×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रारामा रमाउँदै आन्तरिक पर्यटक

  •  
  • बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुगुस्थित रारा घुम्न आएका आन्तरिक पर्यटकहरू ।राजबहादुर/कान्तिपुर
    – राजबहादुर शाही, रारा (मुगु)

    कार्तिक २५, २०७३- राराको प्राकृतिक सुन्दरता देखेर पोखराकी मुना बाँस्तोला चकित परिन् । उनी पहिलो पटक रारा घुम्न आएकी हुन् । पोखराबाट तीन दिन गाडीको यात्रामा रारा पुगेकी उनले यहाँको प्राकृतिक सुन्दरतामा मोहित भएको बताइन् । स्याङजाका नेत्र खाँडले पनि राराको प्राकृतिक सुन्दरता देखेर हर्षित भएको सुनाए । उनीहरू मात्र होइन, लामो यात्राबाट रारा भ्रमणमा आउने पर्यटकहरू झनै रमाउने गरेका छन् । वैशाखदेखि रारामा विदेशीभन्दा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । रारा क्षेत्र वरपरका होटल भरिभराउ छन् । होटलमा नअटेकाहरू खुला चौरमा टेन्ट टाँगेरसमेत बस्ने गरेका छन् ।

    साउनयता ७८ जना विदेशी र करिब ७ हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँ घुम्न पुगेका रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । आन्तरिक पर्यटक कर्णाली राजमार्ग र हवाई मार्गबाट यहाँ आउने गरेका छन् । रारा घुम्नेमा सबैभन्दा बढी पोखरेलीको चाप छ । पोखराका व्यवसायी, उद्योगपति, कर्मचारी गाडी बुकिङ गरी धमाधम आउन थालेका छन् । त्यस्तै, काठमाडौं, बुटवल, भैरहवा, स्याङजा, लुम्बिनी, चितवन, पाल्पा, विराटनगरलगायत स्थानबाट गाडी र मोटरसाइकलमा आउने त्यत्तिकै छन् ।

    पिना गाविसको झयारी चौरमा गाडी र मोटरसाइकल पार्किङ गरेर त्यहाँबाट हिँडेर आन्तरिक पर्यटकलाई रारा पुग्ने व्यवस्था मिलाइएको छ । निकुञ्जभित्र गाडी र मोटरसाइकल लैजान निषेध गरिएको छ । ‘रारा साँच्चै स्वर्गको अप्सरा जस्तै रहेछ,’ मुनाले भनिन्, ‘यहाँ पुगेपछि साह्रै आनन्द आयो, भोक तिर्खा मेटियो ।’ राराको सबैभन्दा आकर्षणको रूपमा नीलो ताल र वरिपरिको कोणधारी जंगल हो । घुम्न आएका आन्तरिक पर्यटकहरू बिहान तालमा बोटिङ गर्ने, दिउँसो ताल वरपर घुम्ने, तीन घण्टा उकालो चढेर मुर्माटप पुगी छायानाथ सैपाल हिमालको अवलोकन गरी फर्किने गर्छन् । विदेशीभन्दा आन्तरिक पर्यटकको चापले गर्दा बास र खानपिनको व्यवस्था मिलाउन हम्मे परेको भिलेज हेरिटेज होटलका म्यानेजर दीपक रावतले बताए । जति सक्दो राम्रो सुविधा दिएर पठाउने गरेको उनको भनाइ छ ।

    आन्तरिक पर्यटकले तीन दिन र बाह्य पर्यटकले चार दिनको प्याकेज लिएर रारा आउने गरेका छन् । रारामा आन्तरिक पर्यटकको घुइँचो देखेर मुर्मा गाउँका स्थानीय उत्साहित भएका छन् । घुम्न आउने पर्यटकहरूलाई तालमा बोटिङ गराउन मुर्मा गाउँको राजाकोट उपभोक्ता समितिले दुई वटा रबरका डुंगा सञ्चालन गरेको छ ।

    वैशाखदेखि कात्तिक १५ सम्म डुंगाबाट करिब साढे ५ लाख रुपैयाँ आम्दानी भएको समितिका सचिव धनसिंह रोकायाले बताए । पर्यटकलाई मनोरञ्जनका लागि स्थानीयले घोडाको व्यवस्था पनि गरेका छन् । घोडा चढेर ताल परिपरि घुम्न पाउँदा आन्तरिक पर्यटक खुसी देखिन्छन् । पर्यटकका लागि रारामा एक दर्जन घोडा चालु छन् । राराको हुटुमा सञ्चालित दुई वटा ठूला होटल डाँफे र भिलेज हेरिटेज सञ्चालनमा छन् । हेरिटेजले पर्यटकहरूलाई रातो चामलको भातसहित स्थानीय परिकारको खाना नास्ताको व्यवस्था मिलाएको छ ।

    पर्यटकलाई लक्षित गरी रारामा ३ वटा मोबाइल टावर स्थापना गर्न लागिएको नेपाल टेलिकमका प्राविधिक कृष्ण कोइरालाले बताए । आन्तरिक पर्यटकबाट होटल, घोडा व्यवसायी र डुंगा चालकको आम्दानी वृद्धि भएको छ । निकुञ्जले भने आन्तरिक पर्यटकबाट शुल्क उठाउने गरेको छैन । विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाइने निकुञ्जका अधिकृत मोहनचन्द विश्वकर्माले जानकारी दिए । पर्यटक बढेपछि तालभन्दा एक घण्टाको पैदलमा पुगिने मुर्मा गाउँका स्थानीयको मह, सिमी, फापर, कुखुरा, खसीलगायतको कृषिजन्य सामग्री बिक्री बढ्दै गएको छ । पर्यटकदेखि होटल सञ्चालक गाउँमा पुगेर स्थानीय परिकारको खोजी गर्न थालेको मुर्मा गाउँका नरवीर रोकायाले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.