×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ठूला बस चलाउन सरकारी कम्पनी खुल्दै, ५१ प्रतिशत सेयर लिन महानगरपालिका तयार

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कहाँ पुग्यो सरकारी बस चलाउने प्रचण्डको योजना ?

    रविन्द्र घिमिरे

    १४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री चुनिएपछि संसदमा गरेको संबोधनमा सरकारी स्तरबाट १ सयवटा ठूला बस किनेर चलाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा कार्यान्वयन होला भन्नेमा आशंका कायमै रहेका बेला स्थानीय विकास मन्त्रालयले विभिन्न नगरपालिकासँग समन्वय गरेर बस खरीद गर्न गृहकार्य सुरु गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले भनेका थिए- ‘६ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरीद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिनेछ ।’

    तर, सरकारले पहिलो चरणमा काठमाडौं महानगरपालिकासहित उपत्याकाका नगरपालिकाको स्वामित्वमा रहनेगरी उपत्यकाका लागि नै बस खरीद गर्ने तयारी सुरु गरेको छ ।

    यो योजना सफल भएमा सडमा निजी क्षेत्रको सार्वजनिक यातायातको आधिपत्य समाप्त हुनेछ । यसबाट स्वस्थ प्रतिस्पर्धा सिर्जना हुुनका सबै ठूला बसका कारण ट्राफिक व्यवस्थापन पनि सहज हुने सरकारको विश्वाश छ ।

    १० करोडको पुँजी

    यसअनुसार पहिलो चरणमा एक सय ठूला बस खरीद गर्न छुट्टै कम्पनी नै खडा गर्ने तयारी छ ।

    सरकारी तवरबाट यस्तो कम्पनी खडा गरेर बस खरीद गर्नेबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य गरेको छ । सो ही कम्पनीमार्फत नै बस चलाएर व्यवस्थापनको जिम्मा पनि उसैलाई दिने योजना छ ।

    यसमा स्थानीय निकायलाई सक्रिय रुपमा सहभागी गराउने तयारी छ । यस्तो कम्पनी खडा गरेर बस खरीद गर्न काठमाडौं महानगरपालिकासहित १७ नगरपालिकाले पनि सहमति जनाएका छन् ।

    मन्त्रालय स्रोतकाअनुसार यसरी ठूला बस चलाउन खोलिने कम्पनीको सेयर नगरपालिकाहरुलाई दिइनेछ । प्रारम्भमा सयवटा न्युनतम् १० करोड रुपैयाँको पुँजी राखेर कम्पनी खडा गरिनेछ ।

    ५१ प्रतिशत सेयर हाल्न महानगर तयार

    कम्पनीका काठमाडौं महानगरपालिकाले ५१ प्रतिशतसम्म सेयर पूँजी लगाउन सक्ने बताएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले कम्पनी खडा भए बहुमत सेयर लिन महानगरपालिका तयार भएको बताए ।

    ‘उपत्यकाको शहरी यातातात व्यवस्थापनमा महानगरपालिका गम्भिर छ’ तामाङले भने,’हामीले यातायात व्यवस्थापनको लागि पनि लगानी गर्नैपर्छ । त्यसैले स्थानीय विकास मन्त्रालयको समन्वयमा कम्पनी खडा भए हामी ५१ प्रतिशत सेयर लिन तयार छौं ।’

    महानगरपालिकाले साझा यातायतमा पनि ठूला बस किन्न सेयर किनेको थियो । त्यसैबाट साझाले ३० वटा नयाँ बस ल्याएर काठमाडौंका विभिन्न रुटमा चलाउने तयारी गरिरहेको छ ।

    कुन नगरको कति सेयर ?

    सरकारले खडा गर्ने यातायात कम्पनीलाई पनि व्यवस्थित र नमूना ढंगबाट चलाउने योजना छ । कम्पनीमा काठमाडौं महानगरपालिकाले ५ करोड १० लाख रुपैयाँसम्मको सेयर स्वामित्व लिन सक्ने जानकारी सरकारलाई गराइसकेको छ ।

    त्यसैगरी ललितपुर उपमाहनगरपालिका र बुढानिलकण्ठ नगरपालिकाले ५० लाख रुपैयाँको पुँजी राख्न सहमति दिएका छन् भने टोखा, चन्द्रागिरी, मध्यपुरथिमी र नागार्जुन नगरपालिकाले ३०/३० लाखको सेयर किन्न सक्ने बताएका छन् ।

    उपत्काभित्रका अन्य नगरपालिकाले १०/१० लाख रुपैयाँ सेयर पुँजी लिन सक्ने जनाएका छन् ।

    कार्यदल पनि बन्यो

    कम्पनी खडा गर्नका लागि आवश्यक तयारी गर्न स्थानीय विकास मन्त्रालयले एक उपसचिवको नेतृत्वमा कार्यदल बनाएको छ । सो कार्यदलले कम्पनी खडा गर्न आवश्यक सबै तयारी गर्ने जिम्मा पाएको छ ।

    यसअनुसार यसै वर्षभित्र सरकारी स्तरको यातायात कम्पनी खडा हुनेछ । कार्यदले कम्पनीका लागि आवश्यक नियमावली तयार गर्नेसहितका जिम्मेवारी पाएको छ ।

    बस सरकारी अनुदानका

    प्रधानमन्त्रीको घोषणाअनुसार अपांगमैत्री तथा सुविधासम्पन्न ठूला बस खरीद गर्न ५१ करोड रुपैयाँ लाग्ने अनुमन छ । यातायात कम्पनीलाई सुरुमा सरकारले ठूला बस खरीद गरेर अनुदानमा उपलब्ध गराउनेछ ।

    यसलाई स्थापित गरेपछि कम्पनी आफैंले पनि बस थपेर सञ्चालन गर्नेछ । यसका लाग अर्थ मन्त्रालयमा आवश्यक रकमका लागि प्रस्ताव गर्ने योजना छ ।

    कम्पनीबाट सञ्चालन हुने ठूला बसलाई आवश्यक्ताअनुसार उपत्यकाबाहिर पनि पठाउने व्यवस्था गर्ने सरकारी योजना छ । यसलाई सुरुमा भने उपत्यकामा नै केन्दि्रत गरिनेछ ।

    बस खरीद प्रक्रिया अघि बढेपछि उपत्याकका सबै नगरपालिकाले आफ्नो नगर क्षेत्रमा एक-एक वटा बसपार्क खडागर्ने सहमति पनि भएको छ । यसले ठूला बसको पार्किङमा पनि सहजता आउने अपेक्षा छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.