×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्याउ टिपेको पैसाले दसैं मान्ने योजना

  •  
  • सोमबार, असोज २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मालदेन छोपाङ गुरुङ र उनका छोरा युवराज गुरुङ आफ्नै स्याउ बारीमा । तस्बिरः अन्नपूर्ण
    नितु घले
    मनाङः बिशाल चट्टानले बनेको पहाड, त्यही पहाडको मुनि आँखाले हेर्न नभ्याउने मीलेको जमीन । जमीनमा लटरम्म फलेका राता राता स्याउ ।मध्यान्ह्रमा पुगेका थियौ हामी मनागंको भ्रातागं भन्ने ठाउँ । बतास एकतमासले चलिरहेको थियो । बतास यस्तो चिसो लाग्यो, मानौ उसले मेरो टोपी अघि नै प्वाल पारेर टाउकोमा छिरीसक्यो । चिसोलाइ बेवास्ता गर्दै म निकै उत्साहीत भएर घुमीरहेको थिए स्याउबारीमा । जहाँ एक हुल युवाहरु देखेँ । जो स्याउ टिप्न तल्लीन थिए ।
    स्याउ टिप्दै गरेका शिशिर चेपागं देखेर मलाइ केही कुरा सोध्न मन लाग्यो । कीनकी घाँटी देखी तल झुन्डीएको लामो झोला बोकेका थिए । त्यही झोलामा पाचसात कीलो स्याउ भरीसकेकाथिए । मकवानपुरबाट रोजगारीका लागी त्यहाँ पुगेका रहेछन् । भर्खरै २० पुगका चेपागं भन्दै थिए नाइकेले यहाँ सम्म ल्याएको हो । गत मंसीरको दश गते मनागं एग्रो फार्ममा आइपुगेका उनी दशैमा घर जाने योजना बनाइ रहेका थिए ।
    ‘हीउँ पर्न थाले पछी काम निकै गाह्रो हुन्छ’ आठ कक्षा मात्र पढेको चेपागंले भने । काम गर्दै जाउ, आफनो खुट्टामा उभिने रहर छ त्यसैले यहाँसम्म आउने आँट गरेँ । उनले आफनै शैलीमा भने ‘केही योजना पनि बनाएको छु ती योजना साकार पार्न हीडेको हुँ । स्याउ टिपेको पैसा लिएर घर जाने हो दशै मनाउन । दिनको चारसय कमाइ गर्ने चेपागंले सबै पैसा जम्मा गरेर राखेको बताए ।
    बाइस वर्षिया महान प्रजा मकवानपुरबाटै काम खोज्दै मनागं पुगेका रहेछन् । प्रजा लाइ भने अन्य काम भन्दा स्याउ टिप्न कता हो कता रमाइलो लाग्छ रे । बुवा भारतीय सैनिकका अवकास लिएका रहेछन् । घरमा दुइटा आमा को कारण समस्या बन्यो उनको । दश कक्षा सम्म पढ्न भ्याएका प्रजा बहीनीलाइ भेट्न आतुर भएको बताए ।
    त्यसैले दशैमा घर पुग्ने योजना बनाइरहेकाछन् उनी । घरका लागी खर्चबर्च खासै व्योहर्नु पर्दैन उनले । त्यसैले, स्याउ टिपेर जम्मा गरेको पैसा जम्मा गरेकाछन् । त्यही पैसाले भविष्यमा ब्यापार गर्ने सोच बनाएको छु, उनले भने । साथीहरुसँग यहाँ आइपुगेको प्रजालाइ मनागंको फ्रेस वातावरणले लोभ्याइरहेको सहर्स स्वीकार गरे ।
    स्याउ टिप्ने समुहमा थिए गोर्खाका रमेश मगर । स्याउ टिप्नु अरु काम भन्दा रमाइला हुन्छ । उनले भने, ‘सिजनमा दिनहुँ स्याउ टिप्छौ हामीहरु । प्रत्येक दिन कम्तिमा सय क्रेट टिप्छौ । स्याउ टिपेर कमाएको रकम चोखो बचाउँछन् उनी । मगर भन्छन्, साहुँले, खाने, बस्ने व्यवस्था निशुल्क गरीदिएकाछन्,अन्य खर्च खासै हुँदैन ।
    सुरेन्द्र गुरुगं भने मनागं जिल्लाको धारापानी भन्ने ठाउँबाट काम गर्न आएकारहेछन् । उनीसँग तनहुँका सागर थापा लगायत आठ जना युवाहरुले स्याउ टिप्दै आएकाछन् । उनले भने, यहाँ अरु काम छैन, स्याउ फार्ममा काम पाउछ भन्ने थाहा पाएर आएको हुँ । परीवारले जाउ भनेको थिएन म यतिकै आइपुगेको हुँ । अब हामी दशैमा जादैछौ ।
    मनागं एग्रो फार्मका संचालक, युवराज गुरुगंले भने, विरुवा रोप्ने समयमा डेढ सय जति कामदार चाहीए पनि यतिबेला भने ७० जना जति भए पुग्छ । तर यो समय स्याउ टिप्ने भएकाले अलि धेरै मान्छे परीचालित छन् । धेरैजसो गोर्खा, धादिगं, मकवानपुर, तनहुँ लगायतका वरीपरी जिल्लाबाट काम गर्ने मान्छे ल्याउनुपर्छ । कीनकी मनागं जिल्ला सबै भन्दा जनसंख्या थोरै भएकाले त्यसमध्ये पनि कतिपयहरु अध्ययन र रोजगारीको सिलसिलामा राजधानिमा बस्छन्, त्यसैले जनशतmी पाउन समस्या हुन्छ , गुरुगंले भने ।
    यतिका धेरै जनसंख्यालाइ रोजगारी दिइरहेका युवराजका बुवा पलदेन छोपागं गुरुगं भन्छन्, राज्यले बाटो बनाइदिए अबको दश वर्षमा नेपालका आधा जनसंख्यालाइ स्याउ खुवाउने रहर छ । विभिन्न चुनौतीका बाबजुद इटाली र सर्भिया बाट ल्याएको स्याउका ६० हजार सात सय बिरुवा लगाएको छु ।’ सात सय पैतिस रोपनी जग्गामा फैलिएको उनको स्याउ फार्ममा थुप्रैले रोजगारी पाइरहेकाछन् ।
    उनको यस प्रयत्नमा एशियाली विकास बैकको ‘हिमाली’ नामको परीयोजनाले साथ दिएकोमा खुशी लागेको उनले बताए । जसले दुइ करोड २२ लाख सहयोग गरेको छ भने साढे सत्र करोड लगानी आफैले गरीसकेकाछन् । उनको लक्ष्य भने २३ करोड पुर्याउने रहेको गर्वका साथ बताए । नेपाललाइ स्याउमा आत्मनिर्भर बनाउने र रोजगारीको अवसर दिन सक्ने गुरुगैले बताए ।
    एशियाली विकास बैकको मुख्यालय फिलिपिन्सबाट आएका दुइ जना महीला सम्पुर्ण यात्राभरी म सँगै थिए । एउटी थिइन् सलेहा वासीम, एडीबीका लागी कम्युनिकेसन सम्बन्धि काम गर्छीन र अर्की कन्नी उनीसँग काम गर्ने । उनीहरु भन्दै थिए नेपालका हिमाली जिल्लाहरुमा एग्रोबिजनेस र जीवनस्तर उकास्नको लागी भौतिक संरचनाहरु छिटो निर्माण गर्न आवश्यक रहेछ । वासीमको बुझाइले बाटोघाटो, पुल निर्माण पछी मात्रै कुनै पनि परीयोजनाहरु सफल हुन सक्ने र साच्चै नै मानिसहरुको जीवनस्तर उकास्न सम्भव देखेको बताइन ।
    बेसीशहर देखी मनागंको सदरमुकाम चामे पुग्नलाइ जम्मा ५२ कीलोमीटरको बाटो रहेछ । जुनबाटो पुरा गर्नलाइ करीब तेह्र घन्टा लाग्यो हामीलाइ । कच्ची बाटो भएको कारण धेरै गाडीहरु फस्ने रहेछन् । बाटोमा ट्याक्टर फसेकाले डेढ घन्टा हामी पनि फसेका थियौ । सम्झीदा सिरीगं हुने खालको बाटो। बिशाल चट्टान फुटाएर बनेका । ठाउँठाउँमा झरेका पहीरो बाट जोखिदै त्यहाँ पुगेका थियौ हामी । २०६४।६५ मा नेपाली सेनाले रुट मात्र खोलेको तर बाटो नबनिसकेको कारण त्यो बाटो सकुशल पुगेर आउनलाइ निकै कष्ट रहेछ ।
    फलस्वरुप केवल बाउन्न कीलोमीटर यात्रा तय गर्नलाइ बाह्र, तेह्र घन्टा समय ब्यथित गर्दैरहेछन् मनागेहरु । पानीपरेपछी बाटो थुनिने समस्या एकातिर । तर दशैमा घर आउने योजना बनाइरहेका ती स्याउ टिप्ने युवाहरु भने जोखीम मोलेरै भए पनि आफनो घर जाने, आफन्त सँग टीका थाप्ने योजना बुनिरहेका थिए ।
    गाउँमा बरालिएर हीड्नु भन्दा केही काम गरेर आम्दानीको बाटो रोज्न ती युवाहरुले सुझाइरहेका थिए भने अर्कातिर भन्दै थिए, यो बाटो बन्यो भने हामीलाइ आउन जान सजिलो हुने थियो । उनीहरुले भने, ‘यो बाटो छिटै बनाइदिनु भन्दे सन्देष लगीदिनुस है ।’ फोटो टुडेज फोल्डरमा हेर्नुहोला ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.