×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एमालेले भन्यो–संशोधन अस्वीकार्य

  •  
  • सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जबर्जस्ती प्रस्ताव अघि बढाए प्रतिवाद

    दुर्गा खनाल

    मंसिर ६, २०७३- प्रमुख प्रतिपक्षी एमालेले संविधान संंशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ । स्थायी समितिको आइतबार साँझ बसेको बैठकले संविधान संशोधनको औचित्य नरहेको ठहर गर्दै जबर्जस्ती अघि बढाउन खोजे प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ ५ बजेका लागि बोलाएको प्रमुख दलको बैठकमा एमालेले पार्टीको औपचारिक निर्णय सुनाउनेछ ।

    ‘संविधान संशोधनको औचित्य स्थापित नहुँदासम्म एमालेलाई मान्य हुँदैन,’ बैठकपछि एमाले सचिव गोकर्ण विष्टले कान्तिपुरसँग भने, ‘पार्टीले प्रस्तावसम्म अघि बढाउने कुरालाई पनि स्वीकार्न नसक्ने निर्णय गरेको छ ।’ प्रतिपक्षी एमालेको समर्थनबिनै संशोधन प्रस्ताव अघि बढाउने तयारी सत्तापक्षले गरेपछि एमालेले त्यसबारे आफ्नो धारणा स्पष्ट पारेको हो । संविधान कार्यान्वयनमा ध्यान नदिइकन संशोधन मात्र गर्दै जाने कुराले मुलुकलाई बर्बादीतर्फ लैजाने एमाले बैठकको निष्कर्ष छ । बैठकमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्री दाहालसँग भएका पछिल्ला कुराकानीबारे जानकारी दिएका थिए । उनले संशोधनको विषयमा एमाले सकारात्मक भयो भन्ने ढंगले प्रचार गरिएको पनि बैठकमा बताएका थिए । ओलीले दाहालसँगको बैठकमा पनि संविधान संशोधनको औचित्यबारे बारम्बार प्रश्न गरेका थिए ।

    ‘संविधान कार्यान्वयन र पालनालाई बेवास्ता गरेर देश र जनताको भावना प्रतिकूल आउने कुनै पनि संशोधन र प्रस्ताव स्वीकार्य हुन सक्दैन,’ एमाले बैठकको निर्णयमा भनिएको छ । सरकारले संघीय गठनबन्धनलगायत दलको माग सम्बोधन गर्न भन्दै प्रदेशको सीमा फेरबदल, अंगीकृत नागरिकले पाउने सुविधामा लचिलो प्रावधान, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत विषयमा प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

    संविधान संशोधन प्रस्ताव पारित गर्न संसद्मा दुई तिहाइ बहुमत चाहिन्छ । एमालेबाहेक अन्य सबै दल मिल्दा मात्र दुई तिहाइ पुग्न सक्छ । तर संसद्मा रहेका केही दल संविधान संशोधनमा एमालेले राखिरहेको अडानको समर्थनमा छन् । संसद्भित्रको गणितमा एमालेबाहेक अन्य सबै दललाई आफ्नो पक्षमा ल्याउन सत्तापक्षलाई गाह्रो पर्न सक्छ । पछिल्लो समय राप्रपा र राप्रपा नेपालबीचको एकीकरण भएपछि त्यो शक्तिलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ दलहरूले प्रयास गरिरहेका छन् । हाल राप्रपा नेपाल विपक्षी गठबन्धनमा छ भने राप्रपा सत्ता गठबन्धनमा । एकीकरणपछि बन्ने शक्तिलाई पनि विपक्षी कित्तामै राख्न एमालेले तयारी गरिरहेको छ ।

    कुनै हालतमा दुई तिहाइ नपुग्ने र संविधान संशोधन प्रस्ताव पनि पारित नहुने अवस्थाले मुलुकलाई झन् राजनीतिक अस्थिरतातर्फ लैजाने विश्लेषण एमालेको छ । औचित्यबिनाको संशोधनले समस्या समाधान नगर्ने भएकाले संविधान संशोधनअघि त्यसको कार्यान्वयनको रोडम्याप र विधि तय गर्नुपर्ने एमालेको धारणा छ । अघिल्लो सरकारले संविधान कार्यान्वयन कार्यतालिका जारी गरेको थियो । हालको सरकारले उक्त कार्यतालिकाअनुसार काम नगर्नु र नयाँ कार्यतालिका पनि तय नगर्नुको पछाडि संविधान कार्यान्वयन नगरी मुलुकमा २०७४ साल माघ ७ पछि राजनीतिक रिक्तता निम्त्याउने षड्यन्त्र लुकेको एमालेको विश्लेषण छ ।

    एमाले नेताहरूका अनुसार राजनीतिक औचित्य स्थापित नभइकन संशोधन प्रस्ताव आए त्यसलाई सबै तहबाट प्रतिवाद गर्ने गरी एमालेले पार्टी पंक्तिलाई तयार राखेको छ । एमालेले प्रदेश र जिल्लास्तरीय प्रशिक्षण तथा भेला गरिरहेको छ ।

    भेलामा दलका मुख्य नेताहरू नै उपस्थित भएर निर्देशन दिइरहेका छन् । शनिबार मात्र प्रदेश नम्बर ५ मा एमालेका शीर्ष नेताहरू पुगेर प्रदेश टुक्र्याउने प्रस्ताव आउने सक्ने सम्भावनाप्रति संकेत गर्दै कार्यकर्तालाई प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.