×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बन्ने

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन्देश श्रेष्ठ

    ६ कत्तिक, पोखरा । पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै १ सय ८ फिट अग्लो भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो ।

    पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क निर्माणसहित पर्यटन प्रबर्द्धनको बृहद योजना सुरु गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    पुम्दीकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर पर्यटन आगमनमा बृद्धि गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको शिव मुर्ति तथा स्मृति पार्क कुल १७ रोपनीमा बनाइन लागेको छ ।

    जसमध्ये १२ रोपनीमा पूर्वाधार निर्माण गरिने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिका संयोजक चन्द्रकान्त वरालले जानकारी दिए ।

    shivas-murti-pokhara-2
    त्यस क्षेत्रबाहेक नजिकका चौउगाडे, भुम्दीकोट, थाप्लेडाँडासहित पञ्चासेसम्मकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रबर्द्धन ५ वर्ष भित्र पूरा गर्ने लक्ष्य लिएर काम थाल्न लागेको समितिले मंसिरको पहिलो साता शिवको मुर्ति र स्मृति पार्कको शिलान्यास गर्ने र २ वर्ष भित्रमा बनाइसक्ने योजना रहेको उनले बताए । मुर्ति र स्मृति पार्क भने ५ करोड २५ लाखमा बनाइने उनको भनाइ छ ।

    मूर्ति र स्मृति पार्कको डिजाइन बनिसकेको समितिले जनाएको छ । डिजाइन डि्रम डेभलपर्स कन्सल्टेन्सीले बनाएको हो । जसमा १०८ फिट अग्लो शिवको मुर्ति पुम्दीकोट टावरको अघिल्लो भागमा बनाइनेछ ।

    जसको वरिपरी १०८ शिवलिङ्ग निर्माण गरिने र मुर्तिलाई डाईमार्फत गणेश भगवानले परिक्रमा गरिरहने शिव मुर्ति बनाइनेछ । टावर यथावत रहने भएको छ । जसबाट फेवाताल, अन्नपूर्ण हिमालका श्रृंखलाहरु, माछापुच्छ्रे हिमालसहित पोखराका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मुर्ति भन्दा केही अगाडिको भागमा दुइतले भवन बन्नेछ ।

    जसको पहिलो तलामा पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिको कार्यालयसहित बहुउद्धेश्यी भवन रहनेछ भने दोश्रो तलामा मेडिटेसन हल बनाइनेछ ।

    मुर्ति जानका लागि दायाँ साइडबाट सिधै खुडि्कलो भएको बाटो हुनेछ भने त्यसभन्दा भित्रको साइडबाट अपाङग तथा बृद्धबृद्धामैत्री स्लोपिङ बाटो मुर्तिसम्मै बनाइनेछ । जहाँबाट अपाङ्गता भएकाहरु तथा बृद्धबृद्धाहरु सजिलै मुर्तिस्थलसम्म पुग्न सक्छन् ।

    मुर्तिको अघिल्लो भागमा पार्किङ स्थल बनाइनेछ । जहाँ २ सय वटासम्म सवारी साधन सजिलै पार्किङ गर्न मिल्ने समितिको दाबी छ । पार्किङको केही माथी स्मृति पार्क बन्नेछ । जहाँ साना वालवालिकादेखी युवा तथा बृद्धबृद्धसम्मलाई खेल्ने तथा घुम्ने पूर्वाधार निर्माण गरिनेछ । त्यसभन्दा माथिल्लो भागमा सोभनियर सप राखिनेछ ।

    जहाँ स्थानिय उत्पादन बेच्नका लागि राखिनेछ । पर्यटकले चिनोको रुपमा स्थानिय उत्पादन लैजाउन् भन्ने उद्धेश्यले यो पसल राखिन लागेको हो । सप नजिकै ढुङ्गे धारा बनाइने भएको छ । जुन नेपाली ग्रामिण टिपिकल धारा बनाइनेछ ।

    २१ करोड लागतमा बनाइन लागेको मुर्ति तथा स्मृति पार्क सरकार, सरोकारवाला धार्मिक तथा सामाजिक संघसंस्थाहरु, देश विदेशमा रहेका सहयोगि एवम् शुभचिन्तकसहित सम्पूर्ण पोखरेलीको सहयोगमा बनाइने समितिका संयोजक वरालले बताए । यो निर्माणका लागि नेपाल सरकार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ बिनियोजन भइसकेको समितिले जनाएको छ ।

    थप बिनियोजनका लागि पहल भइरहेको संयोजक वरालले बताए । मुर्ति तथा पार्क निर्माणका लागि २५ लाख भन्दा बढी सहयोग गर्ने व्यक्तिको इच्छाअनुसारको अर्ध कदको शालिक राखिने उनले जानकारी दिए ।

    शिव मुर्ति र स्मृति पार्क बनाइन लागेको सो स्थानमा पुम्दीकोट टावर छ । जुन ठाउँमा स्थानिय माओवादी केन्द्रका नेता रामजी वराल ‘जीवन’को विशेष पहलमा डेढ करोडको लागतमा केही पूर्वाधार बनिसकेका छन् भने पार्क र बस्ने ठाउँको ब्यबस्थापन पनि गरिएको छ ।

    यसैबीच, पत्रकार सम्मेलनमा उपस्थित स्थानिय तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज वरालले पुम्दीकोटको बृहद पर्यटन प्रबर्द्धनमा सघाउने घोषणा गरे ।

    उनले हामी नेपाली प्राकृत दोहन मात्र गर्न सिपालु भएको टिप्पणी गर्दै मानव निर्मित पूर्वाधार निर्माण गरेर पर्यटक लोभ्याउनुपर्नेमा जोड दिए । पुम्दीकोटलाई पर्यटकीय गन्तव्य बनाउन र त्यसको म्यापिङ गर्न आफूले पर्यटन बोर्डलाई निर्देशन दिइसकेको उनले बताए ।

    साथै पोखरा पर्यटन परिषद, होटल संघ, टान, नाट्टा, रेबानलगायतका पर्यटनसम्बद्ध संघसंस्थालाई पुम्दीकोटको प्रबर्द्धन तथा विकासमा सघाउन आफूले आग्रह गरेको उनले बताए । उनले पोखरा आएका हिन्दु पर्यटक पुम्दीकोट पुगेर मात्रै र्फकने वातावरण निर्माण गर्नुपर्ने र त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.