×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१८ करोडमा काष्ठमण्डपको पुनर्निर्माण हुँदै, १८ हजार क्युफिट काठ लाग्ने

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारसँग काठ किन्ने, टेण्डरको तयारी

    रविन्द्र घिमिरे

    ६ कात्तिक, काठमाडौं । भूकम्पले भत्काएको महत्वपूर्ण पुरातात्विक एवम् ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि १८ हजार क्युफिट काठ लाग्ने भएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेको समयमा पुरातत्व विभागले यसमा लाग्ने काठको परिमाण एकीन गरेको हो ।

    पुनर्निर्माणका लागि आवश्यक पूर्वाधार, बजेट र मापदण्डसहित सबै विषय पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र पुनर्निर्माण प्राधिकरणबीच सहमति भएकाले अब टेण्डरको तयारी सुरु गरिएको महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।  सरकारले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिएको छ ।

    टिसीएनबाट काठ किनिने

    काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई टेण्डर निकाल्न विभागले यसअघि नै स्वीकृति दिएको थियो । तर यसका विविध प्राविधिक पक्षबारे स्पष्ट नहुँदा र निर्माण मापदण्डबारे अन्योल हुँदा निर्माण प्रक्रिया रोकिएको थियो ।

    अब प्राधिकरण, विभाग र महानगरपालिकाबीच काष्ठमण्डमा प्रयोग गर्ने काठ सबै सरकारले नै उपलब्ध गराउने सहमति भएको छ । यसअनुसार महानगरपालिकाले टिम्बर कर्पोरेशन अफ नेपाल -टिसीएन)साग काष्ठमण्डका लागि काठ किन्ने छ । महानगरपालिकाले यसको निर्माण भने ठेकेदारमार्फत नै गर्नेछ ।

    सालको काठ प्रयोग हुने

    काष्ठमण्डपमा कु-काठ मानिने सिसौ, चिलाउने लगायतका रुखका काठ प्रयोग गरिने छैन । बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गर्न अनिवार्य गरिएको छ ।

    पुनः प्रयोग गर्न मिल्ने काठहरु जाँच गरेर मात्रै प्रयोग गर्ने योजना पनि छ । प्राविधिक जाँच गरेर योग्य काठ फेरि काठहरु प्रयोग गरिनेछ ।  काम नलाग्ने काठ भने विभागले नै राख्नेछ ।

    काष्ठमण्डप एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंबदन्ती छ । तर, पुरातत्व विभागले एउटै रुखबाट काठ निकालेर यसको पुनर्निर्माण गर्न महानगरपालिकालाई भनेको छैन । यो अहिले सम्भवन पनि नदेखिएको विभागका अधिकारी बताउँछन् ।

    काष्ठमण्डपको पुनर्निर्माणमा निकै ठूला आकारका काठहरु प्रयोग हुन्छ । तर, काष्ठमण्डपमा ठूला बुट्टा र जटिल किसिमका काष्ठकलाकृतिहरु नभएकाले नाउन ठूलो मेहेनत भने नपर्ने पुरातत्वका अधिकारीको भनाइ छ ।

    ‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै’

    काष्ठमण्डपको पुनर्निर्माण डिजाइनमा पहिलेभन्दा कुनै किसिमको फेरबदल नगरिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।  पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा त्यसमा कुनै परिवर्तन गर्न नपाइने युनेस्कोको अन्तराट्रिय मापदण्ड नै छ ।

    ‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै हुनुपर्छ । भूकम्पले ढाल्न नसकिने गरी यसको पुनर्निर्माण हुन्छ,’ दहालले भने । यसको निर्माणमा बलियो प्रविधि अपनाए पनि आधुनिक निर्माण सामाग्री प्रयोग नगरिने उनले स्पष्ट पारे ।

    सुरुवात कहिलेबाट ?

    काष्ठमण्डपको निर्माण सुरु गर्ने विषय लामो समयदेखि अन्योलमा छ । रानीपोखरीको मन्दिर निर्माण्को क्रममा महानगरपालिकाले आरसीसी प्रविधि प्रयोग गरेपछि काष्ठमण्डपको प्रक्रिया अघि बढाउन पनि ढिलाइ भएको हो ।
    अब सबै सहमति जुटेपनि टेण्डर प्रक्रिया सकेर औपचारिक पुनर्निर्माणको काम कहिलेदेखि सुरु हुन्छ भन्ने अन्योल  अझै कायम छ ।

    ‘अब लागत स्टमेटको रिभाइज भइरहेको छ । यो सकिनासाथ टेण्डर हुन्छ’ महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने,’जतिसक्दो छिटो सुरु गरेर यसको निर्माण सक्न हामी पनि आतुर छौं ।’

    लागत १८ करोड

    निर्माण सुरु भएको दुईदेखि तीन वर्षमा पुनर्निर्माण सक्ने महानगरपालिकाको लक्ष्य छ । पुरातत्व विभागले काष्ठमण्डपको पुनर्निर्माणका लागि आधिकारिक ‘ड्रोइङ र डिजाइन’ महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

    पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन लाग्ने झण्डै २० करोड अनुमान गरिएको थियो । तर, यसका लागि आवश्यक काठ सरकारले सरकारी दरमै उपलब्ध गराउने भएकाले लागत घटेर १८ करोडसम्म हुने अनुमान गरिएको छ ।
    महानगरपालिको काष्ठमण्डप पुर्निर्माणका लागि पहिलो चरणमा ३ करोड रुपैयाँ छुट्याएको छ । बाँकी रकम निर्माण गर्दैगर्दा पछिल्ला वर्षहरुमा व्यवस्था गर्नेर पुनर्निर्माण प्राधिकरणले पनि यसमा सहयोग गर्ने भएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.