×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सप्तरी पुगेर राजेन्द्र महतोले भने- पाँच जिल्लाबाहेक अरु विवाद मिल्यो

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘मधेस बाहुल्य क्षेत्रलाई मधेस प्रदेशमा मिलाउनुपर्छ’

    एस.के. शान

    १३ कात्तिक, सप्तरी  । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई/मधेसका पाँच जिल्लाबाहेक अन्य जिल्लालाई मधेस प्रदेशमै राख्न प्रमुख तीन दलका नेताहरु तयार भएको बताएका छन् ।

    महतोले अब पाँच जिल्लामा मात्रै विवाद रहेको र यी जिल्लाका मधेस बाहुल्य वस्तीलाई समेटेर भए पनि सीमांकनको विवाद ट्ंग्याउनुपर्ने बताए ।

    सरकारसँग मधेसी मोर्चाको आइतबार (भोलि) औपचारिक वार्ता हुने र सो वार्तामा सीमांकन र संविधान संशोधनको विषयलाई आफूहरुले एजेन्डा बनाउने महतोले बताए । ‘सरकारसँग मधेसी मोर्चाको औपचारिक वार्ता हुने जानकारी प्राप्त भएको छ’ सदभावना निकट प्रेस मञ्चले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले भने, ‘वार्तामा संविधान संशोधन र सीमांकनको कुरा हामी उठाउँछौं ।’

    महतोले पाँच जिल्लाका पहाडी वस्तीलाई पहाडमा र मधेसी वस्तीलाई मधेसमा मिसाएर भए पनि सीमांकनको विवाद टुंग्याउनुपर्नेमा जोड दिए ।

    झापादेखि चितवनसम्म मधेस र नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश आफूहरुको एजेन्डा रहेको बताउँदै यस्तो नगरे आफूहरुले सीमांकन नमान्ने महतोले उद्घोष गरे ।

    संविधान संशोधन नगरिए मुलुकमा ठूलो संकट उत्पन्न हुने बताउँदै उनले वार्तामा संविधान संशोधनको कुरा जोडका साथ उठाइने जानकारी दिए । उनले छठभित्र संविधान संशोधन प्रस्ताव संसदमा पेश नभए मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताए ।

    पहाडमा गाँसिएका तराई/मधेसका अन्य जिल्ला मधेस प्रदेशमै मिलाउन मुख्य तीन दल सहमत भए पनि पाँच जिल्लालाई दिन नखोजेको महतोले बताए ।’पूर्वका झापा, सुनसरी र मोरंग तथा पश्चिमका कैलाली कञ्चनपुरलाई मधेसको प्रदेशमा दिन खोजेको छैन’ महतोले भने, ‘यी पाँच जिल्लालाई पनि मधेसमा नदिए सीमांकन मान्य हुने छैन ।’

    यी पाँच जिल्लाका बासिन्दा मधेसको प्रदेशमा जान चाहँदैनन् भन्ने भ्रम फैलाइएको बताउँदै महतोले यो भ्रम चिर्न पाँच जिल्लामा बसोबास गर्ने मधेसी र थारुसँग सोध्नुपर्ने बताए ।

    ‘सरकार र मुख्य दलका नेताहरुले जनता नै मधेस प्रदेशमा जान नखोजेको भनेर भ्रम फैलाइरहेको छ’ उनले भने, “वास्तविकता यो होइन, यी जिल्लामा बसोबास गर्ने मधेसी/थारुहरुले तराई/मधेसकै प्रदेशमा बस्न चाहेका छन् । यसको सर्वेक्षण, जनमत संग्रह जे हुन्छ, सरकारले गरोस् । आएको परिणामलाई हामी पनि मान्नेछौं ।”

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.