×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कोसेलीका लागि स्याउ किन्दै हुनुहुन्छ ? राता र चम्किलातिर आँखा नलगाए हुन्छ

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जानकार भन्छन्- अस्वस्थ्यकर स्याउ यसरी चिन्नुहोस्

    २६, असोज, काठमाडौं । दशैंमा शाकाहारी भोजन गर्नेहरुका लागि सबैभन्दा उत्तम आहारा हो, स्याउ । दशैंमा टीका थाप्न जाँदा सबैभन्दा धेरै प्रयोग गरिने कोसेली पनि स्याउ नै हो । त्यसैले दशैंमा स्याउको व्यापार अन्य फलफूलको भन्दा उच्च हुने गरेको छ । तर, तपाईंले कोसेली लैजाने वा घरमा कोसेलीका रुपमा आएको स्याउ खाने बेलामा कस्तो गुणस्तरको हो भनेर कहिल्यै ध्यान दिनु भएको छ ? यसमा ध्यान पुगेन भने शरीरलाई नकारात्मक असर गर्न सक्छ । हेर्दा चम्किलो र खाउँ-खाउँ लाग्ने स्याउ किन्नुअघि तपाईले केही कुरामा ध्यान दिनैपर्ने हुन्छ ।

    ५. टीका लगाउन जानेहरुले लैजाने मुख्य कोसेली भनेकै स्याउ हो । यही थाहा पाएर हुनुपर्छ स्याउ व्यापारीहरुको ठुलै उपस्थिति देखियो सडकमा । 

    चाडबाडका बेलामा बजारमा माग बढ्दा उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने विभिन्न किसिमका स्याउ धेरै आएका हुन्छन् । त्यसैले उपभोक्ताहरु सचेत नभए स्वस्थ बन्नका लागि खाएको स्याउले तपाईंलाई बिरामी नै पारिदिन सक्छ । र, दीर्घकालमा पनि यसले असर पुर्‍याउन सक्छ ।

    दशैंमा भारतीय बजारबाट आएका चकलेटी र काश्मिरी स्याउ किन्दा अझ ध्यान दिनुपर्ने सुझाव छ विज्ञहरुको । त्यसमा अत्यधिक मात्रामा स्याकरिन मिसाइएको हुन सक्ने विज्ञहरु बताउँछन् ।
    स्याकरिन आफैंमा ठूलो हानिकारक वस्तु नभए पनि त्यसको मात्रा अनियन्त्रित हुँदा रोगी र अस्वस्थ व्यक्तिलाई हानी गर्न सक्छ । स्वस्थ व्यक्तिमा पनि स्याकरिन गरिएका स्याउ धेरै खाएका विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

    कस्तो हुन्छ स्याकरिनयुक्त स्याउ ?

    राष्ट्रिय उपभोक्ता मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अत्यधिक मात्रामा स्याकरिन मिसाइएको स्याउ अस्वाभाविक रातो हुन्छ । विशेष गरी चकलेटी र काश्मिरी स्याउमा यस्तो गरिन्छ ।

    apple

    नेपालमा उत्पादन गरिएका स्याउमा भने स्याकरिन प्रायः गरिँदैन । यस्तो स्याउ हेर्दा चम्किलो पनि हुन्छ । तर, यसलाई काट्दा गाढा रातो झोल पदार्थ निस्कन्छ । यस्तो स्याउ काट्नासाथ भित्री सेतो भागमा हल्का रातो रंग देखिन्छ । साथै यसमा अन्यमा भन्दा बढी रस -पानी) आउँछ । यो देख्दा आकर्षक मात्र हुँदैन, खाँदा उत्तिकै स्वादिलो र गुलियो पनि हुन्छ ।

    स्याकरिन गरिएको स्याउ स्वभाविकभन्दा फरक प्रकृतिको हुन्छ । किन्ने समयमा काटेर हेर्दा नै यसलाई चिन्न सकिन्छ । त्यसैले चकलेटी स्याउ किन्दा एकपटक स्याउ काटेर हेरेर मात्रै किन्न सुझाव दिन्छन् उपभोक्ता अधिकारकर्मी महर्जन ।

    स्याकरिन के हो ?

    स्याकरिन चिनी भन्दा ३ सय गुणा बढी गुलियो पदार्थ हो । यो प्रतिवन्धित पदार्थ नभए पनि यसको अनियन्त्रित प्रयोग भने घातक हुन्छ ।

    विशेषगरी मधुमेह, उच्च रक्तचाप लगायतका समस्या भएकाहरुलाई यसको उच्चतम् प्रयोगले स्वास्थ्यमा थप असर गर्ने अध्यक्ष महर्जनले बताए । बिरामीले प्रयोग धेरै गर्ने स्याउ प्रयोग गर्दा थप अस्वस्थता बढ्न सक्ने उनको भनाइ छ ।

    चम्किलो स्याउमा सबैैको आँखा तुरुन्तै जाने भएकाले यो प्रकारको प्रविधि अपनाउने गरेको पाइन्छ । चम्किलो बनाउन मैन तथा मैन्जन्य पदार्थको झोलमा स्याउलाई डुबाएर निकाली बजारमा पठाइन्छ

    स्याउमा इन्जेक्सनमार्फत स्याकरिन गरिन्छ । महंगो स्याउलाई थप स्वादिलो बनाउन यो प्रविधि उपयोगी मानिन्छ ।

    तर, भारतीय क्षेत्रमा यसको वैज्ञानिक जाँच र मापदण्डबिना यो प्रविधिक प्रयोग गरिने भएकाले यो हानीकारक हुन सक्ने देखिएको छ । यसलाई नियनत्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महर्जनले बताए ।

    ‘वेक्स्ड’ स्याउ पनि खतरनाक

    बजारमा अत्याधिक स्याकरिन गरिएका स्याउ मात्रै होइन, वेक्स्ड स्याउहरु पनि भेटिन्छन् । विशेषगरी स्याउलाई चम्किलो देखाउन वेक्क्स गर्ने गरिएको छ ।
    चम्किलो स्याउमा सबैैको आँखा तुरुन्तै जाने भएकाले यो प्रकारको प्रविधि अपनाउने गरेको पाइन्छ । चम्किलो बनाउन मैन तथा मैन्जन्य पदार्थको झोलमा स्याउलाई डुबाएर निकाली बजारमा पठाइन्छ । उपभोक्ता त्यसलाई देखेर आकर्षित हुन्छन् । तर, त्यसको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई बेफाइदा गर्छ ।

    ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ । स्याऊ किनेर घर लगेपछि हलुका तातो पानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ

    त्यसैले ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ । स्याऊ किनेर घर लगेपछि हलुका तातो पानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ । त्यसपछि भने स्याउ खानयोग्य हुन्छ ।

    त्यसैले दशैंमा उपभोक्ताले स्याकरिन गरिएका वा वेक्स्ड गरिएका स्याउलाई पसलमै जाँच्न सक्छन् । धेरै चम्किलो र रातो स्याउ मात्रै स्वस्थकर हुन्छ भन्ने भ्रमलाई हटाउन पनि जरुरी भएको महर्जन बताउँछन् । तर, नेपालमै फलेका शुद्ध स्याउ चाहिँ केमिकल नहालिएकाे स्वस्थकर छानेर निर्धक्क खान सकिने महर्जनकाे सु्झाव छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.