×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दुई तिहाइ हिस्सा मोटर बिमाकै

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्षति मूल्यांकनको बहानामा तोकिएको बिमांक रकमभन्दा कम दिने, लामो समय झुलाउने लगायतका समस्याले सर्वसाधारणमा बिमाप्रति निराशा

    यज्ञ बञ्जाडे, काठमाडौं
    आश्विन ३०, २०७३- गत वर्षको भूकम्पले बिमासम्बन्धी केही चेतना बढे पनि निर्जीवन बिमा बजारमा दुई तिहाइ हिस्सा मोटर बिमाकै छ । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल जारी बिमा लेखमध्ये झन्डै ७१ प्रतिशत हिस्सा मोटर बिमाको छ । सवारी साधनमा अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था रहेकाले मोटर बिमाको हिस्सा धेरै रहेको हो । तेस्रो पक्ष बिमा पनि अनिवार्य छ ।

    आर्थिक वर्ष ०७२/७३ मा १४ लाख ११ हजार ६ सय २९ वटा बिमा लेख जारी भएका छन् । त्यसमध्ये १० लाख १ हजार ३ सय ९० बिमालेख मोटर बिमाका छन् । यो कुल बिमा लेखको ७० दशलमव ९३ प्रतिशत हो । यसमा पनि मोटर साइकलको अंश धेरै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७२/७३ मा मोटर बिमालेखको संख्या २९ दशमलव २४ प्रतिशतले बढ्यो । आर्थिक वर्ष ०७१/७२ को तुलनामा यो संख्या २ लाख १८ हजार ५ सय २७ ले बढी हो ।

    बिमासम्बन्धी पर्याप्त चेतना नहुँदा स्वैच्छिक रूपमा बिमा गर्ने प्रचलन अपेक्षित रूपमा बढ्न नसकेको बिमा समितिका निर्देशक श्रीमान कार्कीले बताए । ‘सवारी साधनमा अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘यसकारण कुल बिमामा मोटर बिमाको हिस्सा धेरै भएको हो ।’ यातायात कार्यालयले सवारी साधनको नवीकरण गर्दा बिमा गरेको प्रमाण पनि खोज्न थालेपछि सवारी साधनको बिमा झनै बढेको उनले बताए । यद्यपि अझै पनि सबै सवारी साधनको बिमा नभएको उनले बताए ।

    अनिवार्य बिमा गर्नुपर्ने व्यवस्थाकै कारण सवारी साधन बिमाको अंश धेरै देखिएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पान्डेले बताए । नेपाली बिमाको इतिहास नै अनिवार्य बिमाबाट सुरु भएको जनाउँदै उनले भने, ‘अनिवार्य बिमाको व्यवस्था भए पनि अझै करिब ५० प्रतिशत सवारी साधन बिमाको परिधिमा आउन सकेका छैनन् ।’ उपभोक्ताको आर्थिक अवस्था, पर्याप्त चेतनाको अभाव, बिमा कम्पनीहरूले सेवाग्राहीलाई आश्वस्थ पार्न नसक्नुलगायत कारण स्वैच्छिक रूपमा बिमा बिस्तार हुन नसकेको पान्डेको तर्क छ ।

    गत आर्थिक वर्षको कुल बिमा शुल्क (प्रिमियम) मा पनि मोटर बिमाको हिस्सा सबैभन्दा बढी छ । सो अवधिमा १४ अर्ब ६९ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ । त्यसमध्ये मोटर बिमाबाट मात्र ६ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको देखिन्छ । यो कुल वार्षिक बिमा शुल्कको ४३ दशमलव २८ प्रतिशत हो । यसैगरी, गत आर्थिक वर्षमा १६ अर्ब १० करोड रुपैयाँको दाबी भुक्तानी भएको छ । त्यसमध्ये सबैभन्दा बढी अग्नि बिमामा ६ अर्ब ४१ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । त्यस्तै, मोटर बिमामा २ अर्ब ७८ करोड, हवाई बिमामा १ अर्ब ५२ करोड र विविधमा ३ अर्ब ९१ करोड रुपैयाँ दाबी भुक्तानी भएको बिमा समितिले जनाएको छ । अग्नि बिमाभित्रै भूकम्प पनि समेटिएकाले बढी भुक्तानी देखिएको हो ।

    बिमामार्फत सम्भावित जोखिम सुरक्षण हुने भए पनि कम्पनीहरूले सेवाग्राहीले पाउने सास्तीमा अझै सुधार हुन सकेको छैन । दाबी भुक्तानीको क्रममा अनावश्यक झन्झट दिने, क्षति मूल्यांकनको बहानामा तोकिएको बिमांक रकमभन्दा कम मात्र भुक्तानी दिने, लामो समयसम्म भुक्तानी नदिई झुलाइरहने लगायत समस्या अझै हट्न सकेका छैनन् । यी कारण बिमा व्यवसाय विस्तारका लागि बाधक हुन् । तर, बिमा कम्पनीहरूले त्यो कुरा बुझेर पनि बुझ पचाइरहेका छन् । परिणाम बिमा व्यवसाय अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । हाल करिब ८ प्रतिशत जनसंख्यामा बिमा पहुँच पुग्नुले पनि यो पुष्टि हुने जानकारहरू बताउँछन् ।

    यातायात व्यवस्था विभागको तथ्यांकअनुसार वाग्मती अञ्चलमा मात्र करिब ९ लाख सवारी साधन दर्ता छन् । तीमध्ये मोटरसाइकल ७ लाख २२ हजार र कार १ लाख २५ हजार छन् । बाँकी ट्रक, बस, मिनी बस, मिनी ट्रकलगायत अन्य सवारी साधन रहेको विभागले जनाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.