×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भैरहवामा इमर्जेन्सी अवतरण सुविधा

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन अर्याल

    काठमाडौं: भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको हो ।

    विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छ’, आयोजना प्रमुख ओम शर्माले भने, ‘अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।’

    अहिले प्रि बेसको काम भइरहेको उनले बताए । यो चरणमा रिभर बेल्ट मेटेरियल्स (गिट्टी र बालुवा) बाट दुई फिट रनवे माथि उठाइन्छ ।

    रनवे बनेपछि विमानस्थलको झन्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ ।

    शर्माका अनुसार अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ । जमिनमुनिको अप्ठ्यारो काम लगभग सम्पन्न भएको छ । जमिनभन्दा माथिको काम तुलनात्मक रूपमा सजिलो हुने भएकाले छिटो अगाडि बढ्ने उनले बताए । ‘बर्सात् र दसैंतिहारले काममा अवरोध भएको छ’, उनले भने, ‘तिहारलगत्तै कामले तीव्रता पाउनेछ ।’

    रनवेको बीचमा घाँघरा नदी पथ्र्यो । नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर ‘डाइभर्सन’ गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणकार्य जारी छ । टर्मिनल भवनको बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी शर्माले दिए । अहिले जमिनमाथि पिलर उठाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा अराइभल र डिपार्चर भवन छुट्टाछुट्टै हुनेछन् । अराइभल भवनको अन्डरग्राउन्डमा एरोनिकल र मेकानिकल कक्ष हुनेछ ।

    कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणकार्य पनि जारी छ । यो भवनको पनि जमिन तलको काम सकिएको शर्माले बताए । रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ ।

    यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ‘एरो ब्रिज’ (भवनबाट सीधै जहाजमा चढ्ने) बनाउने तयारी भइरहेको शर्माले बताए । तर अहिले बनाउन लागेको टर्मिनल भवनमा ‘एरो ब्रिज’ राख्न नमिल्ने भएको छ । ‘एरो ब्रिज’ राख्दा पार्किङ क्षेत्र साँघुरिने देखिएको उनले बताए ।

    ‘अहिले बनाइरहेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई पछाडि आन्तरिक टर्मिनल भवन बनाउँछौं’, शर्माले भने, ‘प्रशस्त ठाउँ राखेर अर्को ‘एरो ब्रिज’ सहितको अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने योजना छ ।’ अहिलेको गुरुयोजनामा ‘एरो ब्रिज’ बनाउने डिजाइन गरिएको थिएन । निर्माणकार्य सुरु भइसकेपछि ‘एरो ब्रिज’ बनाउने निर्णय गरिएको हो । दोस्रो चरणमा ‘एरो ब्रिज’ सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

    यो विमानस्थल सन् २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य थियो । तर भूकम्प र तराई आन्दोलनले काम रोकिँदा ६ महिना ढिलो हुने शर्माले बताए । त्यसमाथि स्थानीय प्रशासनले निर्माण सामग्री (गिट्टी, ढुंगा र बालुवा) उपलब्ध नगराउँदा परियोजना निर्माणमा ढिलाइ भइरहेको छ । सन् २०१८ को मध्यतिर विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ ।

    यो ‘फोर ई’ स्तरको विमानस्थल हो । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमान यहाँ अवतरण गर्नसक्ने जानकारी शर्माले दिए । यसलाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चीनको नर्थ वेस्ट कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

    यसलाई भविष्यमा अझै विस्तार गर्ने कार्ययोजना छ । यसका लागि थप ४२८ बिघा जमिन अधिग्रहण गर्ने काम अन्तिम चरणमा पुगेको शर्माले बताए । ‘पहिला जग्गा नदिने भन्दै स्थानीयबाट विरोध भइरहेको थियो’, उनले भने, ‘बिस्तारै मुआब्जा राम्रो दिनुपर्छ भन्न थालेका छन् । विरोध सेटल हुँदै गइरहेको छ ।’

    भारतसँग सम्झौता भएन

    भैरहवाको विमानस्थलबाट उडान अवतरण गर्न भारतीय आकाश पनि प्रयोग गर्नुपर्छ । यसका लागि नेपाल र भारतबीच खुला आकाश सम्झौता अझै हुन सकेको छैन । भारत सरकारले आलटाल गरिदिँदा सम्झौता हुन नसकेको हो । विमानस्थल निर्माण सम्पन्न भए पनि भारतसँग सम्झौता नहुँदासम्म सहजै अन्तर्राष्ट्रिय उडान अवतरण गर्न सकिँदैन । सम्झौता नभएमा प्रत्येक उडानका लागि भारतसँग अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ । भारतीय पक्षले वार्ताको मिति तोक्दै सारिरहँदा लामो समयदेखि सम्झौता हुन नसकेको पर्यटन मन्त्रालय बताउँछ ।

    चारवटा पाँचतारे

    भैरहवा र लुम्बिनी क्षेत्रमा तारे होटेल खोल्ने होडबाजी चलेको छ । अहिले एक दर्जन तारे होटेल बनिरहेका छन् । आगामी तीन वर्षभित्र चारवटा पाँचतारे होटेल सञ्चालनमा आउँदैछन् । होटेल निर्माण तीव्र रूपमा भइरहेको छ । विमानस्थल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वासले होटेलमा लगानी बढेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’ को अवस्थामा पुगेको छ । ‘विमानस्थल सञ्चालनमा आएपछि उडान थपिनेछन् । यसले पर्यटकको संख्या बढाउनेछ’, शर्माले भने, ‘साथै वैदेशिक रोजगारी र अध्ययनमा जाने नेपालीलाई पनि सहजता हुनेछ ।’

    पाँचतारे टाइगर प्यालेस रिसोर्टको सिभिल निर्माण सकिएको छ । अहिले रिसोर्ट साजसज्जाको काम भइरहेको छ । रिसोर्ट यही वर्ष सञ्चालन हुँदैछ । अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज समूहको साढे तीन अर्ब लगानीमा रिसोर्ट तयार भएको हो । रिसोर्ट यस क्षेत्रकै पहिलो पाँचतारे हुनेछ ।

    पहिलो चरणमा सयवटा डिलक्स कोठा तयार हुँदैछन् । दोस्रो चरणमा तीन सय पुर्‌याइने बताइएको छ । रिसोर्टका १४ कोठा र स्विमिङ पुल जोडिएका छन् । यी रुमबाट सीधै स्विमिङ पुलमा डाइभ हान्न मिल्छ । खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गर्न लागिएको हो । रिसोर्टका कोठा प्रतिरात दुई सय डलरमा बिक्री गर्ने लक्ष्य छ ।

    स्थानीय व्यवसायी पवनकुमार हलुवाईले लुम्बिनीनजिकै पाँचतारे पवन प्यालेस बनाइरहेका छन् । यो होटेलमा एक अर्ब ३५ करोड लगानी हुँदैछ । यसमा एक सय ४७ कोठा हुनेछन् । होटेल सन् २०१७ को अक्टोबरदेखि सञ्चालनमा आउने पवनकुमार हलुवाईले बताए ।

    भैरहवामा सञ्चालित बोधी रेडसनको स्तरोन्नति गरी पाँचतारे बनाउन लागिएको छ । स्तरोन्नतिको काम धमाधम भइरहेको छ । होटेलमा कोठा थपेर १०६ पुर्‌याइने भएको छ । यसका लागि नयाँ बिल्डिङ तयार भइसकेको छ । भैरहवाको बेलहियामा अर्को पाँचतारे ‘नान्स’ होटेल बनिरहेको छ । यो होटेल पनि सन् २०१७ को सेप्टेम्बरदेखि सञ्चालनमा आउने बताइएको छ । होटेलमा करिब ७० करोड रुपैयाँ लगानी हुँदैछ ।

    काठमाडौं, पोखरा र चितवनमा लक्जरी होटेल चलाइरहेका व्यवसायीको ध्यान भैरहवा र लुम्बिनीमा खिचिएको छ ।
    होटेल तिब्बत काठमाडौंले लुम्बिनीमा पाँचतारे होटेल बनाउन जग्गा खरिद गरिसकेको छ । एसियन फर्मास्युटिकल्सले भैरहवाको बर्मेली टोलमा चारतारे होटेल बनाउने भएको छ ।

    उद्यमी विनोद चौधरीले पनि लुम्बिनीमा होटल खोल्न जग्गा खोजिरहेका छन् । द्वारिकाजले लुम्बिनीमा होटेल खोल्न जग्गा किनिसकेको छ । स्थानीय होटेल व्यवसायी राम थापाले पनि लुम्बिनीमा पाँचतारे होटेल सञ्चालन गर्दैछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.