×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भक्तपुर, कात्तिक ९ गते । कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवारले मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेको छ । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका बालाले फूलखेतीबाटै कतार र मलेसियाभन्दा बढी आम्दामी हुने भएपछि अब विदेश नजाने निर्णय गरिएको जानकारी दिए ।

    जयराम भन्छन्– “कतार र मलेसियामा महिनाको रु २५ देखि ३० हजार कमाउन सकिन्थ्यो, यता आफ्नै गाउँमा फूल र तरकारी खेती गर्दा महिनाको रु ४० देखि ५० हजार कमाउन सकिने रहेछ, त्यसैले अब म कामका लागि विदेश जान्न, यतै तरकारी र फूलखेती गरेरै राम्रो कमाइ गर्छु ।” यस वर्ष एक रोपनी आधा जग्गामा मखमली फूलको खेती गर्दा चार हजार पाँच सय माला तयार गरिएको बताउँदै उनले यसबाट रु एक लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए ।makhmali

    उनकै श्रीमती शोभाले आठ वर्षदेखि मखमली फूलको खेती गरेकी छन् । शोभाले भनिन्, “यहाँ दुई आना जग्गामा फूल खेती गर्नेले पनि एक सिजनमा रु ३० हजार कमाउँछन्, राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिन्छ, त्यसैले श्रीमान्लाई विदेशबाट गाउँमै बोलाएको हुँ ।”

    भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले बिदेसिनु नपर्ने उनको तर्क छ ।
    बाला दम्पती मात्रै होइन फूलखेतीबाटै मनग्य आम्दानी हुने भएपछि यहाँका अन्य बासिन्दा पनि फूलखेतीतर्फ आकर्षित भएका छन् । आठ वर्षदेखि मखमली फूलखेती गर्दै आएका बालाटोलकै सन्तमाया बालाले पनि यस वर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, “घर घरमै फूलको माला लिन आउनेलाई रु ४२ हजारको माला बेचियो, अझै रु ४५ हजार जतिको माला तयार छ, अब आफँै बजारमा लगेर बिक्री गर्छु ।”

    मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमास समेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै याममा एउटै जग्गाबाट दोहोरो आम्दानी गर्ने भएकाले यसतर्फ आकर्षण बढेको हो । बाला टोलकै दिलमाया बालाले आधा रोपनी जग्गामा गरिएको मखमली फूलबाट रु ३० हजार आम्दानी भएको जानकारी दिइन् ।saypatri

    किसानले बजारमा आफैँले लैजाँदा एउटा मालाको रु ४० देखि १०० सम्म बिक्री हुन्छ भने गाउँमै लिन आउने व्यापारीले एउटा मालाको रु १८ देखि २० सम्म दिने गरेका छन् । रोग लाग्न थालेपछि फूलमा औषधि राख्नुपर्ने तथा एक रोपनी जग्गामा फूलखेती गर्दा करिब रु २५ हजार खर्च हुने र बढीमा एक लाखसम्मको फूल उत्पादन हुने किसानको भनाइ छ ।

    फूल खोज्दै गाउँ गाउँमै काठमाडौँ उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरे पनि आफूले खोजे अनुसारको मूल्य नपाउने बताउँछन् । जिविस भक्तपुरको स्थानीय विकास कोषले आठ वर्ष अगाडि यहाँका महिलालाई सङ्गठित गरेर मखमली र सयपत्री सामुदायिक संस्था सञ्चालनमा ल्याएपछि फूलखेतीमा यहाँका किसान आकर्षित भएका हुन् ।

    कोषका सदस्य सचिव राजन शर्माले भने, “घरको प्रयोगका लागि मात्रै फूल लगाउने यहाँका बासिन्दालाई सामुदायिक संस्था गठन गर्न लगाएर तालिम दिने, फूलखेतीको अनुगमन गर्ने, विशेषज्ञको टोली लगेर कार्यक्रम सञ्चालन गर्ने, औषधि हाल्ने स्प्रे लगायत सामग्रीसमेत वितरण गर्दै फूलखेतीतर्फ आकर्षित गरेका हौँ ।”

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.