×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मधेस प्रदेशमा बस्न चाहन्नन् विवादित जिल्लाका वासिन्दा

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेशकुमार यादव

    इटहरी (सुनसरी), मङ्सिर ५ गते ।  पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन ।
    पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भव ठान्छन् ।  पूर्वी तराई मधेसका सर्वसाधारण खासगरी जनकपुर वा वीरगन्जलाई आफ्नो प्रदेशको राजधानी मान्न तयार छैनन् ।  उनीहरू विराटनगरलाई आफ्नो राजधानी देख्न चाहन्छन् ।
    २ नं. प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जलाई बनाउने करिब निश्चित रहेको बुझेका मोरङ र सुनसरीका नागरिक अगुवा मधेसी दलहरूले चलाएको आन्दोलनलाई सहयोग र समर्थन गरे पनि आफ्नो प्रदेशको राजधानी जनकपुर वा वीरगन्जलाई मान्ने कुरामा नाक खुम्चयाउँछन् ।  मधेस भूभागलाई मधेस प्रदेशमै राख्नुपर्छ भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन गर्दै आए पनि विवादमा रहेका जिल्लाका वासिन्दा दुई नं. प्रदेशमा जान चाहेको पाइँदैन ।
    पाँच जिल्ला मधेस प्रदेशमा गाभिनुपर्छ भन्ने मधेसवादी दलले उठाइरहेको मागको प्रभाव स्थानीय जनस्तरमा देखिँदैन, हाल एक नं. प्रदेशमा रहेका सुनसरीका वासिन्दासमेत विकल्प खोज्नुपर्ने पक्षमा देखिन्छन् ।  बरु उनीहरू झापा, मोरङ, सुनसरी जिल्लामा सप्तरी, सिरहा र उदयपुर मिसाएर नयाँ प्रदेश बनिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।  त्यसो हुन नसके विवादमा ल्याइएका तीन जिल्लालाई केन्द्र शासित प्रदेश वा विशेष प्रदेशको रूपमा राख्न सकिने तर दुई नं. प्रदेशमा मिलाउन नसकिने अडान उनीहरूको छ ।
    मधेसवादी दलका नेताहरूमा दुइटा धारणा पाइएको छ ।  उहाँहरूले औपचारिक रूपमा कुरा गर्दा यी तीन जिल्लालाई मधेस प्रदेशमा जसरी पनि मिलाउने कुरा गर्नुहुन्छ भने अनौपचारिक रूपमा कुरा गर्दा मधेस प्रदेशमा जान गाह्रो हुने बताउनुहुन्छ ।
    मधेस प्रदेशमा किन नजाने भन्ने जिज्ञासामा उहाँहरूले त्यसको प्रमुख कारण प्रदेशको राजधानी कहाँ भन्ने कुरालाई लिनुहुन्छ ।  मधेस प्रदेशको राजधानी जनकपुर हुने लगभग पक्कापक्की नै भइसकेको छ तर झापा, मोरङ र सुनसरीका वासिन्दालार्ई जनकपुरभन्दा विराटनगर नै प्यारो छ ।  झापा, सुनसरी र मोरङका जनताको मात्र होइन, सिराहा, सप्तरीसम्मका जनतालाई जनकपुर होइन, विराटनगर आकर्षणको केन्द्र भएको छ ।  सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीका सह इन्चार्ज एवम् केन्द्रीय सदस्य एसएन मेहताले झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा मिलाउनुपर्ने माग राख्दै आफूहरूले आन्दोलन गरिरहे पनि जनकपुरलाई राजधानी बनाउने हो भने त्यसलाई स्वीकार गर्न गाह्रो हुने बताउनुभयो ।
    गोरखापत्रका पूर्व प्रधानसम्पादक सीताराम अग्रहरि भन्नुहुन्छ, जनकपुरभन्दा धेरै कुरामा विराटनगर राम्रो छ, यताका जनता विराटनगर छाडेर जनकपुर जाँदैनन्, त्यही भएर जनताको मनस्थिति बुझ्दा झापा, सुनसरी र मोरङलाई दुई नं. प्रदेशमा मिलाउन गाह्रो छ । ’
    झापा, सुनसरी र मोरङवासी विराटनगरलाई राजधानी बनाउनेमा भने एकमत देखिन्छन ।  मोरङ विराटनगरका सहप्राध्यापक डा. उद्धव पोखरेलले भन्नुहुन्छ, ‘व्यापार, व्यवसाय, शिक्षादीक्षा, उद्योगधन्दालगायतको हिसाबले मधेसको केन्द्रविन्दु विराटनगर भएको छ, त्यसको तुलनामा जनकपुर वा वीरगन्ज केही पनि होइन ।  बरु झापा, मोरङ, सुनसरीमा दुई नं. प्रदेशका सिराहा र सप्तरीलाई मिलाएर एउटा प्रदेश बनाई विराटनगरलाई राजधानी बनाउन सकिन्छ तर जनकपुर वा वीरगन्जलाई राजधानी स्वीकार गरेर मधेस प्रदेशमा कदापि जान सकिँदैन । ’
    शिक्षा, स्वास्थ्य, रोजगारको मामिलामा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका २ नं. प्रदेशका जिल्ला अन्य जिल्लाको तुलनामा निकै पछाडि छन् ।  मधेसवादी दलका नेताहरूले नै भन्न थालेका छन्, जानकी मन्दिरको भेटीबाट मधेस प्रदेश चलाउन सकिँदैन ।  सिराहाको सारस्वरबाट झापाको विर्तामोड बसाइ सरेका विनोद साह अब सिराहा फर्केर जान्न चाहनु हुन्न ।  जानुप¥यो भने पनि पाहुनाको रूपमा जाने उहाँ बताउनुहुन्छ ।
    उहाँले दुई नं. प्रदेश सबभन्दा पिछडिएको र विकासमा पछाडि पारिएको प्रदेश रहेको दाबी गर्दै झापामा गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, ‘मधेस प्रदेशलाई जानकी मन्दिरको भेटीको भरमा चलाउन सकिँदैन । ’ उहाँले दुई नं. प्रदेशमा यादवको बर्चस्व रहेको र अरु जातिको केही नचल्ने भएकाले आफूलाई दुई नं. प्रदेशमा जाने मन नभएको स्पष्ट पार्नुभयो ।
    काठमाडौँको पत्रकारिता छाडेर आफ्नो गृहजिल्ला सुनसरीलाई नै कर्मक्षेत्र बनाउन पुग्नुभएका स्थानीय वर्णमाला दैनिकका सम्पादक शशी कोइराला भन्नहुन्छ, ‘झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा मिलाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो, बरु दुई नं. प्रदेशका केही जिल्लालाई यताको प्रदेशमा मिलाउन सकिन्छ तर दुई नं. प्रदेशमा कुनै पनि हालतमा जान सकिँदैन’ ।
    सुनसरीको दुहवीमा भेट हुनुभएका थारु कल्याणकारी सभा सुनसरी जिल्लाका पूर्वसचिव गवन चौधरीले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।  आफूहरूको पहिचान सुनिश्चित हुने गरी सीमाङ्कन तथा नामाङ्कन भयो भने मात्र त्यसलाई स्वीकार गर्ने नभए कुनै पनि प्रदेशलाई स्वीकार नगर्ने बताउनुभयो ।
    मोरङ सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य जयराम यादवले पूर्वका तीनै जिल्लालाई दुई नं. प्रदेशमा मिलाउन माग गर्दै आन्दोलन गरे पनि आफूहरू विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभयो ।  झापामा ३० प्रतिशत आदिवासी जनजाति, मुस्लिम र मधेसी छन् भने ७० प्रतिशत पहाडिया छन् ।  विराटनगरमा ६० प्रतिशत मधेसीको बसोबास छ भने ४० प्रतिशत पहाडिया छन् ।  त्यस्तै सुनसरीमा ७० प्रतिशत मधेसी छन्, ३० प्रतिशत पहाडिया मूलका मानिसको बसोवास छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.