकीकृत राप्रपाका दुई अध्यक्ष कमल थापा र पशुपतिसममशेर जबराले मधेसवादी दल र नेकपा एमालेमा रहेका केही नेतालाई पुरानो घरमा फर्किन निम्तो दिएका छन् । यसरी निम्तो पाउनेमा नयाँशक्तिमा रहेका पूर्वपञ्चसमेत छन् ।

    आखिर  तिनीहरु को हुन्, जसले राप्रपाको निम्तो पाउने ?

    सर्वेन्द्र शुक्लदेखि रेणु यादवसम्म

    मधेसमा कुनैबेला राप्रपाको ठूलो शक्ति थियो । मुलुकमा बहुदलीय व्यवस्था स्थापनालगत्तै तराई–मधेसका स्थापित नेता तथा जमिन्दारहरु राप्रपामा लागेका थिए ।

    sarbendranath sukla

    राप्रपाले ०५१ सालको मध्यावधि निर्वाचनमा २० सीट जित्दा आधाभन्दा बढी सांसद तराई मधेसका थिए । तीमध्ये अधिकांश प्रभावशाली नेताहरु अहिले विभिन्न मधेशवादी दलमा निर्णायक तहमा छन् ।

    विशेष गरी ०६२\६३ को जनआन्दोलनको सफलतासँगै परम्परागत राजतन्त्र पक्षधर शक्ति राप्रपा छिन्नभिन्न र कमजोर बन्यो । मधेस आन्दोलनमार्फत नयाँ शक्ति उदाउन थालेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारमा रहेका मधेसी नेताहरुले राप्रपामा भविष्य देखेनन् ।

    जसरी ०४६ सालमा पञ्चायत ढलेलगत्तै धेरै पञ्च नेताहरु कांग्रेस प्रवेश गरेका थिए । त्यसै गरी ०६४ सालमा धेरै राजावादी नेताहरु मधेसवादी दलमा प्रवेश गरे । तीमध्ये अधिकांश राजाको सरकारका मन्त्री र अञ्चलाधीश थिए ।

    हाल तराई मधेस लोकतान्त्रिक पार्टीको शीर्ष नेतृत्वमा रहेका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र बृजेशकुमार गुप्ता जनआन्दोलन अघि राप्रपाका सांसद थिए । उनीहरु दुबैजना राजाको सरकारमा मन्त्री भए ।

    त्यस्तै संघीय समाजवादी फोरमकी नेता रेणुकमारी यादव र सांसद अभिशेष प्रताप साह पनि राप्रपाको विरासतबाट आएका युवा नेता हुन् ।

    brijesh-kumar-gupta

    रेणु ०६४ सालसम्म राप्रपाकी सांसद थिइन् । अभिशेषका पिता अभयप्रताप शाह राप्रपाबाट सांसद थिए । अभय द्वन्द्वकालमा मारिएपछि छोराले राजनीतिक विरासत धानेका हुन् ।

    त्यस्तै राप्रपाको महामन्त्री र सांसद तथा राजाका पालामा मन्त्री भएका रामचन्द्र राय पनि फोरममा लागेका थिए । उनी पछिल्लो समय निष्क्रिय छन् ।

    राप्रपाबाटै सांसद बनेका खोभारी राय पनि पछिल्लो समय सदभावना पार्टीमा छन् । उनले ०६४ मा सद्भावनाबाटै चुनाव जिते ।

    राप्रपासँगै जोडिएका सप्तरीका मृगेन्द्रकुमार सिहं पनि पछिल्लो समय फोरम लोकतान्त्रिकमा थिए । अहिले उनी फोरम लोकतान्त्रिक छाडेर राजेन्द्र महतोको सदभावना पार्टीमा लागेका छन् ।

    मधेसका अन्य जिल्ला र केन्द्र तहका धेरै राप्रपा नेताहरु अहिले मधेसवादी दलमा आवद्ध छन्, जसलाई आफूतिर तान्ने रणनीतिमा राप्रपा लागेको देखिन्छ ।

    मधेसवादी दलका अध्यक्षबाहेक नेतृत्वको प्रमुख आधार नै पूर्वराप्रपा नेताहरु हुन् । थापा र राणाले संविधानमा असन्तुष्ट रहने मधेसीहरुको माग संविधान संसोधनबाटै पूरा हुने भन्दै सीमानामा गएर नाकाबन्दी गर्नुको साटो राप्रपामा फर्किन आह्वान गर्नु निकै अर्थपूर्ण छ ।

    सोमबार पार्टी एकता घोषणा कार्यक्रममा कमल थापा मधेसप्रति धेरै नै नरम देखिएका थिए । उनले मधेसको मुद्दा सम्वोधन नगरी संविधान कार्यान्वयन र चुनाव हुनै नसक्ने भन्दै संविधान संशोधनको पक्षमा मत दिने संकेत गरे ।

    एमालेमा पनि असर पर्न सक्ने

    krishna-kumar-rai

    मधेसवादी बाहेक राप्रपा नेता थापा र राणाले घर फर्किन आह्वान गरेका केही नेता एमालेमा समेत छन् । उनीहरु राप्रपामा फर्किए पनि एमालेलाई पनि असर पार्न सक्छ ।

    जस्तो कि एमालेबाट सुनसरी–१ का सांसद रहेका कृष्णकुमार राई चुनावको केही अघिसम्म राप्रपामै थिए । उनी राप्रपा कमजोर भएपछि एमालेमा प्रवेश गरेका हुन् ।

    त्यस्तै जाजरकोटका पूर्वसांसद तथा राप्रपाका पूर्वमहामन्त्री गोविन्दविक्रम शाह एक वर्ष अघिमात्रै एमाले प्रवेश गरेर हाल केन्द्रीय सल्लाहकार बनेका छन् ।

    एमालेमा यसअघि राप्रपाबाटै गणेशवहादुर खत्री, नरबहादुर बुढाथोकी, भीमप्रसाद गौचन, सत्यमान लामा र भुपाल किरातीहरु प्रवेश गरेका थिए । तर, राजाले शासन हातमा लिएलगत्तै खत्री बाहेक अरु सबैले एमाले छाडेका थिए ।

    केशरबहादुरदेखि नयाँशक्तिका खापुङसम्म

    राप्रपाका शीर्ष नेताहरुले कसलाई घर फर्किन आह्वान गरेका होलान् ? ‘विभिन्न राजनीतिक दल र स्वतन्त्र रहेका नेताहरु’ भन्नेवित्तिकै सबैभन्दा पछिल्लो समय राप्रपा नेपालबाट अलग्गिएका केशरवहादुर विष्टको नाम आउँछ । तर, यो सूचीमा उनीमात्रै छैनन् ।

    Kesharbahaur-Bist

    राप्रपाका संस्थापक नेता विष्ट सहअध्यक्ष पनि हुन् । उनी पञ्चायत ढलेपछि कांग्रेस भएका थिए । तर, कांग्रेसले सांसदको टिकट नदिएपछि पुनः राप्रपा भए । जब कि अर्जुन नरसिंह केसी भने राप्रपा स्थापना गरेर आफूचाहिँ कांग्रेस प्रवेश गरेका थिए । अहिले केसी कांग्रेसका तर्फबाट मन्त्री छन् ।

    केशरवहावहादुर विष्टभन्दा अघि राप्रपा नेपालबाट बाहिरिएका पद्मसुन्दर लावतीका छोरा सगुनसुन्दर लावतीको समूह पनि एकीकरणमा पूरै समाहित भइसकेको छैन । यो आह्वान उनीहरुलाई पनि हो । यद्यपि लावती यस अघि नै राप्रपामा प्रवेश गरिसकेका छन् ।

    रोचक कुरा त के छ भने राप्रपा एकीकरणमा नसमेटिएका विष्टका छोरा पूर्वमन्त्री विराज विष्ट र राप्रपा नेपालसँग विद्रोह गरेका सगुनकी पत्नी बबिना मोक्तान राप्रपा नेपालकै सांसद हुन् । उनीहरुसहित राप्रपाको संसदीय दल ३७ सदस्यीय हुँदैछ ।

    राप्रपा नेताहरुको आह्वान हाल नयाँ शक्तिमा पुगेका परशुराम खापुङलाई पनि हो । कम्युनिस्ट पार्टी छाडेर राष्ट्रिय पञ्चायतको सदस्य बनेका खापुङ राप्रपाका पूर्वमहामन्त्री हुन् ।

    टुटेको कडी जोड्ने प्रयास

    प्रज्ञा प्रतिष्ठानको पार्टी एकीकरण समारोहमा दुवै अध्यक्षले विशेष जोड दिएरै भने– विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा रहेका, तर राप्रपाको इतिहाससँग जोडिएका सबै घर फर्किनुस् र बलियो वैअबको तेस्रो शक्ति को रु माओवादी, मधेसवादी, राप्रपा वा नयाँ शक्ति रुकल्पिक राजनीतिक शक्ति निर्माण गरौं ।

    unity-of-rpp

    कमल थापा र पशुपतिमात्र होइन, लोकेन्द्रबहादुर चन्द र विश्वबन्धु थापा अनि प्रकाशचन्द्र लोहनीले पनि विभिन्न राजनीतिक कित्तामा पुगेका पूर्वराप्रपा नेताहरुलाई घर फर्किन आह्वान गर्नुको राजनीतिक अर्थ छ । यद्यपि यो आह्वान मानेर घर फर्किनेको संख्या न्यून हुन सक्छ ।

    राप्रपा नेपाल र राप्रपा एकीकरणपछि पनि राप्रपा संसदमा चौथो शक्ति नै बनेको छ । तर, संसदमा उसको सीट संख्या बढेर ३७ पुगेको छ । यो एकीकरणसँगै राप्रपा आउदो चुनावमा शसक्त बैकल्पिक शक्ति बन्ने दावी नेताहरुले गरेका छन् ।

    कार्यकर्ताको उत्साह भर्न नेताहरुले राप्रपाले स्थानीय तहदेखि केन्द्रसम्म पहिलो शक्ति हुने दावी गरे पनि उसको मताधार हेर्दा चौथो शक्ति कायम राख्न पनि नयाँ पुस्तामा निकै प्रभाव जमाउनुपर्नेछ । यसैले हुनुपर्छ उसले घर छाडेकाहरुलाई राप्रपामा फर्कन आग्रह गरेको ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.