×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लिगलिगे दौडको श्रीपेच पर्वतका अनिश थापालाई

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी

    आश्विन २१, २०७३- सातौं लिगलिगे दौड प्रतियोगितामा शुक्रबार पर्वतका अनिश थापा मगरले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच पुरस्कार जितेका छन् ।

    गोरखाको मस्र्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोटसम्मको दूरी उनले ५६ मिनेट १८ सेकेण्डमा पूरा गरेका थिए । त्यस्तै गोरखा मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेण्डमा दौड पूरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले भने ३० हजार ३ सय ५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    नेपाली सेनाका कृष्ण बस्नेत ५८ मिनेट २६ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानले जनाएको छ । उनले नगद २० हजार दुई सय ५ रुपैयाँ पुरस्कार पाउनेछन् । सातौं हुनेसम्मलाई पुरस्कार प्रदान गरिनेछ ।

    त्यस्तै, खुल्ला महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको आयोजक संस्थाका मित्र देवकोटाले जनाकारी दिए । उनले ४० मिनेट दुई सेकेण्डमा दौड पूरा गरेसँगै १५ हजार ५ रुपैयाँ पुरस्कार पाएकी छिन् । नेपाली सेनाकी सानुमाया कार्की द्वितीय र चन्द्रा राउत तृतीय भएका हुन् । उनीहरुले क्रममा १० हजार ५ र ५ हजार ५ रुपैयाँ पुरस्कार पाउनेछन् । कार्कीले ४२ मिनेट १५ सेकेण्ड र राउतले ४२ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरेका हुन् ।

    स्थानीयबासिन्दा तर्फको दौडमा पालुङटार–११ का राजन नेपाली पहिलो, वडा नम्बर ७ का मनिष राना दोस्रो र १३ का सन्देश शाही तेस्रो भएका हुन् । उनीहरुले पनि खुल्ला महिलातर्फको जस्तै पुरस्कार राशि पाएका छन् ।

    खुल्ला पुरुष, महिला र स्थानियवासीतर्फ गरी दौडमा एक सय ४३ जना सहभागी रहेको देवकोटाले बताए । दसैंको फुलपातीको अघिल्लो दिन प्रतियोगिता हुँदै आएको छ ।

    नेपाल एकीककरण अघिको बाईसे चौविसे साना राज्यहरु मध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्रय पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

    वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुन निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदय पछि तत्कालिन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर बिजयी भई राजा भएको जनविश्वास छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.