×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काँग्रेसको तराई–मधेस अभियान सुरु

  •  
  • बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वसन्त पराजुली

    भण्डारा  (चितवन), मङ्सिर २ गते ।  मधेस केन्द्रित दलहरूका कारण मूल प्रवाहका दलहरू तराई मधेसमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला ठूलो दल नेपाली काँग्रेसले तरार्ई मधेस केन्द्रित कार्यक्रम सुरु गरेको छ ।  ‘तरार्ई अभियान’  नाम दिएर काँग्रेसले चितवनको भण्डारामा बुधबार एक कार्यक्रम आयोजना गरेर अभियान सुरु गरेको हो ।  तरार्ई मधेस केन्द्रित कार्यक्रम अन्तर्गत चितवनको अलावा मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषामा विभिन्न कार्यक्रम गरिनेछन् ।
    कार्र्यक्रम अन्तर्गत मकवानपुरमा मङ्सिर २ गते, बारामा मङ्सिर ३ गते, रौतहटमा ४ गते, सर्लाहीमा ५ गते, महोत्तरीमा ६ गते र  धनुषामा ७ गते कार्यक्रम तय भएका छन् ।  यी जिल्लामा कार्यकर्ता भेला, गोष्ठी, ¥याली, सभा लगायतका कार्यक्रम गरिने बताइएको छ ।  यी कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको सहभागिता रहने बताइएको छ ।
    अभियान अन्तर्गत काँग्रेसको सङ्गठन मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली काँग्रेसले लिएको छ ।  अभियानको शुभारम्भका अवसरमा मङ्गलबार नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ ले भण्डारामा कार्यकर्ता भेला र सुझाव सङ्कलन कार्यक्रम राखेको हो ।  कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले तरार्ई मधेसमा उठेका समस्या समाधानका लागि काँग्रेसले पहल गरिरहेको बताउनुभयो ।
    “मधेसमा उठिरहेका सवालको पहिचान गरी समाधानका लागि राय बुझ्न अहिले तराई केन्द्रित अभियान थालिएको हो”, यहाँ आयोजित अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नेकाँका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “मधेसमा उठिरहेको समस्याको समाधान सहमति र संवादबाटै खोजिनुपर्छ । ”
    उहाँले काँग्रेससँगको तरार्ई मधेसको सम्बन्ध सुमधुर बनाउनका लागि आफूहरूको अभियान रहेको पनि बताउनुभयो ।  उहाँले नेपाली जनताको बलिदानबाट प्राप्त संविधान र समावेशिता बचाउनका लागि पनि मधेसी दलहरूलाई सहमतिमा ल्याउनुको विकल्प नभएको धारणा राख्नुभयो ।
    “मधेसवादी दलले उठाएका कतिपय मागलाई सम्बोधन गरेरै भए पनि मधेसका मुद्दा समाधानमा जुट्न जरुरी छ”, उहाँले थप्नुभयो, “दलहरूबीचको संवाद र सहमतिले नै मधेसमा उठेका माग सम्बोधन गर्नुपर्ने आवश्यकता छ । ”
    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता शोभाकर पराजुलीले पार्टी अब बल र पैसाले भन्दा पनि विचारले चल्नुपर्ने धारणा राख्नुभयो तर काँग्रेस पछिल्लो समय विचारले चल्न नसकेको उहाँको आरोप थियो ।
    कार्यक्रममा सांसदहरू रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
    यसैबीच हाम्रा धादिङ समाचारदाताका अनुसार पुनःनिर्माणको कार्यक्रम चित्तबुझ्दो नभएको भन्दै नेता पौडेलले तत्काल सरकारले प्राधिकरणको काममा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।
    धादिङ कटुञ्जेमा ईपीएफ नेपालले निर्माण गरेको कुण्डलादेवी उच्च माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले पुनःनिर्माण प्राधिकरणले सरकारलाई सहयोग नगरेको बताउनुभयो ।  नेता पौडेलले प्राधिकरणका बारे सरकारको स्पष्ट धारणा बाहिर आउनुपर्ने बताउँदै भूकम्प गएको दुई वर्ष हुन लाग्दासमेत जनता त्रिपालमा बस्नु परेको पीडादायक दृश्य राज्यले निरीह बनेर हेर्न नहुने बताउनुभयो ।
    वरिष्ठ नेता पौडेलले काँग्रेसले ७० वर्षभन्दा लामो समय राजनीतिक क्रान्तिमा खर्च गरेकाले अब संविधान कार्यान्वयन र विकास निर्माणमा लागिपर्ने बताउनुभयो ।  देशले अब आर्थिक क्रान्ति खोजेको बताउँदै पौडेलले त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.