कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ९ गते । केही समय सम्म काठमाण्डौं को यो पाखो प्रयोग विहीन थियो । चन्द्रा गिरीको डाडोमा धार्मिक आस्थाले पुग्ने बाहेक अरुको महत्व नभएको यो ठाउँलाई केबलकार सञ्चालनमा आए देखी त्यहाँ पुग्नेको संख्या ह््वात्तै बढेको छ । त्यसैले गर्दा होला केबलकार चढनै लागि चितवनको चेरेश सम्म आउनु पर्ने दिन अब गएको छ उनीहरुका लागि ।

समुन्द्रको सहत देखी १ हजार ५ सय ६५ मिटरबाट सञ्चालीत केबलकार अहिले चन्द्रागिरीको २ हजार ५ सय २० मिटर सञ्चालीत छ । यसैका कारण पनि घण्टौ लगाएर जंगलको उकालो उक्लन नसक्नेहरुका लागि यो बरदान नै सावित भएको छ ।

केबलकार सञ्चालनमा आए देखी राजधानीको कोलाहल मन नपराउने र केही समय रमाइलो गर्नेहरुका लागि यो ठाउँ बरदान नै सावीत भएको छ ।
धुवा र धुलो बाट त जोगिने नै भयो यहाँ पुग्दा देवताको दर्शनका साथै काठमाण्डौं खाड्ल कस्तो छ सहजै देख्न पाइने भएको छ । यसको सबै चाजो पाचो चन्द्रागिरी हिल्सले मिलाउको छ । 
हिड्न इच्छागर्नेहरु देखी सवारी साधान हुनेलाई समेत चन्द्रागिरी पुग्न नसकीने भने होइन । अहिले कच्ची सड्क खोल्ने काम समेत सम्पन्न भै सकेको छ । यहाँ जाने मध्ये धेरै जसोले केवलकार नै प्रयोग गरेको पाइन्छ । 
डाडाँको उच्च भागमा भोलेश्वर महादेव बसेका छन । यो स्थानमा फागु पुर्णिमाको दिनमा ठुलै मेला समेत लाग्ने गर्दछ । यो मन्दिर समुन्द्री सहतबाट २ हजार ५ सय ५७ मिटरमा बनेको छ । 
केबलकार सञ्चालकले यो क्षेत्रलाई बिशेष प्रकारले सजाएको छ । अबको केही वर्ष भित्रै सेवा र सुविधाको नाममा पैसा भए सबै कुरा पाउन सकिने स्थानको बिशेषता पाउन कम्मर कसेर सञ्चालकहरु लागेका छन । 
१ घण्टामा १ हजार यात्रुलाई ओसार पसार गर्न सक्ने यो केबलकार प्रति सेकेण्ड ५ मिटरका दरले माथि र तल गर्ने गर्दछ । ।
२.५ किलो मिटर लामो दुरी रहेको केबलकार अपाङ्ग मैत्री बनेको केबलकारका अप्रेशन म्यानेजर प्रदिप नकर्मीले जानकारी दिनु भयो ।चन्द्रागिरी हिल्सले यो क्षेत्रमा ३.१५ अरब रुपैयाँ लगानी गर्दै छ ।



