×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनमोहक कालिञ्चोक (फोटोफिचर)

  •  
  • आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेन्द्र मानन्धर, (कालिञ्चोक) दोलखा
    दोलखाको धार्मिक तथा पर्यटकीय केन्द्र कालिञ्चोक क्षेत्रबाट खिचिएका दृश्य ।तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

    कार्तिक २१, २०७३- लामो समयसम्म झरी र बादलभित्र हराएको कालिञ्चोक बिहानीपख कोठाबाट पर्दा खोलेर आधारशिविर कुरीतर्फ माधवी आँखाले हेरिरहेझै‌ लाग्छ । त्यसैले कालिञ्चोकको शीरमा सूर्योदयको पहिलो किरण पर्दाको माधुर्यतामै त्यहाँ पुगिहाल्न कुत्कुत्याउँछ ।

    करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोकको टाकुरा पुग्न कुरीबाट दुई मार्ग छन् । हिँड्नुमा सौखिनहरु करिब डेढ घण्टाको ठाडै उकालो टाकुरा चुम्ने तृष्णामा स्वाँ स्वाँ गर्दै पदयात्रा थाल्छन् । सुविधायुक्त चालमा कालिञ्चोक पुग्नेहरु आधारशिविरबाट मोटरबाट घ्याङडाँडा पुग्छन् । त्यहाँबाट करिब पौने घण्टामै कालिञ्चोकलाई आलिङ्गन गर्छन् ।

    रोजाइ आ–आफ्नै हुन्छन्, दुवैतर्फबाट उत्तिकै मानिस टाकुरातर्फ ‘मार्चपास’ शैलीमा देखिन्छन् । कालिञ्चोकको चुचुरा चुम्नुमा मानिसहरुका दुईवटा स्वार्थहरु बढी देखिन्छ । पहिलो स्वार्थ, हिन्दू धर्मकी शक्तिपिठ कालिञ्चोक भगवतीसँग साक्षात्कार गर्दै मनोआकाङ्क्षा पूरा गर्नु । दोस्रो स्वार्थ, प्राकृतिक रुपले पृथ्वीको ‘स्वर्ग’को मनमोहकतासँग मनोरञ्जन गर्नु ।

    यहाँ कात्तिकदेखि मानिसहरुको जमघट औधी बढेको छ । मानिसहरुको चापले करिब तीन दर्जन होटलहरु खचाखच छन् । व्यवसायीहरु पाहुनालाई सत्कार गर्न भ्याइनभ्याइमा छन् । करिब एकलाख मानिसहरु बास बस्ने अनुमान गरिएको कुरीमा मोटरका लर्को छ । मानिसहरु कोही लठ्ठी टेकेर उकालिँदै छन् । कोही होटल वरपर र पाखामा खानपान गरेर रमाइरहेका हुन्छन् । कोही सेल्फी त, कोही अरुको सहायतामा आफूलाई धार्मिक र प्राकृतिक मनोरमसँग कैद गराइरहेका हुन्छन् । होटल टँसिदलेका सोनाम शेर्पाले कात्तिक लागेपछि ओइरिएको पर्यटकलाई पकाएर खुवाउँदै गर्दा बोल्न पनि फुर्सद नपाइएको बताए ।

    कालिञ्चोक भगवतीको मन्दिर पुग्नेबेला प्रवेश गर्ने दुईवटा मार्ग छन् । धार्मिक दृष्टिले थुम्कोलाई दाहिनेतर्फबाट फेरो मारेर पश्चिततर्फको भर्‍याङ चढ्ने चलन छ । पूर्वतर्फकै बाटोबाट थुम्को पुग्न पनि रोकटोक छैन, तर उक्त मार्ग फर्कन प्रयोग गरिन्छ । कालिञ्चोकको शीरमा पुग्नेबित्तिकै रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खलाका हिमालहरुको मोहकतामा प्राय: सबैका आँखा नाच्न थाल्छन् । शनिबार थुम्कोमा पुग्नेहरु केहीले सर्वप्रथम हत्तरपत्तर एक, दुई ‘सेल्फी’ खिच्न मोबाइल उचालिहालेको देखियो । त्यसपछि मात्र मानिसहरुको ध्यान मन्दिर दर्शनको चाँजोपाँजोतर्फ मोडिएको देखियो ।

    सेता दाँत देखाएर माधवी मुस्कान छरेका गौरीशंकर लगायत दर्जनौं हिमालहरुमा यतिखेर बादलको एकटुक्रा पनि दाग देखिँदैन् । बिहान ढल्कदै जाँदा तुवाँलोको हल्का छेकावट हुन्छ तर सूर्य पश्चिमतर्फ अस्ताउँदै गर्दा हिमाल झन् राम्रोसँग टहकिन्छ । टाकुराबाट देखिने पहाड र जंगलहरु सुन्दर पक्ष हुन्, जसले मानिसहरुको दृष्टि तानिरहेको हुन्छ । दोलखाका अधिकांश गाउँवस्तीका आकृति टाकुराबाट नजर लाउन सकिन्छ । नेपालको मध्यपूर्वीय जिल्लाहरुका पहाड र डाँडाहरुलाई क्षितिजसम्मको हेराइले मानिसहरुलाई आनन्द तुल्याउँछ । यो टाकुरामा पहिलोपटक आफ्नो पाइला राख्दा पत्रकार किशोर श्रेष्ठ लगायतको टिम यस्तै कुराहरुले आनन्दित भएको अनूभुति गर्छन् ।

    राजधानी काठमाडौंबाट १३३ किलोमिटर अरनिको राजमार्ग र पुष्पलाल मार्गको लामोसाँघु जिरी सडक यात्रापछि दोलखाको मुख्यालय चरिकोट आउन सकिन्छ । यहाँबाट १७ किलोमिटर केही पक्की र अधिकांश कच्चीसडक यात्रापछि कालिञ्चोकको कुरी पुग्न सकिन्छ । निर्माणाधिन सडक भएकाले ‘फोरह्वील’ इन्जिन भएका गाडीहरु यात्राका लागि बढी सुरक्षित मानिन्छ । मौसमअनुसार अन्य इन्जिनका गाडी र मोटरसाइकलहरुबाट पनि मानिसहरु पुगिरहेका हुन्छन् ।

    केही वर्षअघिसम्म उक्त सडकयात्रालाई जोखिम मानिन्थ्यो । सुधारपछि जोखिम कम हुँदै गएको यहाँ निरन्तर भ्रमण गरिरहने पर्यटकहरु बताउँछन् । कुरीबाट कालिञ्चोकतर्फको पदयात्रामा बाटो भुलेर मानिसले ज्यानै गुमाउनु परेको दु:खद् घटना छन् । अहिले बाटो देखाउने संकेतहरुले त्यो घटना दोहोरिने सम्भावना कम हुने अपेक्षा स्थानीयको छ । आरमस्थलहरु र खुड्किलो निर्माणले हिँडाइ सुविस्तायुक्त छ । बाटोको वरपर बार लगाइएकोले यात्रालाई थप जोखिममुक्त बनाइएको छ । भूकम्पले बिगारेको बटाहरु सुधारिएकाले घ्याङडाँडातर्फको यात्रा पनि सुरक्षित छ ।

    कालिञ्चोक मन्दिरमा चढाइएका भेटी व्यवस्थापन समिति निर्माण गरी कुरीसम्मको ‘कोरिडोर’ सुधारमा स्थानीयहरु जुटेका छन् । कुरीबाट केबलकार निर्माण थालनीले यहाँको भविष्य थप उज्ज्वल देख्दै मानिसहरुले व्यावसायिक दृष्टिकोण राखेर ओइरिरहेका छन् । कुरी आफंै सरकारी जमिनमा रहेकाले जमिन ओगट्ने दाउपेचमा लाग्नेहरु पनि कमी छैनन् । देश विदेशबाट मानिसहरु आउने कालिञ्चोकलाई व्यवस्थित गर्न जग्गा व्यवस्थापन समिति बनेको छ, तर कामयावी नदेखिँदा कालिञ्चोक क्षेत्र अव्यवस्थित जनघनत्वको सिकार भइरहेको छ । साथै, जैविक पर्यवरणीय क्षतिको मारमा पनि परिरहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.